काठमाडौं– जापानमा भएको एसियाली खेलकुदमा कांस्य पदक जितेको नेपाली कबड्डी टोली करिब ४० घण्टा बैंकक विमानस्थलमा अलपत्र परेपछि स्वदेश फर्किएको छ।
टोलीलाई बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
-1790763469.png)
टोलीको नेपाल फर्किने उडान २८ तारिख दिउँसो १२ बजेका लागि तय गरिएको थियो। तर, उडानमा ढिलाइ भएपछि जापानबाट थाइल्यान्ड पुगेको टोलीले बैंकक विमानस्थलमै लामो समय कुर्नुपरेको थियो।
महिला टोलीसँगै पुरुष कबड्डी टोली पनि स्वदेश फर्किएको छ। नेपाली टोली सोमबार बिहान ११:४५ बजे जापानको ओसाकाबाट बैंककका लागि उडेको थियो। दिउँसो ३:३५ बजे बैंकक पुगेको टोली बुधवार बिहान मात्रै त्यहाँबाट काठमाडौँका लागि उड्न सफल भएको हो।
रातारात विमानस्थल पुगेका खेलाडीहरूले झन्डै ४० घण्टा त्यहीँ बिताएपछि आज स्वदेश फर्किएका हुन्।
प्रतियोगिताको सेमिफाइनलमा नेपाली महिला टोली भारतसँग ४८-२४ अङ्कले पराजित हुँदै कास्य पदकमै सीमित बनेको थियो। उक्त कांस्य नै प्रतियोगितामा नेपालले जितेको एकमात्र पदक हो।
-1790763466.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।