• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

मेलम्चीका तीन दशक : सुरुङमा दोस्रो परीक्षण

64x64
नेपाल लाइभ सोमबार, फागुन १०, २०७७  १६:११
1140x725

काठमाडौं- २०५५ देखि निर्माण सुरु भएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको दोस्रो परीक्षण सुरु भएको छ। सोमबारबाट आयोजनाको सुरुङमार्गमा पानी हालेर परीक्षण गर्न लागिएको हो। मेलम्चीको सुरुङमा पुनः पानी परीक्षण कार्यक्रममा सहभागी हुन सोमबार खानेपानीमन्त्री मणिचन्द्र थापा आयोजनाको मुहान क्षेत्र पुगेका छन्। 

यसअघि असार अन्तिम साता मेलम्चीको सुरुङमा पानी हालेर परीक्षण थालिएको थियो। तर असार ३० गते सुरुङमार्गको गेट फुटेर दुर्घटना भएपछि परीक्षण रोकिएको थियो। 

यसअघि भएका कमजोरी सच्याउँदै ८ महिनापछि पुनःपरीक्षण गर्न लागिएको आयोजनाको कार्यालयले जनाएको छ। अहिले बाहिरबाट भित्रतिर धकेलेर खोल्न मिल्ने गरी गेट राखिएको छ। एउटा मात्रै गेट फुस्किएको भएपनि समान हिसाबले राखिएकाले अम्बाथान, ग्याल्थुम, सिन्धुलगायतका तीन अडिट टनेल र सुन्दरीजल आउटलेट गरी चार स्थानमा गेट राखिएको छ। उक्त गेट भारतीय कम्पनीले डिजाइन तथा निर्माण गरेको हो। 

विगतमा हतार गरेर परीक्षण गर्दा समस्या आएकाले अहिले फिनिसिङ सकेर नै परीक्षण थाल्न लागिएको आयोजनाको दाबी छ। पछिल्लो पटक गरिएको सुधारपछि विज्ञहरुलाई सुरुङमार्गका सबै संरचना देखाएर मात्रै पानी हाल्न लागिएको हो। 

मध्यमर्स्याङ्दी जलविद्युत आयोजना परामर्शदाताका रूपमा काम गरेको जर्मनीको फिसनर कम्पनीलाई मेलम्चीको सुरुङ हेर्न लगाइएको हो। यस कम्पनीले मेलम्ची खानेपानीको सुरुङमार्गका संरचना अध्ययन/अनुगमनपछि दिएको प्रतिवेदनअनुसार सुरुङका केही संरचनामा सुधार र गेट तथा आकस्मिक उपकरण राख्न सुझाएको थियो। 

1140x725

विगतमा भएको कमीकमजोरी सच्याएर पुनः मर्मत गरी सुरूङमा पानी पठाएर परीक्षण गरिएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए।

‘बिहान ११ बजेबाट पानी पठाउन थालिएको हो,’ उनले भने, ‘सुरुङमा पानी पठाएर भरिएपछि सबै पानी बाहिर निकाल्न केही साता लाग्ने छ। सुरुङको परीक्षण सफल भएपछि नै नियमित रुपमा मेलम्चीको पानी सुन्दरीजलमा आउनेछ।’ उपभोक्ताको धारामै पानी आउन भने अझै केही समय लाग्ने अनुमान गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

विगतमा जस्तै समस्या हुनसक्ने जोखिमलाई मध्य नजर गर्दै आयोजनाले सुरक्षाका उपाय अपनाएको जनाएको छ। त्यसका लागि आयोजनाले हेलिकोप्टर तथा अस्पतालसँग समेत समन्वय गरेको छ। 

परीक्षण गर्न दुई महिना, लागत बढेको बढ्यै
सुरुङ परीक्षणका लागि कम्तीमा दुई महिना लाग्ने अनुमान गरिएको छ। सुरुङमार्ग पानीले भर्न करिब १५ देखि २० दिन लाग्नेछ। पानी भरिएपछि दुवैतिरको गेट बन्द गरेर एक साता राखिनेछ। त्यसपछि उक्त पानी फ्लसिङ गर्न १५ देखि २० दिन लाग्ने आयोजनाको भनाइ छ। पानी खाली भएपछि समस्या नदेखिए सुरुङमार्ग नियमित रुपमा पानी हाल्नका लागि तयार हुनेछ। 

