• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

मेलम्चीका तीन दशक : सुरुङमा दोस्रो परीक्षण

64x64
नेपाल लाइभ सोमबार, फागुन १०, २०७७  १६:११
1140x725

काठमाडौं- २०५५ देखि निर्माण सुरु भएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको दोस्रो परीक्षण सुरु भएको छ। सोमबारबाट आयोजनाको सुरुङमार्गमा पानी हालेर परीक्षण गर्न लागिएको हो। मेलम्चीको सुरुङमा पुनः पानी परीक्षण कार्यक्रममा सहभागी हुन सोमबार खानेपानीमन्त्री मणिचन्द्र थापा आयोजनाको मुहान क्षेत्र पुगेका छन्। 

यसअघि असार अन्तिम साता मेलम्चीको सुरुङमा पानी हालेर परीक्षण थालिएको थियो। तर असार ३० गते सुरुङमार्गको गेट फुटेर दुर्घटना भएपछि परीक्षण रोकिएको थियो। 

यसअघि भएका कमजोरी सच्याउँदै ८ महिनापछि पुनःपरीक्षण गर्न लागिएको आयोजनाको कार्यालयले जनाएको छ। अहिले बाहिरबाट भित्रतिर धकेलेर खोल्न मिल्ने गरी गेट राखिएको छ। एउटा मात्रै गेट फुस्किएको भएपनि समान हिसाबले राखिएकाले अम्बाथान, ग्याल्थुम, सिन्धुलगायतका तीन अडिट टनेल र सुन्दरीजल आउटलेट गरी चार स्थानमा गेट राखिएको छ। उक्त गेट भारतीय कम्पनीले डिजाइन तथा निर्माण गरेको हो। 

विगतमा हतार गरेर परीक्षण गर्दा समस्या आएकाले अहिले फिनिसिङ सकेर नै परीक्षण थाल्न लागिएको आयोजनाको दाबी छ। पछिल्लो पटक गरिएको सुधारपछि विज्ञहरुलाई सुरुङमार्गका सबै संरचना देखाएर मात्रै पानी हाल्न लागिएको हो। 

मध्यमर्स्याङ्दी जलविद्युत आयोजना परामर्शदाताका रूपमा काम गरेको जर्मनीको फिसनर कम्पनीलाई मेलम्चीको सुरुङ हेर्न लगाइएको हो। यस कम्पनीले मेलम्ची खानेपानीको सुरुङमार्गका संरचना अध्ययन/अनुगमनपछि दिएको प्रतिवेदनअनुसार सुरुङका केही संरचनामा सुधार र गेट तथा आकस्मिक उपकरण राख्न सुझाएको थियो। 

1140x725

विगतमा भएको कमीकमजोरी सच्याएर पुनः मर्मत गरी सुरूङमा पानी पठाएर परीक्षण गरिएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए।

‘बिहान ११ बजेबाट पानी पठाउन थालिएको हो,’ उनले भने, ‘सुरुङमा पानी पठाएर भरिएपछि सबै पानी बाहिर निकाल्न केही साता लाग्ने छ। सुरुङको परीक्षण सफल भएपछि नै नियमित रुपमा मेलम्चीको पानी सुन्दरीजलमा आउनेछ।’ उपभोक्ताको धारामै पानी आउन भने अझै केही समय लाग्ने अनुमान गरिएको छ।

Ncell 2
Ncell 2

विगतमा जस्तै समस्या हुनसक्ने जोखिमलाई मध्य नजर गर्दै आयोजनाले सुरक्षाका उपाय अपनाएको जनाएको छ। त्यसका लागि आयोजनाले हेलिकोप्टर तथा अस्पतालसँग समेत समन्वय गरेको छ। 

परीक्षण गर्न दुई महिना, लागत बढेको बढ्यै
सुरुङ परीक्षणका लागि कम्तीमा दुई महिना लाग्ने अनुमान गरिएको छ। सुरुङमार्ग पानीले भर्न करिब १५ देखि २० दिन लाग्नेछ। पानी भरिएपछि दुवैतिरको गेट बन्द गरेर एक साता राखिनेछ। त्यसपछि उक्त पानी फ्लसिङ गर्न १५ देखि २० दिन लाग्ने आयोजनाको भनाइ छ। पानी खाली भएपछि समस्या नदेखिए सुरुङमार्ग नियमित रुपमा पानी हाल्नका लागि तयार हुनेछ। 

