काठमाडौं– अस्ट्रेलियन क्रिकेटर डेविड वार्नरले नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेल नखेल्ने भएका छन्।
एनपीएलका लागि नेपाल आएका वार्नर मंगलबार फर्किएका छन्। काठमाडौं गोर्खाजमा आवद्ध वार्नरले सोमबार कर्णाली याक्सविरुद्ध खेलेका थिए।
एनपीएल तेस्रो संस्करणको उनको अन्तिम खेल भने स्मरणलायक रहेन। उनी एक रनमै आउट भएका थिए।
काठमाडौंका लागि चार खेल खेलेका वार्नरले १२७ रन बनाएका छन्। उनको उच्चतम स्कोर ६६ रन रहेको छ।
यसअघि बंगलादेशी क्रिकेटर शकिब अल हसन पनि फर्किसकेका छन्। उनले पोखरा एभेन्जर्सबाट तीन खेल खेलेका थिए। जसमा १४ रन मात्रै बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।