काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
माओवादीसँग एकता प्रक्रियामा रहेको एमालेको यो 'अन्तिम' बैठक बसेको हो। बैठकले एकता संयोजन समितिको निर्णयलाई अनुमोदन गर्नेछ।
केहीबेरमै माओवादीको बैठक पनि अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्नेछ।
दुवै पार्टीको बैठकपछि संयुक्त बैठक बसेर निर्वाचन आयोगमा 'नेपाल कम्युनिस्ट पार्टी' नामको नयाँ पार्टी दर्ता गर्ने तयारी रहेको नेताहरुले बताएका छन्।
आजै साँज राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको औपचारिक घोषणा गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।