काठमाडौं– नेकपा एमालेले स्थायी कमिटी बैठक आज अपराह्न ४ बजेका लागि बोलाएको छ।
बैठक पार्टी एकताबारे केन्द्रित हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। 'बैठकले पार्टी एकताको मिति घोषणा गर्न सक्छ', भट्टराईले भने।
पार्टी एकता प्रक्रियाकै सन्दर्भमा आज बिहान एमाले र माओवादीका अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको थियो। सो भेट पार्टी एकता सम्बन्धमा प्रगतिउन्मुख भएको बताइएको थियो। अध्यक्षको भेटवार्तामा एकता संयोजन समितिको बैठक भोलि बिहानका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।