• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मिर्गौला प्रत्यारोपण : नक्कली कागजात प्रमाणित गर्ने वडा कार्यालय, कारबाही चाहिँ अस्पताललाई?

64x64
नारायण अधिकारी सोमबार, असार २९, २०७७  २२:५०
1140x725

काठमाडौं- चितवनको कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज)मा भएको एक वर्ष पुरानो मिर्गौला प्रत्यारोणको घटनामा प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले १२ जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

प्रहरीले सार्वजनिक गरेको पक्राउको सूचीअनुसार मेडिकल कलेजका प्रमुख सञ्चालक अधिकृत डा. सुप्रभात श्रेष्ठ, अस्पतालका डा. बालकृष्ण कालाखेती, मेडिकल कलेजका कानुनी सल्लाहकार रमेश काफ्ले, जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृत रामचन्द्र ढकाल, काठमाडौंको नोबेल अस्पतालका डा. राकेशकुमार बर्मा छन्। यसैगरी, ललितपुर महानगरपालिका-३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका अवकाशप्राप्त खरिदार नवराज केसी, भक्तपुर-६ की जमुना राजभण्डारी, भोजपुर घर भई भक्तपुर बस्ने रेश्मा राई, असई भीमप्रसाद खनाल, सई योगेन्द्रराज थपलिया र जिल्ला प्रशासन कार्यालय ललितपुरका कार्यालय सहायक राजकुमार केसी छन्। 

के थियो घटना?
भक्तपुरका ५३ वर्षीय विष्णुगोपाल बतासको मिर्गौलाले काम गर्न छाडेकाले फेर्नुपर्ने थियो। भक्तपुरै बस्ने बतासकी बहिनी जमुना राजभण्डारीले चिनेजानेकै साथी भक्तपुर नै बस्ने रेश्मा राईलाई दाईको अवस्थाबारे बताएकी थिइन्। 

राजभण्डारीका दाजुको अवस्थाबारे कुरा सुनेपछि रेश्मा निलम्बित सई योजेन्द्रराज थपलियाको सम्पर्कमा पुगेकी थिइन्। थपलिया यसअघि पनि मिर्गौला तस्करी काण्डमा पक्राउ परेर निलम्बित भएका सई हुन्। रेश्मा र थपलियासँगै अर्का प्रहरी (असई) भीमप्रसाद खनाल पनि सँगै जोडिए। खनाल प्रहरी अस्पतालमा कार्यरत थिए। दुवै प्रहरीले यसअघि नै मिर्गौलासमेत प्रत्यारोपण गरिसकेका छन्। उनीहरु ओखढुंगाका एक युवकको सम्पर्कमा पुगे। ती युवकलाई फकाएर केही पैसा दिने बताए। युवक पनि राजी भए। 

त्यसपछि दुई प्रहरी, रेश्मा र राजभण्डारीकै योजनामा बतासका भान्जा रिजनवीर जोशीले मिर्गौला दिन तयार भएको भन्दै मामाभान्जाको नाता प्रमाणित कागजात बनाउने योजना बन्यो। उक्त कागजात बनिसकेपछि भान्जाको फोटा उप्काएर त्यो ठाउँमा तीनै ओखलढुंगाका युवकको फोटा टाँसेर पेस गर्ने र मिर्गौला प्रत्यारोपण गर्ने। यही योजनाअनुसार उनीहरूले कागजात बनाए। पछि वास्तविक भान्जाको फोटो उप्काएर नक्कली भान्जाको फोटा टाँस गरी प्रत्यारोपण गरेको पाइएको ब्यूरोका प्रमुख एसएसपी देबहादुर बोहराले बताए।

मिर्गौला लिएका बतासका भान्जाको बसोबास ललितपुर महानगरपालिका-३ भएकाले त्यही वडाबाट नाता प्रमाणित कागजात तयार पारियो। नोबेल अस्पतालका डा राकेशकुमार बर्माले पुरानो मेडिकल कलेजमा प्रत्यारोण गर्दा राम्रो हुने सुझाएकाले उक्त मेडिकल कलेजमा प्रत्यारोपण गरेको पाइएको प्रहरीको अनुसन्धान छ। 

नक्कली भान्जा खडा गर्ने दुई प्रहरी र रेश्माले १० लाख लिएका थिए भने त्यही रकमबाट २ लाख मिर्गौला दिने ओखलढुंगाका ती युवकले पाएको बताइएको छ। प्रहरीले बताएअनुसार मिर्गौला प्रत्यारोपणका क्रममा भएका घटना यही हो। यस घटनामा प्रत्यारोपण गरेको अस्पतालले अवैध मिर्गौला प्रत्यारोणका लागि भनेर कुनै कमिसन लिएको देखिएको छैन। कसरी अस्पताले यो प्रकरणमा जोडियो? यो प्रश्न भने पेचिलो बनेको छ।

