काठमाडौं– आज बिहान हुम्लामा भएको मकालु एयरको विमान दुर्घटना सम्बन्धमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले संसद्मा कुरा उठाएका छन्।
आज संसदमा बोल्दै बडूले गम्भीर दुर्घटना पटकपटक दोहोरिने अवस्था देखिएको भन्दै सिंगल इन्जिन भएका विमान उडानबारे सरकारले सोच्नुपर्ने बताए
'सिंगल इन्जिन विमान बढी दुर्घटना हुने अध्ययनले पनि देखिएको छ', उनले भने, 'यसलाई रोक्नुपर्ने हो कि, सरकारको ध्यानाकर्षण गर्न चाहन्छु।'
सुर्खेत विमानस्थलबाट कार्गो लिएर हुम्लाको सिमीकोटका लागि उडेको मकालु एयरको विमान आज बिहान दुर्घटना भएको थियो। दुर्घटनामा चालक दलका दुई सदस्यको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।