• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार
मेलम्चीको पानी औपचारिक वितरण सुरु

१८ प्रधानमन्त्री र २५ विभागीय मन्त्री फेरिएपछि आइपुगेको मेलम्ची

64x64
नेपाल लाइभ शुक्रबार, चैत २०, २०७७  १६:४५
1140x725

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार औपचारिक रुपमा मेलम्चीको पानी वितरण सुरु गरिन्। काठमाडौंमा पानी आइपुगेको र वितरणको औपचारिक उद्घाटन गर्दा हर्सोल्लास थियो।

पानी वितरण सुरु गर्दा पानीको फोहरासमेत देखाइएको थियो। उक्त फोहराबाट पाँचदेखि १० मिटरसम्म उचाइमा पानी पुगेको थियो। त्यसको अर्थ मेलम्चीको पानी उपभोक्ताको १० मिटरसम्म अग्लो घरमा मेसिन प्रयोग नगरी पुर्‍याउन सकिन्छ।

वि.सं. २०५५ सालदेखि निर्माण सुरु भएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं आइपुगेसँगै उपभोक्ताको धारामा पुगेको हो। फागुनको दोस्रो साता सुरुङमार्गमा पानी हालेर यसको परीक्षण थालिएको थियो। मेलम्चीको सुरुङमा पुनः पानी परीक्षण गर्न खानेपानीमन्त्री मणिचन्द्र थापा आयोजनाको मुहान क्षेत्र पुगेका थिए। यसअघि पनि असार अन्तिम साता मेलम्चीको सुरुङमा पानी हालेर परीक्षण थालिएको थियो। तर, असार ३० गते सुरुङमार्गको गेट फुटेर दुर्घटना भएपछि परीक्षण रोकिएको थियो।

आयोजनाबाट भएको कमजोरी सच्याउन मध्यमर्स्याङ्दी जलविद्युत आयोजना परामर्शदाताका रूपमा काम गरेको जर्मनीको फिसनर कम्पनीलाई मेलम्चीको सुरुङ हेर्न लगाइएको थियो। यस कम्पनीले मेलम्ची खानेपानीको सुरुङमार्गका संरचना अध्ययन/अनुगमनपछि दिएको प्रतिवेदनअनुसार सुरुङका केही संरचनामा सुधार र गेट तथा आकस्मिक उपकरण राख्‍न सुझाएको थियो। 

१८ प्रधानमन्त्री र २५ विभागीय मन्त्री फेरिएपछि आइपुग्‍यो मेलम्ची
२०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे। सरकारले २०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्यो। त्यसयताका २२ वर्षमा मेलम्चीमा कति पानी बग्यो भन्ने हिसाब छैन। तर, काठमाडौंवासीले मेलम्चीको पानी कहिले पाउँछन् भन्‍ने कुराको हिसाब भने पटक–पटक हेरफेर भइरह्यो। अब भने यो सपना साकार भएको छ।

समिति गठन भएको तीन वर्षपछि २०५८ मा एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा मेलम्चीको निर्माण सुरु भएको थियो। आयोजना निर्माण सुरु गर्दा सात वर्षभित्र काम सक्ने लक्ष्य राखिएको थियो। तर, सरकारले एडीबीको ऋण सर्त पालना गर्न नसक्दा केही समयमै काम प्रभावित भयो। त्यसपछि पनि निर्माण कम्पनीहरूसँगको ठेक्का तोडिने, नयाँ ठेक्का हुने क्रम जारी रह्यो। काठमाडौंबासीले मेलम्चीको पानी पिउने धोको धकेलिएको धकेलियै थियो।

Ncell 2
Ncell 2
nimb
nimb

 

सुरुङ खनिरहेको इटालियन कम्पनी सीएमसीले आधा काम छोडेर बीचमै भागेपछि आयोजना बोर्डले २०७५ माघमा सीएमसीसँगको ठेक्का सम्झौता तोड्ने निर्णय गरेको थियो। सीएमसीसँग ठेक्का तोडेपछि सरकारले आयोजनाको बाँकी काम सक्न चिनियाँ कम्पनी सिनोहाइड्रोलाई जिम्मा दिएको थियो।

