• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अभ्यास गर्दै र सिक्दै स्थानीय सरकार

64x64
नेपाल लाइभ सोमबार, वैशाख ३१, २०७५  १०:२५
1140x725

रुपन्देही– दोस्रो चरणको स्थानीय तहको निर्वाचन भएको ११ महिना पूरा भएको छ। २०७४ असार १४ गते दोस्रो चरणमा ४ वटा प्रदेशका ४ सय ८३ तहको निर्वाचन सम्पन्न भएको थियो। 

यसै चरणमा प्रदेश नम्बर ५ का १२ जिल्लामा निर्वाचन भएको थियो। रुपन्देहीमा पनि निकै तामझामका साथ स्थानीय तहको निर्वाचन भए पनि बितेका ११ महिनामा जनताले अनुभूति गर्नेगरी खासै काम हुन सकेको छैन। रुपन्देहीका १६ स्थानीय तहमध्ये अधिकांश आफ्नै सेवा–सुविधामा केन्द्रित भए भने  केही कानुन निर्माणमा अल्झिएका छन्। 

रुपन्देहीका १ उपमहानगरपालिका र ५ नगरपालिकामध्ये बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिकाले केन्द्र सरकारले पठाएको नमूना कानुनको आधारमा कानुन निर्माण गरेर केन्द्र र प्रदेश सरकारलाई बुझाइसकेका छन् भने कतिपय स्थानीय तह अझै पनि कानुन निर्माणमै अल्झिएका छन्।

रुपन्देहीको एकमात्रै उपमहानगरको रुपमा रहेको बुटवल उपमहानगरपालिकाले बितेको ११ महिनामा चुनावका बेला मतदातासँग गरेका प्रतिबद्धता अनुसार काम गर्दै अगाडि बढेको मेयर शिवराज सुवेदी बताउँछन्। 

उनले चुनावका बेला जनतासँग ५ वर्षभित्रमा गर्ने कामको प्रतिबद्धता अनुसार ११ महिनाको अवधिमा २५ प्रतिशत काम सम्पन्न गरेको र १० प्रतिशत काम जारी रहेको बताए। बुटवल उपमहानगरले ११ महिनामा २६ वटा ऐन, आचारसंहिता, नियमावली, निर्देशिका र कार्यविधि तयार गरेको प्रमुख सुवेदीले बताए। 

प्रदेश ५ को अस्थायी राजधानी र मन्त्रिपरिषद् कार्यालय तथा अन्य मन्त्रालय समेत रहेको यस उपमहानगरमा जनताले अनुभूति हुनेगरी सम्पूर्ण काम नभए पनि विकास निर्माण र कानुन निर्माणमा भने अगाडि रहेको मेयर सुवेदीको दाबी छ। कानुन निर्माणका लागि नगरवासीको सुझाव संकलनका लागि पर्याप्त समय दिएकाले सोचे अनुरुपको काम गर्न नसकेको स्वीकार गर्दै उनले आगामी आर्थिक वर्षदेखि कामले तीव्रता पाउने बताए। 

उपमहानगरले स्थानीय शिक्षा ऐन, सहकारी ऐन, कृषि प्रवर्द्धन ऐन निर्माण तथा व्यवसायी कार्यविधि, नगरसभा सञ्चालन नियमावली, कार्यव्यवस्था सञ्चालन निर्देशिका लगायतका ऐन तथा नियम तयार गरी कार्यान्वयनमा ल्याएको बताउँदै नगर प्रमुख सुवेदीले योसँगै विकास निर्माणमा पनि जुटेको बताए।

‘उपमहानगरभित्रका रैथाने बाटो पिच गर्नेदेखि ज्यालो शहर, सडक बालबालिकाको तथ्यांक संकलन, जितगढी किल्ला संरक्षण जस्ता कामलाई पनि प्राथमिकतामा राखेर काम भइरहेको छ’, उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

यसका साथै बुटवल उपमहानगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने योजना अनुसार डिजिटल घर नम्बरिङको काम, विद्युत् सुशासनमा नक्सा बनाउनेसम्मका काम गरिएको जानकारी उनले दिए। 

यता सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले बितेको ११ महिना सिकाइ र अभ्यासमा बितेको बताए। उनले स्थानीय सरकारको रुपमा रहेको स्थानीय तहमा जनताका अपेक्षा अत्यधिक भए पनि कानुन निर्माण र अन्य जटिलताका कारण काम गर्न नसकिएको स्वीकार गर्दै अहिलेको सिकाइ र अध्यासले आगामी आर्थिक वर्षदेखि काम गर्न सहज हुने बताए। 

सिद्धार्थनगरले कानुन निर्माणको कामलाई अन्तिम रुप दिन लागेको बताउँदै नग प्रमुख अधिकारीले अन्तर कार्यालय समन्वयको अभावका कारण जनतालाई सन्तुष्टि मिल्नेगरी काम गर्न नसकेको स्विकारे। 

