काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रका आन्तरिक बैठक जारी छन्। पार्टी एकतामा 'ब्रेक–थ्रु' भएको बताइएका बेला दुवै पार्टीका अध्यक्षबीच भएको सहमतिबारे पार्टीमा छलफल गर्न बैठक बसिरहेको हो।
एमाले स्थायी कमिटी बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो। त्यस्तै, माओवादी केन्द्रको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निबास खुमलटारमा बसिरहेको छ।

आजै बिहान दुई अध्यक्षबीच एक्लाएक्लै भेटवार्ता भएको थियो। भेटपछि दुवै पार्टीको बैठक बोलाइएको थियो। बिहीबार बिहान १० बजे एकता संयोजन समितिको बैठक समेत बोलाइएको छ।
माओवादी केन्द्रका एक नेताले भोलि नै पार्टी एकता हुने जनाएका छन् भने एमालेका नेताले भोलि पार्टी एकता घोषणाको मिति तय हुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।