२०६४ मा सरकारले ऋण सर्त पालना गरेपछि एडीबीले २०७० सम्म समयावधि थपेर सुरुङमार्ग निर्माणको अनुमति दियो। २०६४ मै २७ किलोमिटर सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरियो। अर्को वर्ष चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसी) नामक चिनियाँ कम्पनीले चार वर्षभित्र बनाइसक्ने गरी सुरुङमार्गको ठेक्का पायो। तर, तीन वर्षमा १५ प्रतिशत मात्रै काम गर्‍यो। एक वर्षभित्र बाँकी ८५ प्रतिशत काम सक्ने अवस्था नदेखिएपछि सीआरसीसँग सोही वर्ष ठेक्का सम्झौता तोडियो।

यो पनि पढ्नुहोस्

राष्ट्रपतिले धारा खोलेर सुरु गरिन् मेलम्ची खानेपानीको औपचारिक वितरणशुक्रबार, चैत २०, २०७७

२०७० असारमा पुनः ग्लोबल टेन्डर आह्वान गरियो र इटालियन कम्पनी सीएमसीले ठेक्का पायो। ठेक्काअनुसार २०७३ मा काम सक्नुपर्ने भए पनि भूकम्प र नाकाबन्दीका कारण काम रोकियो। तसर्थ सीएमसीको म्याद थप भइरह्यो। अन्तिम म्यादअनुसार ३ फागुन २०७५ मा सिएमसीले काम सक्नुपर्ने थियो। तर, मंसिर २९ मै सीएमसीले काम छोड्यो र आयोजनाले माघ २४ मा ठेक्का सम्झौता रद्द गर्‍यो। उक्त काम हाल चिनियाँ कम्पनी सिनोहाइड्रोले गरिरहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मेलम्ची आयोजना पूरा हुन देशले १८ जना प्रधानमन्त्री फेर्नुपर्‍यो। त्यस्तै, २५ जना विभागीय मन्त्री र करिब तीन दर्जन सचिवहरु बदलिँदा बल्ल मेलम्चीको पानी काठमाडौंमा आइपुग्‍न सम्भव भयो।

लागत बढेको बढ्यै
गत असारमा गरिएको सुरुङ परीक्षण सफल नभएपछि फागुनमा पुनः परीक्षण गरिएको थियो। अहिले खानेपानी आयोजनाको स्थायी 'हेड वर्क्स' तयार नभएकाले अस्थायी 'हेड वर्क्स'बाट पानी हालिएको हो। स्थायी 'हेड वर्क्स' निर्माणाधीन अवस्थामा छ। हेड वर्क्सको ९६ प्रतिशत काम सकिएको आयोजनाको दाबी छ। स्थायी हेडवर्क्स यो वर्षको वर्षायाम अघि नै निर्माण सम्पन्‍न हुने आयोजना प्रमुख तिरेशप्रसाद खत्रीको भनाइ छ।

२०५५ मा मेलम्ची आयोजना सुरु गर्दा ४६४ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको थियो। हाल यो आयोजनाको संशोधित लागत ३१ अर्ब ३६ करोड रुपैयाँ अनुमान गरिएको छ। सो आयोजनामा हालसम्म २९ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समीक्षामा उल्लेख छ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८/६९ मा केही आयोजनाहरुलाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेका थिए। राष्ट्रिय गौरवका आयोजनाको सूचीमा परेको मेलम्चीका लागि चालु आव २०७७/७८ मा पाँच अर्ब ४६ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो।

यांग्री र लार्केको पानी ल्याउने योजना
मेलम्चीसँगै अब लार्के र यांग्रीको पानी काठमाडौं आउने छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ को वैशाखभित्रमा लार्के र यांग्रीको पानी काठमाडौं आइपुग्‍ने दाबी गरे। मेलम्ची आइपुगिसकेको र अब अन्य दुई नदीको पानी काठमाडौं ल्याउन कुनै समस्या नरहेको उनले बताए।

‘यसको नाम मेलम्ची नै राख्दा मानिसले नपत्याउन सक्छन्,’ शुक्रबार भृकुटीमण्डपमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले भने, ‘अब यसका नाम केही फेर्नुपर्ने हुन सक्छ। त्यसलाई पत्याउने बनाउनु पर्छ।’

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १६:४५
  • #मेलम्ची_खानेपानी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्