काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान बालुवाटारमा एक्लाएक्लै बैठक बसेपछि केही समयदेखि सुस्ताएको पार्टी एकताको प्रक्रिया पुनः तरंगित भएको छ। यसैबीच, पार्टी एकताको विषयमा छलफल गर्न माओवादी केन्द्रले केन्द्रीय कार्यालयको विस्तारित बैठक आजै बस्ने भएको छ।
पार्टी एकतामा नयाँ सन्देश दिने उद्देश्यले बैठक डाकिएको छ। प्रचण्डले ट्विट गर्दै पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठक आफ्नै निवास खुमलटारमा दिउँसो ४ बजेका लागि बोलाएको जानकारी दिएका छन्।
यसैगरी, नेकपा एमालेको स्थायी समिति बैठक पनि आजै ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।