• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मोदी भ्रमणको औचित्य पुष्टि गर्दै ओलीले भने- दुई देशको सम्बन्ध सधैं चिसो रहँदैन

64x64
नेपाल लाइभ आइतबार, वैशाख ३०, २०७५  ०९:२८
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌ बैठकमा विशेष सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणले दुवै देशको सम्बन्ध अझ उचाइमा पुगेको बताएका छन्। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार र शनिबार दुईदिने नेपाल भ्रमण औचित्यपूर्ण र सार्थक भएको पुष्टि गर्दै प्रधानमन्त्री ओलीले भ्रमणको सेरोफेरोमा उठेका आलोचनाप्रति वास्ता गर्नु जरुरी नभएको बताए।

प्रधानमन्त्री ओलीले नेपालको सार्वभौमसत्ता र स्वतन्त्रतालाई कायम राख्दै छिमेकीसँग बराबरीको सम्बन्ध कायम गरेको संसद्‌मा उल्लेख गरे। 

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँगको भेट सन्तुलित सम्बन्धन र स्वाभिमान कायम राख्ने पक्षमा रहेको संसद्‌लाई जनाए। 

नेपाल भारत सम्बन्ध ३ वर्ष पहिले तनावग्रस्त रहेको सम्झँदै ओलीले भने, ‘म सम्झछु ३ वर्ष पहिले म नै प्रधानमन्त्री थिएँ। नाकाबन्दी थियो। तत्कालीन समयमा मैले नकाबन्दी अन्त्य नभएसम्म भारत नजाने अडान राखेको हो। नाकाबन्दी खुलेपछि मात्र म भ्रमणमा गएको हुँ।’ 

सँधै एउटै अवस्थामा दुई देशबीच सम्बन्ध नरहने भन्दै उनले भने, ‘हाम्रो कसैसँग दुश्मनी होइन। र यस्तो होस् भन्ने चाहँदैनौं। हामी मित्रता गाँस्दै साथ र सहयोग चाहन्छौं।'  

‘सम्बन्ध सुधार गर्नुपर्छ, हेपाई सहनु हुँदैन,’ ओलीले थपे, ‘हामीले त्यही गरेका हौं, विगतमा त्रुटि सच्चाउँदै बराबरीको सम्बन्ध अब कायम भएको छ।’ 

दक्षिण र उत्तर कोरियाले जारी विवाद समाधान थालेको, मोदी र सी जिङपिङकाबीच वार्ता भएको उल्लेख गर्दै ओलीले कहिलेकाँही चिसोपन आउने तर सधैं चिसोपनमै सम्बन्ध नरहेने उल्लेख गरे।

Ncell 2
Ncell 2
nimb
nimb

आफ्ना सबै काम सार्वजनिक र पारदर्शी भएको भन्दै ओलीले जे गरे पनि आलोचना गर्न नहुने बताए। भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको समयमा जारी गरेको घोषणापत्र, संयुक्त प्रेस वक्तव्य, सार्वजनिक भएकाले आलोचना गर्न उचित नभएको उनको भनाइ थियो।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमण जनकपुरबाट सुरु भई पशुपति दर्शनसँगै पूरा भएको भन्दै प्रधानमन्त्री ओलीले नेपालका लागि रामायाण सर्किट सुरु हुनु महत्वपूर्ण भएको जनाए। रामायाणमा वर्णित महत्वपूर्ण धार्मिक स्थल समेटेर निर्माण हुने उक्त सर्किटले नेपालाई पर्यटन विस्तारमा फाइदा पुग्ने ओलीको भनाइ थियो। 

'बाल्मिकी आश्रम, जनकपुर लगायतका क्षेत्रसमेत उक्त सर्किटमा समेटिन्छन्,' प्रधानमन्त्री ओलीले भने, 'दुवै देशका प्रधानमन्त्रीले जनकपुर-आयोध्या बस सेवा सुरु गर्नु यसको कार्यान्वयनको शुरुवात हो। यो बस पहिलो यात्रा हो, आगामी दिनमा यसले थप निरन्तरता पाउनेछ।' 

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई लिएर जनकपुरमा आमजनताको सकारात्मक चासो र सर्मथन देखिएको भन्दै ओलीले धन्यवाद दिए। जनकपुरमा भएको मोदीको नागरिक अभिनन्दन, काठमाडौं र मुक्तिनाथमा भएको भव्य स्वागतले भारतसँगको नेपाल सम्बन्ध झन प्रगाढ बनेको ओलीले बताए। 

Xtrem

Xtrem

प्रधानमन्त्री ओलीले मोदीसँगको एक्लाएक्लै भेटमा नेपालको पक्षमा धेरै कामका विषयमा आफूले सहमति गरेको बताएका छन्। व्यापारमा चरम असन्तुलन के-के गरेर हटाउन सकिन्छ भनेर ३ महिनामा नीति संशोधन गर्ने र भारतीय बजारमा नेपाली उत्पादन बढाउने, चिया, अलैँची, जुट लगायतका कृषि सामग्री निर्यातमा देखिएका समस्या समाधान गर्नेबारे आफूले सहमति गरेको ओलीले सदनमा जानकारी गराए। 

