काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
बुधबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, बुधबार तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सुनको मूल्य सामान्य बढेको दिन चाँदीको मूल्यमा भने गिरावट आएको छ।
बिहीबार चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बुधबार चाँदी तोलामा १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।