सिद्धार्थनगरमा ११ महिना जनताका कामभन्दा पनि कार्यालय र स्थानीय जनप्रतिनिधिबीचको आन्तरिक किचलोमै बित्यो। नगर प्रमुख अधिकारी भने विकास निर्माणमा लाग्दा कानुन निर्माणमा ढिलाइ भएको बताउँछन्। उनले सुरु–सुरुमा के गर्ने, के नगर्ने भन्ने अन्योलका कारण पनि पर्याप्त काम गर्न नसकिएको बताउँदै समन्वय र अनुभवको कमीले गर्दा समस्या उब्जिएको जानकारी दिए। 

Xtrem

Xtrem

त्यस्तै, गौतमबुद्धको मावलीस्थल रहेको देवदह नगरपालिकाले पनि पर्याप्त दक्ष जनशक्ति, मानव संसाधन र स्रोतको अभावका कारण जनताको अपेक्षा अनुसार नतिजा दिन नसकेको नगर प्रमुख हिराबहादुर खत्रीले बताए। दक्ष जनशक्तिको अभावमा नगरपालिकाले प्रवाह गर्ने सेवामा समेत केही धक्का लागेको भन्दै उनले दक्ष जनशक्तिको खोजीमा नगरपालिका रहेको बताए। 

नगर प्रमुख खत्रीले ११ महिनाको अवधिमा नगरवासीका लागि सेवा प्रवाह र सेवा विस्तारलाई अगाडि बढाएको बताए। साथै, नगरपालिकाभित्रको विकास निर्माण र पूर्वाधार निर्माणमा पनि एकसाथ काम भइरहेको बताए। उनले केही समय कानुन बनाउन खर्चिनुपरेको बताए। 

नगरपालिका जस्तै गाउँपालिका पनि ऐन निर्माणमा जुटेका छन्। रुपन्देहीको ओमसतिया गाउँपालिकाले जारी गरेको शिक्षा ऐन २०७५ परिषदद्वारा पारित गरियो। जुन ऐन अनुसार यसै शैक्षिक सत्रदेखि गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका जनप्रतिनिधिका छोराछोरी तथा कर्मचारीका छोराछोरीले सामुदायिक स्कुलमै पढाउनुपर्नेछ। स्थानीय तहले तयार पारेको ऐन तथा निर्देशिकाले राम्रो प्रभाव पार्ने देखिएको छ। 

जनप्रतिनिधिले उदाहरणीय बन्ने प्रयास गरिरहे पनि नेपालको एकमात्र सांस्कृतिक नगरपालिकामा भने जनप्रतिनिधिकै गरिमा घटाउने कार्य समेत भयो। लुम्बिनी सांस्कृतिक नगरपालिकाका आफ्नै सेवा–सुविधाबारे कुरा नमिल्दा उपप्रमुखले प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएकी थिइन्। मेयरले भाडामा लिएर गाडी चलाएपछि उपमेयरले आफूलाई पनि भाडामा भए पनि गाडी चाहिने माग गर्दा कुरा नमिलेपछि उनी विरोधमा उत्रेकी थिइन्। 

स्थानीय तह जनताको काममा भन्दा पनि आफ्नै सेवा–सुविधा बढाउन केन्द्रित देखिएको कतिपयको बुझाइ छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी भएको टिप्पणी गरे। उनले जिल्लाका अधिकांश स्थानीय प्रतिनिधि आफूहरुलाई सवारीसाधन किन्न र कानुन बनाउन भन्दै अल्झिएको बताए। स्थानीय सरकारको हवाला दिँदै स्थानीय तहका प्रतिनिधिले जनतासँग कर उठाउने काममा बढी केन्द्रित रहेको भन्दै सचिव खाँणले विगत ११ महिनामा जनताले अपेक्षा अनुसार खासै काम नभएको टिप्पणी गरे। 

खाँणले भने ‘स्थानीय जनप्रतिनिधि आफूहरु स्थानीय सरकार भएको भन्दै जे मन लाग्यो त्यही गर्ने गरिरहेका छन्। यसरी त जनताले कहिले परिवर्तन महसुस गर्न पाउलान् र?’

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५  १०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इन्जिनियर सांसदलाई प्रधानमन्त्री शाहले भने– घटना होइन, समाधानका आइडिया दिनुस्
कांग्रेसले बहिष्कार गरेपछि वीरगन्जको विशेष नगरसभा प्रभावित, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित
मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इन्जिनियर सांसदलाई प्रधानमन्त्री शाहले भने– घटना होइन, समाधानका आइडिया दिनुस् बुधबार, असोज १४, २०८३
कांग्रेसले बहिष्कार गरेपछि वीरगन्जको विशेष नगरसभा प्रभावित, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित बुधबार, असोज १४, २०८३
मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी बुधबार, असोज १४, २०८३
सात उपसचिव बढुवाका लागि सिफारिस (सूची) बुधबार, असोज १४, २०८३
रास्वपा केन्द्रीय समिति बैठक १७ असोजमा, एजेन्डा खुलाइएन बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्