किन छानबिनमा तानियो अस्पताल?
अवैध मिर्गौला प्रत्यारोण गरेको आरोपमा अस्पताल तानिनुको कारणबारे ब्यूरोले मिडियामा पठाएको प्रेस नोटको सुरुवातमै लेखिएको छ, ‘कलेज अफ मेडिकल साइन्सले समेत नक्कली कागजात खडागरी विदेशमा रहेका मानिसको विवरण प्रयोग गरी तेस्रो व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गरेको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

विज्ञप्तिमा लेखिएअनुसार विदेशमा रहेका व्यक्तिको नेपालमा नाता प्रमाणितको कागजात, त्यसपछि भान्जाको फोटो उप्काएर अर्का व्यक्तिलाई नक्कली भान्जा बनाउँदै टाँस गरिएको फोटोलगायत सम्पूर्ण नक्कली कागजात अस्पतालले नै खडा गरेको भन्ने बुझिन्छ। जबकी यी कागजात सम्बन्धित कार्यालय तथा वडा कार्यालयबाटै जारी भएको थियो।

प्रहरीले गम्भीर आरोप लगाएपनि यसमा कुन नक्कली कागजात अस्पतालले बनायो भन्नेबारे प्रहरी स्वयंले भन्न सकेको छैन। उक्त प्रेस नोटबारे कलेजका अतिरिक्त निर्देशक मनोहर प्रधान भन्छन्, ‘कुन नक्कली कागजात अस्पतालले खडा गर्‍यो? यस्तो गम्भीर आरोप लगाउन त्यसै पाइँदैन।’

मिर्गौला प्रत्यारोण गर्दा लाग्ने खर्चबाहेक १ रुपैयाँ पनि कमिसन नलिएको अस्पातलका डाक्टर र कानूनी सल्लाहकार यो घटनामा कसरी जोडिए? भन्ने प्रश्नमा ब्यूरोका डिएसपीले भने, ‘२०७२ सालपछि मिर्गौला प्रत्यारोपण नै नभएको अस्पतालमा एकाएक किन भयो? सबै प्रक्रिया पूरा भएपछि हस्पिटलाइज हुनुपर्नेमा पहिला नै किन हस्पिटलाइज गरियो? स्वीकृत समितिले निर्णय गरेकै भोलिपल्ट प्रत्यारोपण भएकाले अलि अनयुजल देखिन्छ। फोटोकपीको भरमा काम हुनु, काठमाडौंबाट प्रत्यारोपणका लागि चितवनसम्म पुग्नुले अस्पताल शंकाको घेरामा परेको हो।’अस्पताल जोडिएको मुख्य कारण प्रहरीले यीनै देखाएको छ। 

Xtrem

Xtrem

मिर्गौला प्रत्यारोण प्रक्रियामा सहभागी भएकालाई पक्राउ गर्नुको कारणबारे प्रहरीले भनेका तर्क हुन् यी। कानूनी रूपमा अस्पतालले गलत गर्‍यो, अस्पतालका डाक्टर अथवा कर्मचारी नक्कली मृगौला प्रत्यारोपणबारे अर्को व्यक्तिसँग यस्तो कुरा गरेका थिए, अथवा यति रकममा डिल भएर मिर्गौला प्रत्यारोपण भएको थियो भन्ने कुनै आधार अहिलेसम्म फेला पर्न सकेको छैन।

प्रहरीले अस्पताललाई लगाएको आरोपका बारेमा कलेजका अतिरिक्त निर्देशक प्रधानसँग सोधपुछ गरेका छौँ। नेपाल लाइभसँग कुरा गर्दै प्रधानले भने, ‘कुनै प्रहरी वा मृगौला तस्करसँग अस्पातलको कुनै सम्पर्क भएको छैन। चिनेको पनि छैन। डा. बर्मासँग कुरा भएको भए त्यो उहाँसँग छुट्टै कुरा हो।’

डा. बर्मा र मृगौला प्रत्यारोपण गर्नुपर्ने परिवारबीचमा कुरा भएको भए शंकाको घेरामा आउनु स्वभाविक हो।

प्रहरीले लगाएको अर्को आरोप हो, मृगौला प्रत्यारोपण स्वीकृत समितिले स्वीकृत नदिई किन अस्पताल भर्ना गरियो? 

