काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक सकिएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को खुमलटारस्थित निवासमा बसेको बैठकले पार्टी एकता संयोजन समितिको बैठकको निर्णयलाई अनुमोदन गरेको छ। एमाले र माओवादीबीच एकतालाई अन्तिम रुप दिन आज बिहान संयोजन समितिको बैठक बसेको थियो।
बैठक सकिएसँगै खुमलटारबाट नेताहरु दुवै दलको संयुक्त बैठकका लागि बालुवाटारतर्फ प्रस्थान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।