भैरहवा– भारतबाट नेपाल भित्राइँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल डण्डाले ५ क्विन्टल अवैध कुुखुरा बरामद गरेको छ। साे कार्यमा सम्लग्न ३ जनालाईसमेत पक्राउ गरिएकाे छ।
रुपन्देहीकाे ओमसतिया गाउँपालिका–२, पटखौलीबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरका अवैध बोइलर कुखुरा बरामद गरिएको हो।
बुधबार मध्यरातमा सशस्त्रको राजश्व तथा भन्सार सुरक्षा गुल्मका प्रहरी नायब उपरिक्षक श्रीराम कुँवरको नेतृत्वमा रहेको गस्ती टोलीले सो मुल्य बराबरको कुखुरा बरामद गरेको हो।
३ वटा नेपाली मोटरसाइकलमा पछाडी लोड गरी ल्याउँदै गरेको अवस्थामा उक्त ब्रोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिइएको हो। बरामद कुखुरालाई क्वारेन्टाइनका चिकित्सक, स्थानीय र प्रहरीको रोहबरमा नष्ट गरिएको छ भने कुखुराको बवैध निकासीमा संलग्न व्यक्तिलाई पशु क्वारेन्टाइन कार्यालय र मोटरसाइकललाई भैरहवा भन्सार कार्यालय पठाइएको डीएसपी कुँवरले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।