• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

निदान अस्पताल मिर्गौला ‘तस्करी’ प्रकरण : ‘सेटिङ’मा डा पुकारचन्द्र श्रेष्ठको पनि हात रहेको प्रतिवादीको बयान

64x64
कल्पना पौडेल सोमबार, माघ १२, २०७७  १७:०८
1140x725

काठमाडौं- ललितपुरस्थित निदान अस्पतालमा भएको मिर्गौला तस्करी प्रकरणमा अस्पतालका प्रमुख डा पुकारचन्द्र श्रेष्ठकै संलग्नता रहेको बयान एक प्रतिवादीले दिएका छन्। आफ्नो बुबा शंकरलाल योञ्जनको मिर्गौला प्रत्यारोपण गराएका प्रतिवादी शिशिर सागर योञ्जनले ललितपुर जिल्ला अदालतमा उक्त कार्यमा अस्पतालका चिकित्सक डा श्रेष्ठको संलग्नता रहेको बताएका हुन्।

शिशिर सागरले मिर्गौला तस्करीमा संयोजन 'राजु' नामको व्यक्तिले गरेको र उक्त कार्यमा डा श्रेष्ठसँगै अस्पतालका कानुनी सल्लाहकार कुमुद भट्टराई र सिइओ विपेन्द्र प्रधानको हात रहेको बयान दिएका हुन्। उनले 'राजु' नामका ती व्यक्ति र अस्पतालको समितिले गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोपणको 'सेटिङ' मिलाएको उल्लेख गरेका छन्। आफूले उक्त प्रक्रियाका लागि चाहिने आर्थिक जोहो मात्रै गरेको दाबी योञ्जनको छ।

बयान अनुसार शिशिरका बुबाको दुई वर्षअघि मिर्गौला 'फेल' भएर नियमित डायलाइसिसमा थिए। मिर्गौला प्रत्यारोपणका लागि उनले आफ्नो परिवारका सबैको जाँच गराए पनि कसैको रक्त समूह मिलेको थिएन। यही क्रममा उनको फुपुको छोरा संजिव घिसिङ मिर्गौला दान गर्न तयार भए। शिशिरको बुवासँग मामा नाता पर्ने सञ्जीवले मिर्गौला दिने भएपछि स्थानीय तहबाट सिफारिस समेत गरेर कागजपत्र मिलाइयो।

यो पनि पढ्नुहोस्

निदान मिर्गौला तस्करी प्रकरण : उच्च अदालत पुग्यो मुद्दा

त्यसपछि अस्पतालमा चेकजाँचका लागि शिशिरले उनलाई काठमाडौं बोलाउन खोजे। तर उनी सम्पर्कमै आएनन्। घिसिङ सम्पर्कमा नआएपछि अस्पतालका कर्मचारीले मिर्गौला दान गर्ने व्यक्तिको सोधखोज गरे। त्यही दिन केही समयपछि राजु नाम गरेको व्यक्ति आएर उनलाई सोधे, 'के भयो बुबाको?'

उनले मिर्गौला दिने व्यक्ति सम्पर्कमै नआएको बताए। 

त्यसपछि राजुले उनलाई भने, 'तपाईंले चिन्ता लिनुपर्दैन। मिर्गौलाका लागि अस्पतालभित्र हुने सेटिङ म मिलाउँछु। यसका लागि २०\२५ लाख रुपैयाँ लाग्न सक्छ।'

आफूसँग राजु नामको व्यक्तिले भित्रको काम अस्पतालका डा श्रेष्ठ, कानुनी सल्लाहकार भट्टराई र सिइओ प्रधानले मिलाउने र बाहिर आफूले मिलाउने बताएको समेत उनले उल्लेख गरेका छन्। त्यसपछि कानुनी सल्लाहकार भट्टराईले पनि आफूलाई 'सबै मिलाउने' भन्दै पीर नगर्न भनेको शिशिरको बयान छ।

त्यही सेटिङका लागि आफूले राजुलाई पाँच लाख रुपैयाँ दिएको र अस्पतालमा उपचारका लागि ११ लाख रुपैयाँ बुझाएको बयान उनले दिएका छन्। 

nimb
nimb

अदालतले योञ्जनलाई अस्पतालका कानुनी सल्लाहकार कुमुदलाई मिर्गौला प्रत्यारोपण गर्न लाग्ने खर्च बाहेक ५ लाख रुपैयाँ लाग्छ भनेपछि पटक-पटक गरी ४ लाख पचास हजार दिएको उनका बुबा शंकरलाल लामा योञ्जनले दिएको बयानबारे पनि सोधेको थियो।