यो प्रश्नबारे अस्पतालका प्रधान भन्छन्, ‘मिर्गौला प्रत्यारोण गर्नुपर्ने बिरामी नर्मल अवस्थामा हुँदैन। परिवार तथा आफन्तको भरमा हिँडडलु गर्नुपर्ने अवस्थाको हुन्छन्। बतासको हकमा उहाँ पहिला नै मृगौला प्रत्यारोण गर्नुपर्छ भनेर भनिनसकेको बिरामी हो। बिरामी अस्पताला उपचार गराउन ल्याएको बेलामा गर्दिनँ भन्न मिल्दैन। अर्को कुरा समितिले स्वीकृत नगरिकनै प्रत्यारोपण गरिएको छैन।

त्यसो त प्रहरीले राखेको यो तर्कलाई कानूनले समेत समेटेको देखिँदैन। मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५, अनुसार पनि समितिले स्वीकृत नगरेको अवस्थामा भने हुन नपाउने भनेर लखेको अवस्था छैन।

काठमाडौं उपत्यकाका मान्छे उपत्यकामै सुविधासम्पन्न अस्पताल हुँदाहुँदै किन भरततपुरसम्म पुगे भन्ने किन शंका गरिएन? भन्ने प्रश्न पनि सहज रुपमा उठ्छ नै। यो प्रश्न यसबेला अस्पतालले पनि प्रत्यारोपण गर्न गएकालाई सोधेको थियो। उनीहरुले सरकारी अस्पतालमा पालो नपाएको र निजी असाध्यै महँगो भएको बताएका थिए।

काठमाडौंका सरकारी अस्पतालहरुमा वीर, टिचिङ र भक्तपुर अस्पतालले मात्रै मिर्गौला प्रत्यारोपणको अनुमति पाएका छन्। मृगौला प्रत्यारोपण हुने राजधानीका अन्य अस्पताल निजी मात्र छन्।

यी सरकारी अस्पतालमा प्रत्यारोपणको पालो पाउन वर्ष दिनसम्म पनि कुर्नुपर्ने बाध्यता छ। सरकारीका तुलनामा निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न निकै महँगो छ। भरतपुर अस्पतालमा भने ९ लाखको प्याकेजमा प्रत्यारोपण हुन्छ। केही बिरामीको हकमा प्याकेजभन्दा औषधि चलाउनु पर्‍यो भने अलि बढी खर्च हुन सक्छ। बतासका हकमा १२ लाख रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ। 

नाता प्रमाणित र नागरिकताको फोटोकपीको मात्र भर पर्दा अस्पतालमा घटना हुन गएको आरोप प्रहरीले लगाएको छ। हुन पनि उनीहरुले नागरिकता र नाता प्रमाणित कागजातमा भएका सक्कली भान्जा रिजनवीर जोशीको फोटा उप्काएर नक्कली भान्जाको तस्बिर टाँसेका थिए। यसरी टाँसेपछि उक्त कागजातलाई फोटाकपी गरेर अस्पतालमा पेस गरिएको थियो। अस्पतालले यीनै फोटोकपीलाई मात्रै आधार मानेको हो त?

यो कुरा मान्न अस्पताल तयार छैन। ‘हामी कहाँ फोटोकपीमात्रै पेस भएको थियो। त्यसपछि हामीले सक्कल प्रति देखाउन लगायौं। सक्कल प्रतिमा पनि उही फोटो थियो। र पनि हामीलाई शंका लाग्यो। यी कागजात सत्य हुन् कि होइनन् भनेपछि प्रमाणीकरण गर्ने निकाय त जसले जारी गरेको त्यही हो,’ प्रधानले भने, ‘त्यसपछि हामीकहाँ पेश भएका 'सक्कल बमोजिम नक्कल ठिक छ भनी' हस्ताक्षर गरिएका नागरिकता र नाता प्रमाणितको फोटोकपीसहित अर्को एउटा चिठी लेखेर यसको वैधानिकता छ/छैन प्रमाणीकरण गरिपाउँ भनेर पठाएका थियौं। सम्बन्धित निकायले हामीले पेश गरेका कागजात यही निकायबाट जारी भएका हुन्, ठिक छ भनी पठाएको थियो।’

त्यसो त मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध तथा) ऐन २०५५ र मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध तथा) नियमावली २०७३ ले सक्कल प्रति नै अनिवार्य चाहिन्छ भनेर उल्लेख गरेको छैन।

मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध तथा) नियमावली २०७३ ले समन्वय समितिलाई पेस भएका कागजातमा शंका लागे आवश्यक जाँचबुझ गर्न सक्ने भनेर मात्रै लेखेको छ। जसअनुसार आवश्यक जाँचबुझकै लागि समितिले ती काजगात जारी गर्ने निकायमै पठाएको थियो।

कागजात मिलेकै भोलिपल्ट किन गर्नुपर्‍यो प्रत्यारोपण? जबकि मृगौला लिने र दिनेको विभिन्न स्वास्थ्य जाँच गर्न समय लाग्छ, खर्च पनि थुप्रै लाग्छ यस्तो अवस्था एकाएक कसरी सम्भव भयो भन्ने तर्क ब्यूराका अधिकारीको छ।

यसबारेमा प्रधानले नेपाल लाइभसँग भने, ‘प्रत्यारोपण गर्नका लागि रगतदेखि अन्य कुरा म्याचिङ गर्नुपर्ने हुन्छ। त्यो सबैका उनीहरुले पहिल्यै काठमाडौंमा म्याच गरेर आएको देखियो। त्यसका लागि अलग्गै समय लागेन। त्यो सुविधा बाहिरका अस्पतालमा पनि छैन। प्रत्यारोपणको मिति तय गरेपनि बिरामीको अवस्था जाँच गर्दा प्रतिकूल भएमा पनि मिति थपघट हुनसक्ने पनि छ। मिर्गौला लिने/दिने दुवै मन्जुर भएपछि र प्रत्यारोपण गर्ने बेला बिरामीको अवस्था अनुकूल भएपछि गर्ने हो। किन अहिले नै गर्नु परेको भन्ने कुरै हुँदैन।’

जाँचबुझ समितिले जाँचबुझ नै नगरी प्रत्यारोपणका लागि सिफारिस गरेको हो?
जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधि, अस्पतालका प्रशासन प्रमुख, कानुन अधिकृत र कार्यकारी निर्देशकले तोकेका एक चिकित्सक रहेको जाँबुझ समितिले स्वीकृत गरेपछि मात्रै मृगौला प्रत्यारोण गर्न सकिने कानुनी प्राधवान छ। अब प्रश्न उठ्छ जाँचबुझ समितिले जाँचबुझ नै नगरी प्रत्यारोपणका लागि सिफारिस गरेको हो? समितिले के के कुराको जाँच गर्‍यो त? यसबारे नेपाल लाइभले खोतल्ने प्रयास गरेको छ।

यसमा अंगदातासँग सोधपुछ तथा अन्तर्वातासमेत लिएको पाइएको छ। जसक्रममा अंग दिने व्यक्तिले आफू स्वयम् भान्जा भएको, आफ्नै स्वेच्छाले मिर्गौला दिन तयार भएको लिखत अन्तर्वाता दिएका थिए। सँगै समितिले उनीसँग २ घण्टाभन्दा लामो भडियो अन्तर्वार्तासमेत लिएको पाइएको छ। जस क्रममा पनि उनले आफू स्वयम् भान्जा भएको र आफ्नै खुसीले मिर्गौला दिन तयार भएको बताएका थिए। 

यतिमात्रै होइन, अंगदाताका बाबुआमा भनिएका व्यक्तिको नागरिकताको प्रतिलिपि समेत समितिले माग गरेको थियो भने उनीसँग समेत अन्तर्वाता लिएको पाइएको छ। अन्तर्वार्तामा समेत अंग दिन तयार भएको बताएका थिए। सो क्रममा उनीहरुको नाता समेत सोधपुछ गरिएको थियो। उनीहरुले समेत मिर्गौला दिने र लिनेबीच मामाभान्जा भएको बताएका थिए।

नाता प्रमाणितका लागि पठाएको कागजात, प्रमाणीकरण गर्न लागि तिरेको दस्तुर, स्थानीय निकायबाट प्रमाणित भई आएको प्रतिलिपि, जिल्ला प्रशासन कार्यालय ललितपुर नागरिकता शाखाबाट प्रमाणीकरण लेखी पठाएको पत्रको प्रतिलिपि र अभिलेख भिडाई छापसहितको प्रमाणितको प्रतिलिपि, प्रत्यारोपणका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरमा जानकारी गराइएको पत्रसम्म जाँचबुझ समितिले अध्ययन गरेको पाइएको छ।

प्रकाशित मिति: सोमबार, असार २९, २०७७  २२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको स्रोतले जनाएको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,... आइतबार, असोज ११, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
आज विदेशी मुद्राको विनिमय दर कति ? सोमबार, असोज १२, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धार तीव्र बनाउन रास्वपाको सरकारलाई आग्रह आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्