काठमाडाैं- पर्यटन विभागले पर्यटकीय प्रोडक्ट अन्तर्गतको साहसिक तथा मनोरञ्जनात्मक खेल/क्रियाकलापहरु इजाजत नलिइ सञ्चालन गरे कारबाही गर्ने भएको छ।
विभागले पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० को दफा ९४ अनुसार साहसिक तथा मनोरञ्जनात्मक खेल/क्रियाकलापहरु सञ्चालन गर्नुपूर्व पर्यटन विभागबाट इजाजत लिनुपर्ने जनाएको छ।
हाल कतिपय स्थानमा त्यस्तो इजाजत नलिइ त्यस्ता खेल/क्रियाकलापहरु सञ्चालन गरे/गराइएको भन्ने सूचना प्राप्त भएको भन्दै विभागले ३५ दिनभित्र उल्लिखित निर्देशिकामा निर्दिष्ट प्रक्रिया पूरा गरी विभागबाट इजाजत लिन समेत भनेको छ।
सोही बमोजिम नगरे/नगराएमा प्रचलित कानून बमोजिम कारबाही समेत हुने विभागले चेतावनी दिएको छ। अवैध रूपमा सञ्चालन भएको साहसिक पर्यटकीय प्रोडक्ट र सुरक्षाको विषयमा नेपाल लाइभले यसअघि श्रृंखलाबद्ध रूपमा समाचार लेखको थियो।
सम्बन्धित समाचार :
तीन सामुदायिक वनमा एउटै व्यक्तिको अवैध जिपलाइन, मन्त्रीले नै गरेका थिए उद्घाटन
साहसिक पर्यटनको नयाँ ‘प्रोडक्ट’ जिपलाइन : बढ्दो आकर्षण तर, कति सुरक्षित?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।