उक्त प्रश्नको जवाफमा शिशिर सागरले भनेका छन्, ‘खोई बिरामी बुबाले के भन्नुभयो मलाई थाहा भएन। राजु भन्ने व्यक्तिले २०/२५ लाख लाग्छ भनेपछि हस्पिटल र राजुलाई गरेर मैले विभिन्न समयमा सो रकम दिएको हो। अस्पतालमा मात्र ११ लाख र औषधि र विभिन्न खर्च शीर्षकका लागि भनेर धेरै रकम मैले बुझाएको हो। बुझाएकोमध्ये अरु रकम के कसरी उनीहरुले लिए मलाई थाहा भएन। राजुले  मात्र मसँग भित्र मिलाउनुपर्छ भनेर  छुट्टै पाँच लाख रुपैयाँ लिएका थिए।’

निदान अस्पतालमा डा पुकार चन्द्र श्रेष्ठको समूहले नाता नपर्ने व्यक्तिलाई भान्जा बनाएर मिर्गौला  प्रत्यारोपण गरेको आरोप लगाइएको थियो। उनको २०७६ साउन २४ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला झिकिएका व्यक्तिले आफूलाई प्रलोभनमा पारेर तस्करी गरेको भन्दै  प्रहरीमा उजुरी गरेपछि सोधखोज भएको थियो। त्यस क्रममा कानुनमा तोकिएको निश्चित नाता समूहभित्रको व्यक्तिको मिर्गौला मात्रै  प्रत्यारोपण गर्न पाइनेमा अर्कैको गरिएको भेटिएको थियो। 

यो पनि पढ्नुहोस्

निदान अस्पताल मिर्गौला ‘तस्करी काण्ड’ : कमजोर मुद्दा लगाउने प्रहरीको तयारीसोमबार, कात्तिक १८, २०७६

आफूलाई तीन लाख रुपैयाँ दिने लोभमा उक्त मिर्गौला झिकिएको उजुरीकर्ताले बताएका छन्। राजु नामका व्यक्ति आफूले एक गलैंचा कारखानामा चिनेको र उनले नै मिर्गौला प्रत्यारोपित शंकरलाल योञ्जनका छोरा शिशिरलाई भेटाएको र अस्पतालसम्म पुर्या्एको उल्लेख गरेका छन्। उनले शिशिरले आफूलाई भेटेर कसैले सोध्दा नाम सञ्जीव बताउने र आफ्नो मामा नाता पर्नेलाई मिर्गौला दिन लागेको भन्नुपर्ने समेत बयान दिएका छन्।

मिर्गौला दाता भनेर अस्पतालमा कागजात सञ्जीवको थियो। मिर्गौला दान गर्न भनेर पैसा दिने प्रलोभनमा ल्याइएका ती व्यक्ति भर्ना भएका थिए। त्यस क्रममा अस्पतालकै एक कर्मचारीले कागजातमा भएको तस्बिर र व्यक्तिको अनुहार नमिलेको बताए। तर अस्पताल त्यसको जाँचमा लागेन। सञ्जीवको तस्बिर झिकेर आफ्नो तस्बिर उक्त कागजातमा टाँसिएको बयान पीडितले दिएका छन्। 

उनको बयान छ,  'प्रत्यारोपणको अघिल्लो दिन २०७६ साउन २३ गते मलाई राखिएको वार्डभन्दा अर्को भवनमा मेरो फोटो र सञ्जीवको फोटो फरक परेको र म सञ्जीव नभएको चर्चा चल्यो। त्यसपछि मलाई त्यहाँ लिएर सञ्जीवको तस्बिर निकालेर मेरो टाँसियो र ल्याप्चे लगाउन लगाएर मलाई फेरि पुरानै वार्डमा फर्काइयो।'

शिशिरले अदालतलाई दिएको बयानका विषयमा डा पुकारचन्द्र श्रेष्ठसँग प्रश्न गर्दा उनले यस विषयमा आफूलाई केही थाहा नभएको जवाफ दिए। उनले भने, 'अदालतमा कसले के बयान दियो भन्ने विषयमा मलाई केही जानकारी छैन, यसमा मेरो संलग्नता पनि छैन।'

