काठमाडाैं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष किशोर प्रधानसहित २३५ जना व्यवसायी एमालेमा प्रवेश गरेका छन्। शुक्रबार साँझ बालुवाटारमा आयोजित कार्यक्रममा उनीहरू एमाले प्रवेश गरेका हुन्।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली शर्मा ओलीले उनीहरूलाई एमालेमा प्रवेश गराएका हुन्। प्रधानसँगै ललित अग्रवाल, सिताराम अग्रवाल, हितेश गोल्छा, कृष्ण प्रसाईं, मदन मित्तल, अजय सरवागी, ओम प्रकाश बंशल, नेरेन्द्र गुप्ता, किशोर लोहिया, नबिल खान, अनिलकुमार बंशल, १४ जिवन दारुका, पिताम्बर हरलालका, सुरेश मशेश्वरी पनि एमाले प्रवेश गरेका छन्।
यस्तै, प्रेम पाण्डे, अमिर विडारी, दिलिप जैन, नरेश कुमार सरिया, सन्तोष खेतान, आसुतोस पटारी, राकेश कुमार जलान, सुवास गोयल, सुवास गोयल, प्रकाश कपुरी पनि एमालेमा प्रवेश गरेका छन्।
अजय जलान, वियुष मित्तल, शिव कुमार शर्मा, रमेश पन्सरी, ददिराम सापकोटा, दिलिप अग्रवाल, विनोद सेठिया, श्रीधर बन्जाडे, अशोक अग्रवाल, अंकुर रोहिया, नविन कर्मचारी, वविता श्रेष्ठ, रमेश दास र राजेश अग्रवाललगायत पनि एमालेमा प्रवेश गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।