• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फ्याट्टै भाइरल भइयो भने...

64x64
पुष्पा थपलिया मंगलबार, फागुन १८, २०७७  १७:१६
1140x725

काठमाडाैं- एकताका युट्युबको ट्रेन्डिङमा पर्ने नाम थियो, गुराँस नानी। उनलाई धेरै युट्युबरले अन्टसन्ट प्रश्न सोधेर भाइरल बनाए। सञ्चार माध्यममा कसरी प्रस्तुत हुने, के बोल्ने, के नबोल्ने भन्ने मात्रै हैन, बिचरा गुराँसनानीलाई सामाजिक सञ्जालमा फेक एकाउन्ट हुन्छन् भन्ने पनि थाहा थिएन।

त्यसैले उनले फेक आइडीबाट आएका म्यासेजलाई सही मानिन्। अनमोल केसीले म्यासेज पठाइरहने, अझै अनमोलको प्रेम प्रस्ताव नै आएको, प्रेम गीतका निर्माताले फिल्म खेल्न आग्रह गर्दा रिजेक्ट गरेको जस्ता कुरा युट्युबका लागि डलर कमाउने गतिलो बाटो बन्यो। कतिले उनको कुरा विश्वास नगरेपछि रुँदै मेसेज देखाइन्, जुन फेक आइडीबाट आएका थिए।

टिकटकमा सक्रिय निकेश उर्फ निकिसा श्रेष्ठ पनि गुराँस नानी जस्तै भाइरल बनिन्। जन्मदा छोरा भएर जन्मिए पनि निकिसा आफूलाई छोरीको भूमिकामा प्रस्तुत गर्न रुचाउँछिन्। अर्थात् उनी ट्रान्सजेन्डर महिला हुन्। लगाउने कुरा ध्यान नदिनु, भद्दा मेकअप गर्नु र कुन प्रश्नको उत्तर कसरी दिनुपर्छ भन्ने नजान्नुले उनले निकै दुःख पाइन्। सामाजिक सञ्जालमा उनको मेमे र ट्रोल छ्यापछ्याप्ती भयो। 

अहिले यही भाइरलको बिडो धानिरहेका छन्, बालक सचिन परियारले। उनको बोल्ने शैली मीठो छ। त्यही कारण अहिले युट्युबको थमनेलमा उनको फोटो नै ट्रेन्डिङमा उक्लनका लागि काफी छ। 'के छ हजुर' र 'ठिक छ हजुर'ले सचिनलाई यतिसम्म भाइरल बनायो कि, महानायकको पगरी गुथेका राजेश हमालले समेत सचिनसँग कम्मर मर्काए। उनलाई पढाउन पैसा छैन भनेका बाबुको कपाल काटेको भिडियो समेत भाइरल हुन्छ अहिले।

माथिका पात्रहरु प्रतिनिधि हुन्। फोटोग्राफीक ट्यालेन्टको नाममा भाइरल भएका बिजय शाही, होचो केटोले अग्लो केटी बिहे गरेको भन्दै  चर्चामा आएका बखत र प्रतिभाका जोडी, तरकारीवाली भनेर भाइरल भएकी कुशुम श्रेष्ठ, बाटोमा मागेर बस्ने र हँसिलो कुरा गर्ने भीमबहादुर, हाँस्यब्यंग्य शैलीमा रमाइलो तरिकाले जवाफ दिने दिल्लीराम खनाल,आफूलाई अघोरी बताउने 'बाबा',  पत्रकार र अभियन्ता भन्ने पुन्य गौतम, दोहोरी गाउन सक्ने बालिका कमला घिमिरे, टंक बुढाथोकीको छत्रछायाँमा रहेका बालक अशोक दर्जी आदि। यसको सूची निकै लामो छ। 

अहिले त झन् टिकटकका कारण हरेक दिन मानिस भाइरल हुन्छन्। एक्कैछिन अघिसम्म कसैले नचिनेको मान्छेलाई एक्कासी धेरैले चिन्ने बन्दा कस्तो रियाक्ट गर्छन् होला? भाइरलको स्वाद चाखिसकेकी गायिका एलिना चौहान भन्छिन्, 'त्यो चर्चा चलिरहेको बेला म नभएर अरु नै कोही होला जस्तो लाग्छ।'

कभर गीत भाइरल भएकै कारण आज उनि चर्चित गायिकाको स्थानसम्म आइपुगेकी छन्।  तर, यसको शिकारमा नराम्रोसँग फसेकी गायिका पनि हुन् एलिना। उनले युट्युबलाई अन्तवार्ता दिँदा दिँदा शिक्षिकाको जागिरबाट हात धुनुपरेको थियो। स्कुलमै अन्तवार्ता लिनेहरुको लाम लाग्न थालेपछि स्कुलले उनलाई बिदा गरिदियो। जागिर हातबाट उम्किएपछि अन्तर्वार्ता लिनेहरु पनि उनको नजिक भुनभुनाउन छाडे।

