• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कोसीटप्पु क्षेत्रमा विमानस्थल निर्माणको तयारी, फिल्ड अध्ययन सकियो

64x64
नेपाल लाइभ शनिबार, जेठ ५, २०७५  ११:०८
1140x725

राजविराज– सप्तरी, सुनसरी र उदयपुरका जनतालाई सहज हवाई सेवा तथा कोसी टप्पु वन्यजन्तु क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विमानस्थल निर्माणको प्रारम्भिक तयारी सुरु गरिएको छ।

राजविराज विमानस्थल स्तरोन्नति गरी सञ्चालनको तयारी भइरहेका बेला सप्तरीको सप्तकोसी, सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाको संयुक्त पहलमा नयाँ विमानस्थल निर्माणको तयारी अघि बढेको हो।

यो विमानस्थल उदयपुरको जोगीदहस्थित सगरमाथा विमानस्थल निर्माणको विकल्पका रुपमा पनि अघि बढाइएको स्थानीयको बुझाइ छ। सगरमाथा विमानस्थल निर्माणका लागि हजारौं हेक्टर वन फँडानी गर्नुपर्ने र चुरे क्षेत्र उजाड हुने सम्भावना बढेपछि त्यसको विकल्पका रुपमा कोसीटप्पु वन्यजन्तु क्षेत्रलाई हेरिएको उनीहरुले बताए।

कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रकै खाली जग्गामा विमानस्थल बनाउने तयारी अगाडि बढेको सप्तकोसी नगरपालिकाका मेयर उत्तमकुमार गौतमले बताए।

तीन वटै स्थानीय तहको मध्य भागमा पर्ने आरक्ष क्षेत्रको करिब ६० हजार बिघा क्षेत्रफलमध्ये खाली जग्गालाई विमानस्थल र क्रिकेट मैदानका लागि प्रयोग गर्न सहमति भएको उनले जानकारी दिएका छन्। ‘तीन वटै नगरपालिकाले कोसीटप्पु वन्यजन्तु आरक्षलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना बनाएका छन्’, गौतमले भने, ‘त्यसको प्रारम्भिक चरणमा विमानस्थल पहिलो प्राथमिकतामा पर्‍यो।’

विमानस्थलका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्भाब्यता अध्ययन गरीसकेको र प्राविधिकले प्रतिवेदन बुझाएपछि विस्तृत अध्ययनका लागि अर्को टोली आउने गौतमले बताए। प्राधिकरणले इञ्जिनियर सत्यराम दुवाल नेतृत्वको टोलीलाई सम्भाव्यता अध्ययनका लागि पठाएको थियो। टोली मंगलबार मात्रै काठमाडौं फर्केको छ।

इञ्जिनियर दुवालले तत्कालका लागि डोमेस्टिक एयरपोर्ट बनाउन सकिने र सप्तकोसी नदीलाई नियन्त्रण गर्ने योजना सहित अघि वढे आरक्ष क्षेत्रको खाली जग्गामा उत्कृष्ट विमानस्थल बन्न सक्ने बताए। उनले भने, ‘डोमेस्टिक एयरपोर्टका लागि सामान्यतया १२ देखि १५ सय मिटरको धावनमार्ग आवश्यक पर्छ, त्यसका लागि पर्याप्त ठाउँ छ।’

जग्गा उपलब्धताका हिसाबले अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन पुग्ने भए पनि बीचमा हाइटेनसन बिजुलीको तारका कारण त्यो सम्भव नहुने भन्दै उनले थपे, ‘अन्तर्राष्ट्रिय स्तरको एयरपोर्ट बनाउन ४ हजार मिटर लम्बाइ र ८ सय मिटर चौडाइको धावनमार्ग चाहिन्छ, त्यसका लागि त्यहाँका मानिसलाई पनि अन्यत्र सार्नुपर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

आफूले फिल्ड अध्ययन मात्रै गरेको र विस्तृत अध्ययनपछि मात्रै थप जानकारी दिनसक्ने दुलालले बताए। दुलालको प्रतिवेदन प्राधिकरणमा बुझाउन बाँकी छ।

फिल्ड अध्यययनका क्रममा सप्तकोसी नगरपालिकाका मेयर गौतम, बेलका नगरपालिकाका मेयर दुर्गा थापा समेत उपस्थित थिए। विमानस्थल निर्माणका लागि बेलका नगरपालिकाका मेयरसहितको टोलीले गत बैसाख २६ गते नागरिक उड्ययन मन्त्रालयका सचिवलाई भेटी सम्भाव्यता अध्ययनका लागि आग्रह गरेका थिए।

‘पटक–पटक मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणमा डेलिगेशन गएपछि प्राविधिक खटाइएको हो’, थापाले भने, ‘यो हाम्रो प्राथमिकताको विषय भएकाले तीव्र रुपमा काम पनि अघि बढ्छ।’

कोसीटप्पु वन्यजन्तु आरक्ष, सुनसरीको बराहक्षेत्र, सप्तरीको चन्द्रनहर, छिन्नमस्ता, कंकालिनी र शम्भुनाथ मन्दिर, उदयपुरको चौदण्डी गढी लगायतका धार्मिक, प्राकृतिक र ऐतिहासिक क्षेत्रलाई जोडेर पर्यटकीय क्षेत्र विस्तार गर्ने योजना अनुसार विमानस्थ निर्माणको काम अगाडि बढेको उनले बताए।

Xtrem

Xtrem

यस क्षेत्रमा विमानस्थल निर्माण गर्न सके सप्तरीको पूर्वोत्तर गाउँ÷नगरपालिका, उदयपुर, सुनसरी, भोजपुर, खोटाङ, सिराहा लगायतका बासिन्दा लाभान्वित हुने थापाले बताए।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०७५  ११:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
प्रतिनिधिसभाको बैठक बस्दै, ३ मन्त्री उपस्थित हुँदै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, असोज १४, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, ३ मन्त्री उपस्थित हुँदै बुधबार, असोज १४, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्