काठमाडौं– सर्वोच्च अदातलले सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको भन्सार दरमा गरेको परिवर्तन कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको छ।
न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले अर्को सुनुवाइ नभएसम्मका लागि उक्त निर्णय कार्यान्वयनमा रोक लगाउन आदेश गरेको हो। ज्ञान इन्टरप्राइजेज साझेदारी फर्मले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले भन्सार वृद्धि गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो।
उद्योगमन्त्री मातृका यादवको प्रस्तावमा मन्त्रिपरिषद्को बैसाख ५ गतेको बैठकले चिनीको भन्सार शतप्रतिशत वृद्धि गर्ने निर्णय गरेको थियो। सरकारले चिनीको भन्सार दर ३० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो। यसअघि चिनीको भन्सार दर १५ प्रतिशत थियो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।