• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २, २०८२ Wed, Dec 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मिर्गौला प्रत्यारोपण : नक्कली कागजात प्रमाणित गर्ने वडा कार्यालय, कारबाही चाहिँ अस्पताललाई?

64x64
नारायण अधिकारी सोमबार, असार २९, २०७७  २२:५०
1140x725

काठमाडौं- चितवनको कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज)मा भएको एक वर्ष पुरानो मिर्गौला प्रत्यारोणको घटनामा प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले १२ जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

प्रहरीले सार्वजनिक गरेको पक्राउको सूचीअनुसार मेडिकल कलेजका प्रमुख सञ्चालक अधिकृत डा. सुप्रभात श्रेष्ठ, अस्पतालका डा. बालकृष्ण कालाखेती, मेडिकल कलेजका कानुनी सल्लाहकार रमेश काफ्ले, जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृत रामचन्द्र ढकाल, काठमाडौंको नोबेल अस्पतालका डा. राकेशकुमार बर्मा छन्। यसैगरी, ललितपुर महानगरपालिका-३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका अवकाशप्राप्त खरिदार नवराज केसी, भक्तपुर-६ की जमुना राजभण्डारी, भोजपुर घर भई भक्तपुर बस्ने रेश्मा राई, असई भीमप्रसाद खनाल, सई योगेन्द्रराज थपलिया र जिल्ला प्रशासन कार्यालय ललितपुरका कार्यालय सहायक राजकुमार केसी छन्। 

के थियो घटना?
भक्तपुरका ५३ वर्षीय विष्णुगोपाल बतासको मिर्गौलाले काम गर्न छाडेकाले फेर्नुपर्ने थियो। भक्तपुरै बस्ने बतासकी बहिनी जमुना राजभण्डारीले चिनेजानेकै साथी भक्तपुर नै बस्ने रेश्मा राईलाई दाईको अवस्थाबारे बताएकी थिइन्। 

राजभण्डारीका दाजुको अवस्थाबारे कुरा सुनेपछि रेश्मा निलम्बित सई योजेन्द्रराज थपलियाको सम्पर्कमा पुगेकी थिइन्। थपलिया यसअघि पनि मिर्गौला तस्करी काण्डमा पक्राउ परेर निलम्बित भएका सई हुन्। रेश्मा र थपलियासँगै अर्का प्रहरी (असई) भीमप्रसाद खनाल पनि सँगै जोडिए। खनाल प्रहरी अस्पतालमा कार्यरत थिए। दुवै प्रहरीले यसअघि नै मिर्गौलासमेत प्रत्यारोपण गरिसकेका छन्। उनीहरु ओखढुंगाका एक युवकको सम्पर्कमा पुगे। ती युवकलाई फकाएर केही पैसा दिने बताए। युवक पनि राजी भए। 

त्यसपछि दुई प्रहरी, रेश्मा र राजभण्डारीकै योजनामा बतासका भान्जा रिजनवीर जोशीले मिर्गौला दिन तयार भएको भन्दै मामाभान्जाको नाता प्रमाणित कागजात बनाउने योजना बन्यो। उक्त कागजात बनिसकेपछि भान्जाको फोटा उप्काएर त्यो ठाउँमा तीनै ओखलढुंगाका युवकको फोटा टाँसेर पेस गर्ने र मिर्गौला प्रत्यारोपण गर्ने। यही योजनाअनुसार उनीहरूले कागजात बनाए। पछि वास्तविक भान्जाको फोटो उप्काएर नक्कली भान्जाको फोटा टाँस गरी प्रत्यारोपण गरेको पाइएको ब्यूरोका प्रमुख एसएसपी देबहादुर बोहराले बताए।

मिर्गौला लिएका बतासका भान्जाको बसोबास ललितपुर महानगरपालिका-३ भएकाले त्यही वडाबाट नाता प्रमाणित कागजात तयार पारियो। नोबेल अस्पतालका डा राकेशकुमार बर्माले पुरानो मेडिकल कलेजमा प्रत्यारोण गर्दा राम्रो हुने सुझाएकाले उक्त मेडिकल कलेजमा प्रत्यारोपण गरेको पाइएको प्रहरीको अनुसन्धान छ। 

नक्कली भान्जा खडा गर्ने दुई प्रहरी र रेश्माले १० लाख लिएका थिए भने त्यही रकमबाट २ लाख मिर्गौला दिने ओखलढुंगाका ती युवकले पाएको बताइएको छ। प्रहरीले बताएअनुसार मिर्गौला प्रत्यारोपणका क्रममा भएका घटना यही हो। यस घटनामा प्रत्यारोपण गरेको अस्पतालले अवैध मिर्गौला प्रत्यारोणका लागि भनेर कुनै कमिसन लिएको देखिएको छैन। कसरी अस्पताले यो प्रकरणमा जोडियो? यो प्रश्न भने पेचिलो बनेको छ।

