• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार
मेलम्चीको पानी औपचारिक वितरण सुरु

१८ प्रधानमन्त्री र २५ विभागीय मन्त्री फेरिएपछि आइपुगेको मेलम्ची

64x64
नेपाल लाइभ शुक्रबार, चैत २०, २०७७  १६:४५
1140x725

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार औपचारिक रुपमा मेलम्चीको पानी वितरण सुरु गरिन्। काठमाडौंमा पानी आइपुगेको र वितरणको औपचारिक उद्घाटन गर्दा हर्सोल्लास थियो।

पानी वितरण सुरु गर्दा पानीको फोहरासमेत देखाइएको थियो। उक्त फोहराबाट पाँचदेखि १० मिटरसम्म उचाइमा पानी पुगेको थियो। त्यसको अर्थ मेलम्चीको पानी उपभोक्ताको १० मिटरसम्म अग्लो घरमा मेसिन प्रयोग नगरी पुर्‍याउन सकिन्छ।

वि.सं. २०५५ सालदेखि निर्माण सुरु भएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं आइपुगेसँगै उपभोक्ताको धारामा पुगेको हो। फागुनको दोस्रो साता सुरुङमार्गमा पानी हालेर यसको परीक्षण थालिएको थियो। मेलम्चीको सुरुङमा पुनः पानी परीक्षण गर्न खानेपानीमन्त्री मणिचन्द्र थापा आयोजनाको मुहान क्षेत्र पुगेका थिए। यसअघि पनि असार अन्तिम साता मेलम्चीको सुरुङमा पानी हालेर परीक्षण थालिएको थियो। तर, असार ३० गते सुरुङमार्गको गेट फुटेर दुर्घटना भएपछि परीक्षण रोकिएको थियो।

आयोजनाबाट भएको कमजोरी सच्याउन मध्यमर्स्याङ्दी जलविद्युत आयोजना परामर्शदाताका रूपमा काम गरेको जर्मनीको फिसनर कम्पनीलाई मेलम्चीको सुरुङ हेर्न लगाइएको थियो। यस कम्पनीले मेलम्ची खानेपानीको सुरुङमार्गका संरचना अध्ययन/अनुगमनपछि दिएको प्रतिवेदनअनुसार सुरुङका केही संरचनामा सुधार र गेट तथा आकस्मिक उपकरण राख्‍न सुझाएको थियो। 

१८ प्रधानमन्त्री र २५ विभागीय मन्त्री फेरिएपछि आइपुग्‍यो मेलम्ची
२०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे। सरकारले २०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्यो। त्यसयताका २२ वर्षमा मेलम्चीमा कति पानी बग्यो भन्ने हिसाब छैन। तर, काठमाडौंवासीले मेलम्चीको पानी कहिले पाउँछन् भन्‍ने कुराको हिसाब भने पटक–पटक हेरफेर भइरह्यो। अब भने यो सपना साकार भएको छ।

समिति गठन भएको तीन वर्षपछि २०५८ मा एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा मेलम्चीको निर्माण सुरु भएको थियो। आयोजना निर्माण सुरु गर्दा सात वर्षभित्र काम सक्ने लक्ष्य राखिएको थियो। तर, सरकारले एडीबीको ऋण सर्त पालना गर्न नसक्दा केही समयमै काम प्रभावित भयो। त्यसपछि पनि निर्माण कम्पनीहरूसँगको ठेक्का तोडिने, नयाँ ठेक्का हुने क्रम जारी रह्यो। काठमाडौंबासीले मेलम्चीको पानी पिउने धोको धकेलिएको धकेलियै थियो।

Ncell 2
Ncell 2

 

सुरुङ खनिरहेको इटालियन कम्पनी सीएमसीले आधा काम छोडेर बीचमै भागेपछि आयोजना बोर्डले २०७५ माघमा सीएमसीसँगको ठेक्का सम्झौता तोड्ने निर्णय गरेको थियो। सीएमसीसँग ठेक्का तोडेपछि सरकारले आयोजनाको बाँकी काम सक्न चिनियाँ कम्पनी सिनोहाइड्रोलाई जिम्मा दिएको थियो।

