बुटवल- गएराति आएको भीषण वर्साका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ। मध्यरातदेखि नै सडक अवरुद्ध हुँदा यातायात आवागमन रोकिएको छ भने यात्रुहरु सडकमै अलपत्र परेका छन्।
तिनाउ गाउँपालिका वडा नम्बर ३ हेडबक्स नजिकै ठूलो पहिरो खसेपछि सोमबार बिहान २ बजेदेखि यातायात सेवा अवरुद्ध भएको पश्चिम क्षेत्र ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। बिहानैदेखि डोजरको सहायताले पहिरो पन्छाउन सुरु गरिए पनि पहिरो ठूलो भएका कारण सडक सुचारु हुन सकेको छैन।
बाटो खुलाउन बुटवलबाट अर्को एक्स्काभेटर पठाइएको पश्चिम क्षेत्र ट्राफिक कार्यालयका नायब प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए। अहिले पनि सडकको पहिरो पन्छाउने काम जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।