काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस छोडेर एमालेमा प्रवेश गरेका व्यवसायी किशोर प्रधानलाई राजनीतिक नियुक्ति दिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघमा दुई पटकसम्म वरिष्ठ उपाध्यक्षमा पराजित भएका व्यवसायी प्रधान केही दिन अगाडिमात्रै प्रधानमन्त्री ओलीको हातबाट टीका ग्रहण गर्दै एमालेमा प्रवेश गरेका थिए।
उनै प्रधानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालमार्फत् नेपाल एयरलाइन्सको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको छ।
‘प्रधान सञ्चालक समिति सदस्य नियुक्त भएका छन्,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्रिस्तरीय निर्णयबाट प्रधानलाई सञ्चालक सदस्यमा नियुक्ति गर्ने निर्णय भएको हो।’
निगमले पनि मन्त्रालयको निर्णयसँगै प्रधानलाई पत्र पठाउने तयारी गरिसकेको छ। निगम स्रोतका अनुसार प्रधानलाई केही दिनभित्रै पत्र पठाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।