२०६४ मा सरकारले ऋण सर्त पालना गरेपछि एडीबीले २०७० सम्म समयावधि थपेर सुरुङमार्ग निर्माणको अनुमति दियो। २०६४ मै २७ किलोमिटर सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरियो। अर्को वर्ष चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसी) नामक चिनियाँ कम्पनीले चार वर्षभित्र बनाइसक्ने गरी सुरुङमार्गको ठेक्का पायो। तर, तीन वर्षमा १५ प्रतिशत मात्रै काम गर्‍यो। एक वर्षभित्र बाँकी ८५ प्रतिशत काम सक्ने अवस्था नदेखिएपछि सीआरसीसँग सोही वर्ष ठेक्का सम्झौता तोडियो।

यो पनि पढ्नुहोस्

राष्ट्रपतिले धारा खोलेर सुरु गरिन् मेलम्ची खानेपानीको औपचारिक वितरणशुक्रबार, चैत २०, २०७७

२०७० असारमा पुनः ग्लोबल टेन्डर आह्वान गरियो र इटालियन कम्पनी सीएमसीले ठेक्का पायो। ठेक्काअनुसार २०७३ मा काम सक्नुपर्ने भए पनि भूकम्प र नाकाबन्दीका कारण काम रोकियो। तसर्थ सीएमसीको म्याद थप भइरह्यो। अन्तिम म्यादअनुसार ३ फागुन २०७५ मा सिएमसीले काम सक्नुपर्ने थियो। तर, मंसिर २९ मै सीएमसीले काम छोड्यो र आयोजनाले माघ २४ मा ठेक्का सम्झौता रद्द गर्‍यो। उक्त काम हाल चिनियाँ कम्पनी सिनोहाइड्रोले गरिरहेको छ।

मेलम्ची आयोजना पूरा हुन देशले १८ जना प्रधानमन्त्री फेर्नुपर्‍यो। त्यस्तै, २५ जना विभागीय मन्त्री र करिब तीन दर्जन सचिवहरु बदलिँदा बल्ल मेलम्चीको पानी काठमाडौंमा आइपुग्‍न सम्भव भयो।

लागत बढेको बढ्यै
गत असारमा गरिएको सुरुङ परीक्षण सफल नभएपछि फागुनमा पुनः परीक्षण गरिएको थियो। अहिले खानेपानी आयोजनाको स्थायी 'हेड वर्क्स' तयार नभएकाले अस्थायी 'हेड वर्क्स'बाट पानी हालिएको हो। स्थायी 'हेड वर्क्स' निर्माणाधीन अवस्थामा छ। हेड वर्क्सको ९६ प्रतिशत काम सकिएको आयोजनाको दाबी छ। स्थायी हेडवर्क्स यो वर्षको वर्षायाम अघि नै निर्माण सम्पन्‍न हुने आयोजना प्रमुख तिरेशप्रसाद खत्रीको भनाइ छ।

२०५५ मा मेलम्ची आयोजना सुरु गर्दा ४६४ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको थियो। हाल यो आयोजनाको संशोधित लागत ३१ अर्ब ३६ करोड रुपैयाँ अनुमान गरिएको छ। सो आयोजनामा हालसम्म २९ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समीक्षामा उल्लेख छ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८/६९ मा केही आयोजनाहरुलाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेका थिए। राष्ट्रिय गौरवका आयोजनाको सूचीमा परेको मेलम्चीका लागि चालु आव २०७७/७८ मा पाँच अर्ब ४६ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो।

यांग्री र लार्केको पानी ल्याउने योजना
मेलम्चीसँगै अब लार्के र यांग्रीको पानी काठमाडौं आउने छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ को वैशाखभित्रमा लार्के र यांग्रीको पानी काठमाडौं आइपुग्‍ने दाबी गरे। मेलम्ची आइपुगिसकेको र अब अन्य दुई नदीको पानी काठमाडौं ल्याउन कुनै समस्या नरहेको उनले बताए।

‘यसको नाम मेलम्ची नै राख्दा मानिसले नपत्याउन सक्छन्,’ शुक्रबार भृकुटीमण्डपमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले भने, ‘अब यसका नाम केही फेर्नुपर्ने हुन सक्छ। त्यसलाई पत्याउने बनाउनु पर्छ।’

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १६:४५
  • #मेलम्ची_खानेपानी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ
पूर्वराज्यमन्त्री चौधरीको निधन
सम्बन्धित सामग्री
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुल... बिहीबार, पुस १७, २०८२
अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रु ३१ कर... शनिबार, मंसिर २०, २०८२
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्