काठमाडौं– आइसीसी एक दिवसीय विश्वकप लिग दुई अन्तर्गत यूएईसँग नेपाल पाँच विकेटले पराजित भएको छ ।
नेपालले दिएको २ सय ३४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा यूएईले ४३ दशमलव ३ ओभरमा २३७ रन बनाउँदै जित हात पारेको हो । नेपालका कप्तान रोहित कुमार पौडेलले शतक लगाए पनि पर्याप्त भएन ।
आक्रामक सुरुवात पाएको यूएईसामु नेपालका कुनै पनि बलरले रन रोक्न सकेनन् । र लगातार दोस्रो हार नेपालले भोग्यो ।
यूएईका लागि आर्यन शर्माले ९८ बलमा ९८ रन बनाए । यस्तै २६ बलमा अलिशान शराफूले ४५ रन, मोहम्मद वासिम २६, राहुल चोपरा १५, ध्रुब परासर १६, सर्सित कौसिक १३ र जाहिद अलीले ११ रन बनाए ।
नेपालका लागि बलिङ तर्फ सन्दीप लामिछानेले २, करण केसी दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । आजको जितसँगै अंकतालिकामा यूएई ८ अंकसहित अन्तिम स्थानमा छ । यस्तै १८ खेलमा पाँच जित र दुई अंक बाड्दै १२ अंकसहित नेपाल पनि यूएईभन्दा एक स्थान मात्र माथि छ ।
२२ खेलमा १६ जित्दै ३२ अंकका साथ अमेरिका शीर्षस्थानमा छ भने ३० अंकका साथ स्कटल्यान्ड दोस्रो, २८ अंकसहित नेदरल्यान्ड तेस्रो, २४ अंकसहित ओमान चौथो २१ अंकसहित क्यानडा पाँचौं र १९ अंकसहित नामिबिया छटौं स्थानमा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।