काठमाडौ– राष्ट्रियसभाको आजको बैठक सूचना टाँच गरी स्थगित गरिएको छ।
प्रतिनिधिसभा/राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए।
राष्ट्रियसभाको बैठक भोलि शुक्रबार दिनको ११ बजे बस्नेछ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।