• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

EXCLUSIVE : मिर्गौला प्रत्यारोपण प्रकरण- यस्तो छ 'नक्कली भान्जा', आमा र विष्णुगोपालसँगको भिडियो बयान

नक्कली भान्जाकी आमाले रुँदै भनेकी थिइन्- दाइ बचाउन 'छोरा'लाई मिर्गौला दिन लगाएँ
64x64
नारायण अधिकारी आइतबार, साउन ४, २०७७  १८:२३
1140x725

काठमाडौं- नक्कली व्यक्ति खडा गरेर मिर्गौलाको 'अवैध' प्रत्यारोपण गरेको भन्दै प्रहरीले १२ जनाविरुद्ध अनुसन्धान गरिरहेको छ।

मानव बेचबिखन ब्यूरोले चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)का प्रमुख कार्यकारी अधिकृत डा सुप्रभात श्रेष्ठ, अस्पतालका डा बालकृष्ण कालाखेती, मेडिकल कलेजका कानुनी सल्लाहकार रमेश काफ्ले, जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृत रामचन्द्र ढकाललाई मिर्गौलाको 'अवैध' प्रत्यारोपणमा संलग्न रहेको आरोपमा असार २७ गते चितवनबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। 

सोही आरोपमा डा राकेशकुमार बर्मा, ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका अवकाशप्राप्त खरिदार नवराज केसी, भक्तपुर–६ की जमुना राजभण्डारी, भोजपुर घर भई भक्तपुर बस्ने रेश्मा राई, प्रहरीका असई भीमप्रसाद खनाल, सई योगेन्द्रराज थपलिया र जिल्ला प्रशासन कार्यालय ललितपुरका कार्यालय सहायक राजकुमार केसीविरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

पक्राउ परेकाहरूलाई 'नक्कली भान्जा खडा गरेर गैरकानुनी रूपमा भक्तपुरका ५३ वर्षीय विष्णुगोपाल बतासलाई मिर्गौला प्रत्यारोपण गराएको' आरोप लागेको छ। बतासका भान्जा रिजनवीर जोशीले मिर्गौला दिन तयार भएको भन्दै नाता प्रमाणितसमेत गराइएको थियो। तर त्यसबेला उनी अस्ट्रेलियामा थिए। ओखलढुंगाका एक व्यक्तिलाई नक्कली भान्जा अर्थात् रिजनवीर जोशी बनाउँदै उनीहरूले मिर्गौला प्रत्यारोपणका लागि कागजात बनाएर पेश गरेका थिए। उनीहरुले वास्तविक भान्जा रिजनवीरको फोटो उप्काएर त्यसठाउँमा ओखलढुंगाका ती व्यक्तिको फोटा टाँसी कागजी भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गराएको आरोपमा ब्यूरोले अनुसन्धान गरिरहेको छ। 

मिर्गौला प्रत्यारोपण गर्नुअघि जाँचबुझ गरिएका कागजात, सम्बन्धित व्यक्तिसँग सोधपुछ गरिएका घटनाहरूको भिडियो नेपाल लाइभले प्राप्त गरेको छ। नेपाल लाइभलाई प्राप्त भिडियोमा अंग प्रत्यारोपण स्वीकृत समितिले उनीहरुसँग सोधपुछ गरेको देखिन्छ। विष्णुगोपाल बतासले ओखलढुंगाका ती युवालाई आफ्नै भान्जा भएको बयान दिएका छन्।

अंग प्रत्यारोपण स्वीकृतिका पदाधिकारी र मिर्गौला लिनेवाला विष्णुगोपाल बतासबीचको संवाद यस्तो छ-

समिति पदाधिकारी : भान्जा (रिजनवीर जोशी)सँग किड्नी मिल्छ भनेर कति समय पहिला थाहा पाउनु भयो?
मिर्गौला दान लिने विष्णुगोपाल : पाँच/छ महिनाअघि थाहा पाएको।
समिति : यसमा लेनदेन केही छैन नि?
विष्णुगोपाल : छैन।

समितिले विष्णुगोपालका साख्खे भान्जा बनेर मिर्गौला दिन लागेका 'नक्कली भान्जा'सँग समेत सोधपुछ गरेको पाइएको छ।
समिति : तपाईको नाम के हो?
नक्कली भान्जा : रिजनवीर जोशी। (ओखलढुंगाका ती युवाले समितिलाई आफ्नो वास्तविक परिचय लुकाएर विष्णुगोपालको साख्खै भान्जाको परिचय दिए)

nimb
nimb
Ncell 2
Ncell 2

समिति : तपाईंले स्वेच्छाले मिर्गौला दिन लागेको हो?
नक्कली भान्जा : हो।
समिति : पारिवारिक 'इमोसनल ब्ल्याकमेलिङ' त गरेको छैन नि?
नक्कली भान्जा : छैन। 

