काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सकिएको छ।
छलफलपछि दुई अध्यक्षले पार्टी एकता संयोजन समितिको बैठक बिहीबार बिहान बोलाउन सहमति गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच बिहान करिब दुई घन्टा चलेको छलफल पार्टी एकतासम्बन्धमा प्रगति उन्मुख रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।