अहिले खानेपानी आयोजनाको स्थायी हेडवर्क्स तयार नभएकाले अस्थायी हेडवर्क्सबाट पानी हालिएको हो। स्थायी हेडवर्क्स निर्माणाधीन अवस्थामा छ। हेडवर्क्सको ९६ प्रतिशत काम सकिएको आयोजनाको दाबी छ। 

२०५५ मा मेलम्ची आयोजना सुरु गर्दा ४ सय ६४ मिलियन अमेरिकी डलर (तत्कालीन समयको विनिमय दर अनुसार) लागत अनुमान गरिएको थियो। हाल यो आयोजनाको संशोधित लागत ३१ अर्ब ३६ करोड रुपैयाँ अनुमान गरिएको छ। सो आयोजनामा हालसम्म २९ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समिक्षामा उल्लेख छ। 

Xtrem

Xtrem

तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले २०६८/६९ मा केही आयोजनाहरुलाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेका थिए। राष्ट्रिय गौरवका आयोजनाको सूचीमा परेको मेलम्चीका लागि चालु आव २०७७/७८ मा ५ अर्ब ४६ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो। पुससम्म आयोजनाले ५८ करोड १९ लाख रुपैयाँ खर्च गरेको छ। 

२०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे। सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्यो। त्यसयताका २२ वर्षमा मेलम्चीमा कति पानी बगे त्यसको हिसाब छैन। तर काठमाडौंबासीले मेलम्चीको पानी कहिले पाउँछन् भन्ने कुराको भने हिसाब भइरहेको छ। 

समिति गठन भएको तीन वर्षपछि ०५८ मा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा मेलम्चीको निर्माण सुरु भएको थियो। आयोजना निर्माण सुरु गर्दा सात वर्षभित्र काम सक्ने लक्ष्य राखिएको थियो। तर, सरकारले एडिबीको ऋण सर्त पालना गर्न नसक्दा केही समयमै काम प्रभावित भयो। त्यसपछि पनि निर्माण कम्पनीहरूसँगको ठेक्का तोडिने, नयाँ ठेक्का हुने क्रम जारी रह्यो। काठमाडौंबासीले मेलम्चीको पानी पिउने धोको भने अझै पूरा भएको छैन। 

सुरुङ खनिरहेको इटालियन कम्पनी सिएमसीले आधा काम छोडेर बीचमै भागेपछि आयोजना बोर्डले २४ माघमा सिएमसीसँगको ठेक्का सम्झौता तोड्ने निर्णय गरेको थियो। सिएमसीसँग ठेक्का तोडेपछि सरकारले आयोजनाको बाँकी काम सक्न चिनियाँ कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिएको थियो। 

२०६४ मा सरकारले ऋण सर्त पालना गरेपछि एडिबीले २०७० सम्म समयावधि थपेर सुरुङमार्ग निर्माणको अनुमति दियो। २०६४ मै २७ किलोमिटर सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरियो। अर्को वर्ष चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सिआरसी) नामक चिनियाँ कम्पनीले चार वर्षभित्र बनाइसक्ने गरी सुरुङमार्गको ठेक्का पायो। तर, तीन वर्षमा १५ प्रतिशत मात्रै काम गर्‍यो। एक वर्षभित्र बाँकी ८५ प्रतिशत काम सक्ने अवस्था नदेखिएपछि सिआरसीसँग सोही वर्ष ठेक्का सम्झौता तोडियो। 

२०७० असारमा पुनः ग्लोबल टेन्डर आह्वान गरियो र इटालियन कम्पनी सिएमसीले ठेक्का पायो। ठेक्काअनुसार २०७३ मा काम सक्नुपर्ने भए पनि भूकम्प र नाकाबन्दीका कारण काम रोकियो। तसर्थ सिएमसीको म्याद थप भइरह्यो। अन्तिम म्यादअनुसार ३ फागुन ०७५ मा सिएमसीले काम सक्नुपर्ने थियो। तर, मंसिर २९ मै सिएमसीले काम छोड्यो र आयोजनाले माघ २४ मा ठेक्का सम्झौता रद्द गर्‍यो। उक्त काम हाल चिनियाँ कम्पनी सिनो हाइड्रोले गरिरहेको छ।

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १६:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्