'एउटा कमिटीमा बसिसकेपछि हामीले सबै कुरा बुझ्नुपर्छ, नभएपछि समस्या आउँछ। अंग प्रत्यारोपण सजिलो छैन, गाह्रो छ भन्ने थाहा छ कि छैन?,' समितिले भान्जा बनेर बयान दिइरहेका युवासँग सोधपुछ गरेको थियो।

अहिलेसम्म त केही समस्या परेको छैन। तपाईंहरु मिलेर बस्नुभएको छ। भोलि केही खटपट आएर मलाई झुक्याएर/फकाएर मिर्गौला प्रत्यारोपण गरिएको हो भन्दै कानुनी झैझगडा हुनसक्छ भन्ने तपाईंहरूले सोच्नु भएको छ/छैन?,' समितिले नक्कली भान्जालाई बनेर उत्तर दिइरहेका ती युवालाई सोधेको थियो।

उनले कपाल कन्याउँदै भनेका थिए, 'छैन।'

समिति : तिम्रो बाआमा खोई? अझै आइपुग्नुभा छैन?
नक्कली भान्जा : अर्को कारमा आउँछन्।
समिति : मामाको दिदीबहिनी कति जना छन्?
नक्कली भान्जा : दुई वटा।
समिति : नाम के हो? 
नक्कली भान्जा : मामाघर त्यति गइँदैन नाम त मलाई थाहा छैन। म अलि ठूलो भएपछि इन्डिया गइहालेँ।
समिति : के गर्छौ तिमी?
नक्कली भान्जा : म त्यतिकै। पहिला स्कुल पढेँ साँगामा। 
समिति : कति पढ्यौं?
नक्कली भान्जा : एसएलसी फेल। त्यसपछि इन्डिया गएँ।
समिति : इन्डिया कोसँग कहाँ गयौं?
नक्कली भान्जा : इन्डिया जयपुरमा होटलमा काम गरेँ।

होटलको नाम के? होटलको म्यानेजरको नामलगायत प्रश्न पनि समितिले सोधेर उनको यर्थाथता जाँच्न खोजेको देखिन्छ। सोही क्रममा समितिले उनी अस्पताल पुग्नुको कारणबारे सोधेको देखिन्छ। 

समिति : पहिला तपाईं यहाँ केका लागि आउनु भएको?
नककली भान्जा : मामालाई भेट्न।
समिति : तपाईं त बिहे नगरेको मान्छे मिर्गौला दिन लाग्नु भएको छ। कति वर्षको हुनुभयो? 
नक्कली भान्जा : २५ वर्षको भएँ।
समिति : किड्नी दिन लागेको कुरा बाबुआमालाई थाहा छ/छैन?
नक्कली भान्जा : थाहा छ। 
समिति : ममीबुवा आउनु भएको छ?
नक्कली भान्जा : ममी आउनु भएको छ। ड्याडी पसलमा हुनुहुन्छ।

त्यसपछि नक्कली भान्जाले मोबाइलबाट आफ्नै आमा भन्दै गीतादेवीलाई फोन गरेर सोध्छन्, ‘ममी, ड्याडी आउँछ/आउँदैन?’ समितिलाई विश्वासमा पार्न उनीहरुकै अगाडि नक्कली भान्जाले आफ्नै आमा जसरी गीतादेवीलाई फोन गरेका थिए। जसकारण पनि उनीहरूले समितिलाई थप विश्वासमा पारेको देखिन्छ। 

समिति : नागरिकता ल्याउनु भएको छ?
नक्कली भान्जा : ममीले ल्याउँदै हुनुहुन्छ।
समिति : सिफारिस, नाता प्रमाणित गरेको छ?
नक्कली भान्जा : सबै गरेको छ।
समिति : पैसाको लेनदेन गरेर पनि मिर्गौला दिने भन्ने कुरा मिडियामा आउँछन्, त्यस्तो होइन नि?
नक्कली भान्जा : मामासँग त्यस्तो हुँदैन।
समिति : बाबुआमालगायत अरु कसैले फकाएर दिन त लागेको होइन नि?
नक्कली भान्जा : होइन।
समिति : तिम्रो हेल्थलाई नराम्रो गर्छ कि गर्दैन भन्ने थाहा छैन? कसैसँग सोधेको छ/छैन?
नक्कली भान्जा : सोधेको केही हुँदैन भन्नुभयो। 
समिति : कति सालमा एसएलसी दिएको? 
नक्कली भान्जा : २०६९ सालमा। त्यसपछि इन्डियामा ३ वर्ष बसेँ। नेपाल आएर ममीसँग केही समय बसेँ। त्यसपछि पोखरा गएँ। अहिले पसलमा सघाइरहेको छु।

सक्कली भान्जा बनेर बयान दिएका नक्कली भान्जा (ओखलढुंगाका युवा)ले समितिलाई विश्वासमा पारिसकेका थिए। त्यही अनुसारको कागजात पनि तयार गरिएको थियो। त्यसपछि भान्जाका आमासँग पनि समितिले सोधपुछ गरेको भिडियोमा देखिन्छ।