यस्तै, नेपालगञ्ज, भैरहवा र विराटनगरबाट समेत अन्तर्राष्ट्रिय हवाइ रुट माग गरेको ओलीले सदनमा जानकारी गराए। ४ वटा रुट नेपालका लागि उपलब्ध गराउन दुई पक्षीय प्राविधिक अध्ययन गर्ने र सेप्टेम्बरसम्म निर्णय गर्ने सहमती भएको ओलीले जनाए।

भेटमा तराईका क्षेत्रमा प्रत्येक वर्ष देखिने डुबानको विषयमा समेत कुरा भएको प्रधानमन्त्री ओलीले बताए।  ‘सिमानामा बाँध बाँध्ने वा बाटो बनाउने नाममा नेपाली भूमि बर्सेनि डुबानमा पर्दै आएका छन्,’ ओलीले मोदीसँग गरेको कुराकानी उदृद् गर्दै संसदमा भने, ‘छिमेकी सम्बन्धमा अन्याय र अनुचित कार्य हुनु हुँदैन।’ उनले अघिल्लो भ्रमणमा पनि आफूले उक्त कुरा उठाएको र अहिलेको भेटमा पनि सम्झाएको सदनमा जानकारी गराए। 

‘भारतको आफ्नो जमिन, बस्ती बचाउनका लागि हाम्रो क्षेत्र डुबानमा पार्न मिल्दैन मैले भनेको छु,’ ओलीले भने, ‘यसमा भारत पनि तयार छ। यसमा छिटै सयुक्त कार्यदल बनाएर काम गर्ने सहमति भएको छ।’ 

बाँध समस्यामा अहिले सकिने अहिले र बाँकी विस्तारै समाधान गर्ने सहमति भएको ओलीले संसद्‌मा उल्लेख गरे। सन् २०१४ को ऊर्जा नीतिलाई पनि परिमार्जन गर्ने कुरा भेटमा भएको ओलीले बताए। अरुण तेस्रो ५ वर्षभित्र बन्ने निश्चित भएको पनि ओलीले उल्लेख गरे। ४ वर्षमा ट्रान्समिसन लाइन तयारी हुने र त्यसको एक वर्षभित्रै ९०० मेघावाट उत्पादन र प्रयोग हुने सहमति अनुसार नै संयुक्त उद्घाटन गरिएको ओलीले जानकारी दिए। 

प्रधानमन्त्री ओलीले सन् १९५० को सन्धिका विषयमा छिटै बैठक बसी निर्णय गर्ने सहमति भएको बताए। ‘सन् १९५० को सन्धि र त्यसको प्रावधान कसरी अध्यावधिक गर्ने भन्ने विषयमा अध्ययन गर्न दुवै पक्षका ४–४ जनाको प्रवुद्ध समूहका सदस्यको प्रतिवेदन प्राप्त भए लगत्तै काम थाल्ने सहमति भएको छ,' ओलीले सदनमा भने, ‘अब छिटै यसमा काम हुन्छ, कम्तिमा पनि १९५० को सन्धि, एउटा देशको प्रमुख र राजदूतका बीचमा भएको सम्झौता खारेज हुन्छ।’ 

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना पनि अघि बढ्ने ओलीले दाबी गरे। १३ सय मिटरको लिङ्करोड, दोधारा-चाँदनी, महाकालीमा ३ वटा पुल निर्माण, महेन्द्रनगरमा पुल निर्माण गरेपछि भारतीय राजमार्ग ६ दशमलब ८ किलोमिटर निर्माण गरी जोड्नेगरी कुरा भएको ओलीले जनाए। 

रेलवे र जलमार्गका लागि थप सम्झौता गर्ने सहमति भएको ओलीले सदनमा जानकारी गराए। नेपालले जारी गरेको प्रमाणपत्रलाई भारतको मेडिकल काउन्सिलबाट मान्यता दिनका लागि आफूले कुरा उठाएको ओलीले जनाए।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०७५  ०९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘मनाङमा तत्काल अत्यावश्यक काम गर्ने’ : मुख्यमन्त्री पाण्डे
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘मनाङमा तत्काल अत्यावश्यक काम गर्ने’ : मुख्यमन्त्री पाण्डे बुधबार, असोज १४, २०८३
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका बुधबार, असोज १४, २०८३
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो बुधबार, असोज १४, २०८३
नेपालमा रासायनिक मल कारखाना खोल्न प्रस्ताव आह्वान गर्ने तयारी छ : बालेन बुधबार, असोज १४, २०८३
प्राविधिक सांसदसँग प्रधानमन्त्री शाहको आग्रह: ज्ञान र सीप देश निर्माणमा लगाउनुस् बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्