अहिले खानेपानी आयोजनाको स्थायी हेडवर्क्स तयार नभएकाले अस्थायी हेडवर्क्सबाट पानी हालिएको हो। स्थायी हेडवर्क्स निर्माणाधीन अवस्थामा छ। हेडवर्क्सको ९६ प्रतिशत काम सकिएको आयोजनाको दाबी छ। 

२०५५ मा मेलम्ची आयोजना सुरु गर्दा ४ सय ६४ मिलियन अमेरिकी डलर (तत्कालीन समयको विनिमय दर अनुसार) लागत अनुमान गरिएको थियो। हाल यो आयोजनाको संशोधित लागत ३१ अर्ब ३६ करोड रुपैयाँ अनुमान गरिएको छ। सो आयोजनामा हालसम्म २९ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समिक्षामा उल्लेख छ। 

तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले २०६८/६९ मा केही आयोजनाहरुलाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेका थिए। राष्ट्रिय गौरवका आयोजनाको सूचीमा परेको मेलम्चीका लागि चालु आव २०७७/७८ मा ५ अर्ब ४६ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो। पुससम्म आयोजनाले ५८ करोड १९ लाख रुपैयाँ खर्च गरेको छ। 

२०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे। सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्यो। त्यसयताका २२ वर्षमा मेलम्चीमा कति पानी बगे त्यसको हिसाब छैन। तर काठमाडौंबासीले मेलम्चीको पानी कहिले पाउँछन् भन्ने कुराको भने हिसाब भइरहेको छ। 

समिति गठन भएको तीन वर्षपछि ०५८ मा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा मेलम्चीको निर्माण सुरु भएको थियो। आयोजना निर्माण सुरु गर्दा सात वर्षभित्र काम सक्ने लक्ष्य राखिएको थियो। तर, सरकारले एडिबीको ऋण सर्त पालना गर्न नसक्दा केही समयमै काम प्रभावित भयो। त्यसपछि पनि निर्माण कम्पनीहरूसँगको ठेक्का तोडिने, नयाँ ठेक्का हुने क्रम जारी रह्यो। काठमाडौंबासीले मेलम्चीको पानी पिउने धोको भने अझै पूरा भएको छैन। 

सुरुङ खनिरहेको इटालियन कम्पनी सिएमसीले आधा काम छोडेर बीचमै भागेपछि आयोजना बोर्डले २४ माघमा सिएमसीसँगको ठेक्का सम्झौता तोड्ने निर्णय गरेको थियो। सिएमसीसँग ठेक्का तोडेपछि सरकारले आयोजनाको बाँकी काम सक्न चिनियाँ कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिएको थियो। 

२०६४ मा सरकारले ऋण सर्त पालना गरेपछि एडिबीले २०७० सम्म समयावधि थपेर सुरुङमार्ग निर्माणको अनुमति दियो। २०६४ मै २७ किलोमिटर सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरियो। अर्को वर्ष चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सिआरसी) नामक चिनियाँ कम्पनीले चार वर्षभित्र बनाइसक्ने गरी सुरुङमार्गको ठेक्का पायो। तर, तीन वर्षमा १५ प्रतिशत मात्रै काम गर्‍यो। एक वर्षभित्र बाँकी ८५ प्रतिशत काम सक्ने अवस्था नदेखिएपछि सिआरसीसँग सोही वर्ष ठेक्का सम्झौता तोडियो। 

२०७० असारमा पुनः ग्लोबल टेन्डर आह्वान गरियो र इटालियन कम्पनी सिएमसीले ठेक्का पायो। ठेक्काअनुसार २०७३ मा काम सक्नुपर्ने भए पनि भूकम्प र नाकाबन्दीका कारण काम रोकियो। तसर्थ सिएमसीको म्याद थप भइरह्यो। अन्तिम म्यादअनुसार ३ फागुन ०७५ मा सिएमसीले काम सक्नुपर्ने थियो। तर, मंसिर २९ मै सिएमसीले काम छोड्यो र आयोजनाले माघ २४ मा ठेक्का सम्झौता रद्द गर्‍यो। उक्त काम हाल चिनियाँ कम्पनी सिनो हाइड्रोले गरिरहेको छ।

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १६:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु !
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने
सम्बन्धित सामग्री
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुल... बिहीबार, पुस १७, २०८२
अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रु ३१ कर... शनिबार, मंसिर २०, २०८२
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु ! आइतबार, माघ १८, २०८२
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने आइतबार, माघ १८, २०८२
नेप्से परिसूचक १९ अङ्कले घट्यो आइतबार, माघ १८, २०८२
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्