यो पनि पढ्नुहोस्

EXCLUSIVE : मिर्गौला प्रत्यारोपण प्रकरण- यस्तो छ 'नक्कली भान्जा', आमा र विष्णुगोपालसँगको भिडियो बयान

प्रत्यारोपण गर्नुभन्दा अघिल्लो दिन अस्पतालकै एक नर्सले पनि फारममा मिर्गौला दिन आएका दाताको तस्बिर नमिलेपछि प्रश्न गरेकी थिइन्। मिर्गौला दिन तयार भएर भर्ना हुन आएका बिरामी दुब्लो/पातलो तर फारममा भएको तस्बिर मोटो मान्छेको जस्तो लागेपछि अस्पतालकी ती नर्सले गलत तस्बिर टाँसिएको आशंका गरेकी थिइन्।

ती नर्सले कानुनी प्रक्रिया पुगे/नपुगेको होइन, ल्याबका रिपोर्ट जाँच्ने क्रममा दाताको तस्बिर नमिलेको पाएकी थिइन्। उनले प्रश्न गर्नुको आसय थियो, ‘कहिलेकाहीँ ल्याबमा तस्बिर टाँस्दा यताउता पर्न सक्छ। सकेसम्म सही तस्बिर नै डकुमेन्टमा रहोस्।’ प्रत्यारोपण भएको २ दिन अघिसम्म कागजातमा उल्लेख भएको तस्बिर मिर्गौला प्रत्यारोपी शंकर लामा योन्जनका ‘सक्कली भान्जा’ भनिएका सञ्जीव घिसिङकै रहेको बुझिएको छ। तर ल्याब रिपोर्ट भने दलालले ल्याएका व्यक्तिको थियो।

पुरानो तस्बिर हटाउँदै नयाँ टाँसेर तत्कालका लागि कागजात मिलाइयो। तर त्यही पुरानो तस्बिर उप्काएर नयाँ टाँस्नु मिर्गौला तस्करी भएको निर्क्यौलमा पुग्नका लागि महत्वपूर्ण प्रमाण बन्यो। अस्पतालमा मिर्गौला प्रत्यारोपणका क्रममा गडबड भएको सूचना सञ्चार माध्यम हुँदै प्रहरीसम्म पुग्यो। प्रहरीले घटनाका पीडितको उजुरीका आधारमा अनुसन्धान अघि बढायो। उक्त घटनामा गडबड भएको निर्क्योलमा पुगेपछि प्रहरीले अस्पतालका सिइओ विपेन्द्र प्रधान, अस्पतालका कानुन अधिकृत कुमुदकुमार भट्टराई, डा राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालीन शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो।

यसरी 'सेटिङ'मा मिर्गौला प्रत्यारोपण गरिएको भन्दै जिल्ला अदालत ललितपुरमा मुद्दा परेको थियो। मिर्गौला किनबेच गरी प्रत्यारोपण गराएको भन्दै प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले अस्पतालका सिइओ प्रधान, कानुनी सल्लाहकार भट्टराई, डा राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा योञ्जन र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत आलेलाई २०७६ असोज २९ गते  पक्राउ गरेको थियो। 

यो पनि पढ्नुहोस्

नक्कली भान्जा बनाई मिर्गौला तस्करी, निदानले लियो ११ लाख, दातालाई ३ लाख

उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार एवं मानव अंग मिर्गौला तस्करीको अभियोगमा अदालतमा मुद्दा परेको थियो। जिल्ला अदालत ललितपुरले कात्तिक २७ गते उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसपछि उनीहरु आफूलाई थुनामा पठाउने निर्णय विरुद्ध उच्च अदालत पाटन गएका थिए। 

उच्च अदालत पाटनले निदान अस्पतालका डा राजेश पन्त र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आलेलाई भने साधारण तारेखमा र सिइओ प्रधानलाई पाँच लाख, कानुन व्यवसायी भट्टराईलाई ९ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना पौडेल
पौडेल स्वास्थ्य बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
कोरोनाको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो स्वास्थ्य मन्त्रालयको प्रस्ताव
कहिले आउँछ कोभिड खोप? सरकारलाई नै थाहा छैन
ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन मुस्ताङका स्वास्थ्यकर्मीले उठाएको त्यो जोखिम
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्