काठमाडौं–क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई नेपाल क्रिकेट संघले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै लोहनीलाई उपचारका लागि ५ लाख रकम उपलब्ध गराउने निर्णय भएको जानकारी गराएका छन्।
कुनै समय नेपालका लागि खेल्ने सम्भावना बोकेका सिद्धान्त भारतको गुरुगाउँस्थित एक अस्पतालमा अहिले उपचारमा छन्। केही समयअघि घुँडाको शल्यक्रिया गराएपछि अहिले उनी थेरापी गरिरहेका छन्।
सिद्धान्तले सन् २०१५ जुलाई १८ मा आईसीसी टी२० विश्वकप छनोट अन्तर्गत जर्सीविरुद्ध खेल्दै नेपालको सिनियर टिममा डेब्यु गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।