त्यस्तै, भाइरलको चक्करमा जागिरबाट हात धोएका थिए बखत र प्रतिभाको जोडीले पनि। जागिर खानै नभ्याउने गरेर अन्तर्वार्तामा व्यस्त हुन थालेपछि उनिहरु काम गरिरहेको रेस्टुरेन्टबाट निकालिए। जागिर गुमाएपछि भने यो जोडीले अन्तर्वार्ता लिन आउनेसँग कुराकानी गरेबापत शुल्क लिन थालेका थिए। पैसा माग्न थालेपछि भने अन्तर्वार्ताकार उनिहरुसँग भाग्न थाले। 

Ncell 2
Ncell 2
nimb
nimb

भाइरल भएकै कारण जागिर गुमाउनेमा गुराँश नानी पनि पछिन्। अहिले भने उनि एउटा युट्युब च्यानलमा द गुराँसनानी शो चलाउँछिन्। यता निकिसाको आमाले त यो सबै मिडियाको सत्यनाश होस् भनेर श्राप नै दिएकी थिइन्। 

कसरी सम्हाल्ने रातारातको चर्चालाई
नेपालको मनोरञ्जन बजार सानो छ। निकै चल्तीमा रहेका र वर्षमा लाखौं कमाउने सेलिब्रेटीले समेत गतिलो सल्लाहकार राख्न सकिरहेका छैनन्। त्यसैले सञ्चार माध्यममा आउँदा उनिहरुको तालमेल मिलिरहेकै हुँदैन। यस्तो अवस्थामा रातारात चर्चा कमाउने कलाकारलाई सम्हाल्नु सजिलो काम हैन। 

रियालिटी शाेका कारण रातारात चर्चा कमाएकालाई भने अन्य भाइरललाई जस्तो समस्या छैन। नेपालमा आएका केही फ्रेन्चाइज रियालिटी शाेका प्रस्तोता तथा निर्माता सुशिल नेपालले रियालिटी शाेका बिजेतालाई एक वर्षको कन्ट्रयाकमा राख्नुको कारण उनिहरुलाई सम्हाल्नु नै रहेको बताए। उनका अनुसार, रियालिटी शाेले रातारात स्टार बनाइदिन्छ। त्यो चर्चालाई ऊ एक्लैले धान्न सक्दैन। ल्यायो स्टार बनाइदियो र एक्लै छोडिदियो गर्दा उसले मास बुझ्न पाउँदैन।

'रातारात चर्चामा आएको मानिसलाई स्टार बनाउन नै एक वर्षको सम्झौता गरिएको हुन्छ', सुशिलले भने, 'रियालिटी शो जितेपछिको सम्झौता अवधिमा उनिहरुले संस्थाको अनुमतिबिना केही गर्न पाउँदैनन्।' यही कुरा नबुझेर भारतका नेपालीभाषी बसोबास गर्ने स्थानमा गायक प्रशान्त तामाङ खलनायक बनेको पनि सुशिलले बताए। 

रियालिटी शो जस्तै मिस नेपालले आफ्ना बिजेतालाई एक वर्षसम्म विभिन्न कार्यशालामा सहभागी गराउने, सञ्चार माध्यममा कसरी प्रस्तुत हुने, व्यक्तित्व विकास कसरी गराउने भन्ने  शिक्षा दिइरहेको हुन्छ। 

रियालिटी शाेबाट भाइरल भएकाहरुलाई जस्तै अन्य माध्यमबाट भाइरल भएकाहरुलाई पनि सम्हाल्ने अभिभावकको आवश्यकता रहेको सुशिलको भनाइ छ। उनले भने, 'विभिन्न प्रतिभावान मानिसको प्रतिभा राम्रो अभिभावकत्व नभएका कारण गुमाइरहेका छौं, यो हाम्रा लागि बिडम्बनाको कुरा हो।' 

चर्चामा पुग्नेबित्तिकै विभिन्न गाली गलौजको वर्षा पनि हुन थाल्छ। सुशिल भन्छन्, 'त्यस्तो समयमा उसलाई सही मार्ग देखाउन सकिएन र त्यस्ता नराम्रा प्रतिक्रियाबाट टाढा राख्न सकिएन भने उनिहरु मानसिक समस्यामा देखापर्न सक्छ। 

निकै लामो संघर्ष गरेर चर्चामा आएका मानिसलाई समेत चर्चा धान्न मुस्किल पर्छ। यस्ता घटना धेरै भएको भन्दै सुशिलले भने, 'झनै यहाँ त कतिपय मानिस थाहै नपाइ भाइरल भइरहेका छन्। उनिहरुलाई मानसिक समस्या, कुलत लगायतमा फस्न नदिन गतिलो मार्गदर्शक नभइ हुँदैन।'

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  १७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी शुक्रबार, असोज २, २०८३
भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहकार्य बढाउने प्रतिबद्धता शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरेर २ करोड ५० लाख ठगी, दुई जना पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्