काठमाडौं– नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलाको २ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९० हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले बढेर तोलाको ४ हजार ४२५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ३९५ रुपैयाँ रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।