• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

तीन सामुदायिक वनमा एउटै व्यक्तिको अवैध जिपलाइन, मन्त्रीले नै गरेका थिए उद्घाटन

64x64
उत्तम काप्री बिहीबार, फागुन २७, २०७७  १६:३९
1140x725

काठमाडौं- ललितपुर, चितवन र रुपन्देही जिल्लाका तीनवटा सामुदायिक वनमा एउटै व्यक्तिले अवैध रुपमा जिपलाइन ‘साहसिक पर्यटकीय खेल’ सञ्चालन गर्दै आएको तथ्य खुलेको छ। 

पर्यटन व्यवसायी राजकुमार श्रेष्ठले चितवनको जलदेवी सायुदायिक वन, रुपन्देहीको लक्ष्मी आर्दश सामुदायिक वन र  ललितपुर, गोदावरीको विशंखुनारायण सामुदायिक वनमा इजाजात नै नलिइ जिपलाइन सञ्चालन गर्दै आएको भेटिएको छ।

जिपलाइन सञ्चालन गर्दै आएका श्रेष्ठ स्वयंले नै त्यसका लागि अहिलेसम्म इजाजत लिनुपर्ने निकाय पर्यटन विभागबाट अनुमति नलिएको स्वीकार गरे। 

श्रेष्ठले जिल्ला वन कार्यालय तथा सामुदायिक वनका केही व्यक्तिसँगको मिलेमतोमा जिपलाइन सञ्चालन गरेर विकृति ल्याएको व्यवसायीहरु बताउँन्। पर्यटन उद्योग सेवा प्रभाव निर्देशिका २०७० को परिच्छेद ९ को दफा ९३ अनुसार जिपलाइन सञ्चालनका लागि पहिले इजाजत लिनुपर्छ।

तर, श्रेष्ठले अहिलेसम्म जिपलाइन सञ्चालनको लागि कुनै प्रक्रिया सुरु गरेका छैनन्। श्रेष्ठले एक डाँडाको रुखबाट अर्को डाँडाको रुखमा तारे टाँगेर जिपलाइन सेवा सञ्चालन गर्दै आएका छन्।

जिपलाइनमा प्रयोग हुने उपकरण तथा सामग्रीहरु अन्तर्राष्ट्रिय गुणस्तरप्राप्त कम्पनीबाट उत्पादन भएको र सुरक्षा सम्बन्धि सम्पूर्ण मापदण्डहरु पूरा भएको हुनपर्ने पर्यटन विभागको भनाइ छ। तर, श्रेष्ठले अहिले कस्तो सामान प्रयोग गरेका छन् भने विवरण विभागसँग छैन। 

जिपलाइन सञ्चालन इजाजत लिनका लागि उद्योग दर्ता सिफारिस, एजेन्सी इजाजत-पत्र र वातावरणीय प्रभाव मूल्यांकन अध्ययन समेत गरेको हुनुपर्छ। सबै प्रक्रिया पूरा गरेपछि विभागले स्थलगत अध्ययन  गरेर ४० हजार रुपैयाँ दस्तुर लिएर इजाजत दिने गर्छ। तर, श्रेष्ठले अहिलेसम्म प्रक्रिया पूरा गरेर इजाजतका लागि कुनै निवेदन नदिएको विभागको भनाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

इजाजत नै नलिइ जिपलाइन सञ्चालन गर्दै आएका श्रेष्ठले आफूले सञ्चालन गरेको जिपलाइन शतप्रतिशत सुरक्षित रहेको दाबी भने गर्दै आएका छन्। जिपलाइन सञ्चालनका लागि पर्यटन विभागबाट इजजात लिनुपर्ने व्यवस्था आफूलाई थाहा नभएको र अहिले इजाजत लिने प्रक्रिया सुरु गरेको उनले बताए। 

नेपाल सरकारले प्रकाशित गरेको वन पर्यापर्यटन कार्य कार्यविधि २०७५ को आधार र नियममा बसेर जिपलाइन सञ्चालन गरेको तर्क श्रेष्ठको छ।तर, जिपलाइन सञ्चालनको इजाजत दिने निकाय पर्यटन विभाग हो।

श्रेष्ठले पहिलो पटक २०७६ असोजमा चितवनको जलदेवी सामुदायिक बनमा जिपलाइन सेवा सुरु गरेका थिए। उनले सबै जिपलाइनको उद्घाटन बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालबाट गराएका थिए।

श्रेष्ठले ३ वटै सामुदायिक वनलाई ५० प्रतिशत सेयर दिएर जिपलाइन सञ्चालन गर्दै आएका छन्। श्रेष्ठको कम्पनी वाइल्ड ओन्डर्स नेपाल प्रालिले यी जीपलाइन सञ्चालन गरिरहेको छ।