नक्कली भान्जाको आमा बनेकी गीतादेवी मिर्गौला प्रत्यारोपण गर्नुपर्ने विष्णुगोपालकी साख्य बहिनी हुन्। उनीसँग पनि समितिले सोधपुछ गरेको छ।

गीतादेवी समितिको कोठामा प्रवेश गर्नेबित्तिकै आँसु पुच्छ्दै रुन थाल्छिन्।

'रुन पर्ने कारण छैन नरुनू' भन्दै समितिका सदस्यले गीतादेवीलाई सम्झाएको भिडियोमा प्रष्टै देखिन्छ। गीतादेवी रोएर समितिलाई प्रभावमा पारेर विश्वास दिलाउन खोज्छिन्।

समितिका एक सदस्यले भन्छन्, ‘केही चिजहरु कानूनी हिसाबले सोध्नुपर्ने भएकाले सोध्न लागेका हौं।’

मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा सुप्रभातले सोध्छ्न्- तपाईंको छोराले कति पढेको छ?
गीतादेवी : एसएलसी फेल।
समिति : किन पढेन त्यसपछि? इन्डिया गयो रे भन्छ त?
गीतादेवी : हो।
समिति : किन गयो त इन्डिया?
गीतादेवी : नपढेर गयो।
समिति : कति भयो फर्केर आएको?
गीतादेवी : दुई वर्ष भयो पसलमै बस्छ।
समिति : के पसल छ?
गीतादेवी : इलेक्ट्रिक पसल छ। 

समितिले गीतादेवी र नक्कली भान्जा अर्थात् गीतादेवीको नक्कली छोरा बनेका रिजनवीरसँगको कुरा दाँज्दै प्रश्नहरु सोधे। उनीहरुले दिएको जवाफको मेल खाइरह्यो।

समिति : मिर्गौला दिएपछि बच्चालाई के इफेक्ट पर्छ भन्ने तपाईंहरुलाई थाहा छैन?
गीतादेवी : थाहा छ। सबै जाँच पनि गरेको छ, राम्रै छ भनेको छ। त्यही भएर गर्न लागेको हो। अब दाईको लागि। (गीतादेवी फेरि रुन्छिन्। नरुनू भन्दै समितिका सदस्यहरु सम्झाउँछन्।)

समितिका सदस्यले तपाईंको माइती कहाँ रे भनेर सोध्छन् उनी रोएरै बस्छिन्।

समिति : तपाईंहरूले तयार गर्नुपर्ने काजगपत्रहरू लिएर आउनु भएको छ/छैन?
गीतादेवी : सबै ल्याएको छु।
समिति : नागरिकताहरू पनि सबै ल्याउनु भएको छ?
गीतादेवी : ल्याएको छ। 

(त्यसपछि आवश्यक कागजपत्रको जाँच हुन्छ। गीतादेवी फेरि आँसु बगाउँछिन्।) 

समितिका अर्का सदस्य : चिनेजानेको र मानवीय कुरा एकातिर छ। कानुनी प्रक्रिया अर्कातिर छ यो अंगदान गर्ने कुरामा। कमिसन समिसनको कुरा भा'छ/छैन?
गीतादेवी : छैन। आफ्नै दाइ हो।
समिति : हाम्रो सोध्ने कर्तव्य हो। सोध्नु त पर्‍यो नि!

त्यसपछि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने व्यक्ति विष्णुगोपालकी श्रीमती सुशीला मुनकर्मीको प्रवेश हुन्छ। उनी खासै नबोली बस्छिन्। समितिले कागजात जाँच गर्छ।

समितिले शंका लागेको भन्दै मिर्गौला दिने व्यक्तिको नागरिकता र नाता प्रमाणितको कागजात जारी गर्ने सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालय ललितपुर र ललितपुर महानगरपालिका वडा नम्बर ३ मा पठाउँछ।

वडा र जिल्ला प्रशासनबाट अस्पतालमा पेस भएका कागजात ठिक भनेपछि मिर्गौला प्रत्यारोपणको काम भएको देखिन्छ। तर प्रहरीले अस्पतालकै मिलेमतोमा मिर्गौलाको अवैध प्रत्यारोपण गरेको आरोपमा अनुसन्धान अघि बढाएको छ। 

यो पनि पढ्नुहोस्

मिर्गौला प्रत्यारोपण : नक्कली कागजात प्रमाणित गर्ने वडा कार्यालय, कारबाही चाहिँ अस्पताललाई?सोमबार, असार २९, २०७७

प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  १८:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी बुधबार, भदौ १०, २०८३
त्रिशूलीमा बाढीको जोखिम बढेपछि देउवाको अपिल, ‘समयमै सुरक्षित रहनुहोस्’ बुधबार, भदौ १०, २०८३
भोटेकोशी बाढी: त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो बुधबार, भदौ १०, २०८३
रसुवा बाढीमा गगनको अपिल : सरकारलाई पूर्ण सहयोग गर्छौँ, उद्धारमा जुटौँ बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्