चितवनको जिपलाइनको दूरी बच्चाका लागि ५५ मिटरको छ भने अन्यका लागि १ सय ८५ मिटर लामो रहेको छ। अवैध रुपमा सञ्चालन भएको जिपलाइनबाट श्रेष्ठले बच्चाका लागि १०० र अन्यका लागि ५०० र ६००  रुपैयाँ टिकटबापत उठाउँदै आएका छन्।

यसैगरी, रुपन्देहीको लक्ष्मी आर्दश सामुदायिक वनमा सञ्चालित जिपलाइनको दूरी बच्चाका लागि ९० मिटर रहेको छ। यो जिपलाइनको उद्घाटन प्रदेश ५ का पर्यटन मन्त्री लिला गिरीले गरेका थिए। यसको टिकटको मूल्य १ हजार देखि १ हजार ५ सय रुपैयाँसम्म राखिएको छ। यो जिपलाइन केही महिना अगाडि मात्रै सञ्चानलमा आएको हो।

श्रेष्ठले ललितपुरको गोदावरीस्थित विशंखुनाराणमा पनि केही दिन अगाडिबाट जिपलाइन सुरु गरेका छन्। यो जिपलाइनको लम्बाइ ८ सय मिटर छ। टिकटको मूल्य १ हजार ५ सय रुपैयाँ तय गरिएको छ।

व्यवसायी केदार थापा केही व्यक्तिले कानुनको धज्जी उडाएर जिपलाइन सञ्चालन गरिरहेको बताउँछन्। यहीकारण व्यवसायमा विकृति सुरु भएको उनको भनाइ छ।

‘कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भएका जिपलाइन अहिले देशभरी नै छन्,’ उनले भने, ‘नियामक निकायले यसलाई अनुगमन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ। अन्यथा अवैध जिपलाइनको गल्तीका कारण यो प्रोडक्ट नै गुम्न सक्छ।’

के भन्छ पर्यटन विभाग?
पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले इजाजत नै नलिइ सञ्चालन भएका जिपलाइनको विवरण खोज्दै कानुनी रुपमा अगाडि बढ्ने बताए।

‘जिपलाइनलाई पनि हामीले साहसिक पर्यटकीय प्रोडक्टकै रुपमा इजाजत दिँदै सञ्चालन गर्न दिएका छौं,’ तामाङले भने, ‘तर, यसलाई व्यवस्थित र गुणस्तरीय बनाउने आवश्यक प्राविधिक जनशक्ति र कानुनी पाटामा केही कमी छ।’

अहिले विभागले पुरानो पर्यटन ऐनको दफा ४५ र पर्यटन उद्योग सेवा प्रभाव निर्देशिका २०७० अनुसार जिपलाइन सञ्चालन गरिरहेको उनको भनाइ छ।

‘जिपलाइनको आकर्षण बढेसँगै यसलाई व्यवस्थित र गुणस्तरीय बनाउन नयाँ बन्दै गरेको पर्यटन ऐनमा हामीले केही सहज हुने गरी व्यवस्था गर्न लागेका छौं,’ तामाङले भने, ‘नयाँ पर्यटन ऐनमा व्यवसायीलाई पनि मर्यादित बनाउँदै  गुणस्तरीय सेवा दिन आवश्यक पर्ने विषय र गल्ती गर्नेलाई कारबाही गर्न सक्ने गरी नयाँ व्यवस्था गर्न लागेका छौं।’

कतिपय व्यवसायीले प्रक्रिया नै पूरा नपुगेको अवस्थामा पनि जिपलाइन सञ्चालन गर्दै आएका छन्। उनीहरुलाई इजाजत लिएर मात्र सञ्चालन गर्न भनिएको र अनुगमनसमेत भइरहेको महानिर्देशक तामाङको दाबी छ। 

यो पनि पढ्नुहोस् :

साहसिक पर्यटनको नयाँ ‘प्रोडक्ट’ जिपलाइन : बढ्दो आकर्षण तर, कति सुरक्षित?

प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  १६:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
गृहमन्त्री गुरुङले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
आज कोशीमा भारी वर्षाको सम्भावना आइतबार, असार ७, २०८३
पूर्वमहामन्त्री धवल शमशेरलाई पार्टीमा फर्किन राप्रपा अध्यक्ष लिङ्देनको आग्रह शनिबार, असार ६, २०८३
रास्वपा केन्द्रीय सदस्यको निर्वाचन हुने शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
समयमा काम नगर्ने ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउन मन्त्री लम्सालको निर्देशन शनिबार, असार ६, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक बस्ने स्थान र समय परिवर्तन शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्