किन छानबिनमा तानियो अस्पताल?
अवैध मिर्गौला प्रत्यारोण गरेको आरोपमा अस्पताल तानिनुको कारणबारे ब्यूरोले मिडियामा पठाएको प्रेस नोटको सुरुवातमै लेखिएको छ, ‘कलेज अफ मेडिकल साइन्सले समेत नक्कली कागजात खडागरी विदेशमा रहेका मानिसको विवरण प्रयोग गरी तेस्रो व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गरेको छ।’

Ncell 2
Ncell 2

विज्ञप्तिमा लेखिएअनुसार विदेशमा रहेका व्यक्तिको नेपालमा नाता प्रमाणितको कागजात, त्यसपछि भान्जाको फोटो उप्काएर अर्का व्यक्तिलाई नक्कली भान्जा बनाउँदै टाँस गरिएको फोटोलगायत सम्पूर्ण नक्कली कागजात अस्पतालले नै खडा गरेको भन्ने बुझिन्छ। जबकी यी कागजात सम्बन्धित कार्यालय तथा वडा कार्यालयबाटै जारी भएको थियो।

प्रहरीले गम्भीर आरोप लगाएपनि यसमा कुन नक्कली कागजात अस्पतालले बनायो भन्नेबारे प्रहरी स्वयंले भन्न सकेको छैन। उक्त प्रेस नोटबारे कलेजका अतिरिक्त निर्देशक मनोहर प्रधान भन्छन्, ‘कुन नक्कली कागजात अस्पतालले खडा गर्‍यो? यस्तो गम्भीर आरोप लगाउन त्यसै पाइँदैन।’

मिर्गौला प्रत्यारोण गर्दा लाग्ने खर्चबाहेक १ रुपैयाँ पनि कमिसन नलिएको अस्पातलका डाक्टर र कानूनी सल्लाहकार यो घटनामा कसरी जोडिए? भन्ने प्रश्नमा ब्यूरोका डिएसपीले भने, ‘२०७२ सालपछि मिर्गौला प्रत्यारोपण नै नभएको अस्पतालमा एकाएक किन भयो? सबै प्रक्रिया पूरा भएपछि हस्पिटलाइज हुनुपर्नेमा पहिला नै किन हस्पिटलाइज गरियो? स्वीकृत समितिले निर्णय गरेकै भोलिपल्ट प्रत्यारोपण भएकाले अलि अनयुजल देखिन्छ। फोटोकपीको भरमा काम हुनु, काठमाडौंबाट प्रत्यारोपणका लागि चितवनसम्म पुग्नुले अस्पताल शंकाको घेरामा परेको हो।’अस्पताल जोडिएको मुख्य कारण प्रहरीले यीनै देखाएको छ। 

मिर्गौला प्रत्यारोण प्रक्रियामा सहभागी भएकालाई पक्राउ गर्नुको कारणबारे प्रहरीले भनेका तर्क हुन् यी। कानूनी रूपमा अस्पतालले गलत गर्‍यो, अस्पतालका डाक्टर अथवा कर्मचारी नक्कली मृगौला प्रत्यारोपणबारे अर्को व्यक्तिसँग यस्तो कुरा गरेका थिए, अथवा यति रकममा डिल भएर मिर्गौला प्रत्यारोपण भएको थियो भन्ने कुनै आधार अहिलेसम्म फेला पर्न सकेको छैन।

प्रहरीले अस्पताललाई लगाएको आरोपका बारेमा कलेजका अतिरिक्त निर्देशक प्रधानसँग सोधपुछ गरेका छौँ। नेपाल लाइभसँग कुरा गर्दै प्रधानले भने, ‘कुनै प्रहरी वा मृगौला तस्करसँग अस्पातलको कुनै सम्पर्क भएको छैन। चिनेको पनि छैन। डा. बर्मासँग कुरा भएको भए त्यो उहाँसँग छुट्टै कुरा हो।’

डा. बर्मा र मृगौला प्रत्यारोपण गर्नुपर्ने परिवारबीचमा कुरा भएको भए शंकाको घेरामा आउनु स्वभाविक हो।

प्रहरीले लगाएको अर्को आरोप हो, मृगौला प्रत्यारोपण स्वीकृत समितिले स्वीकृत नदिई किन अस्पताल भर्ना गरियो? 

यो प्रश्नबारे अस्पतालका प्रधान भन्छन्, ‘मिर्गौला प्रत्यारोण गर्नुपर्ने बिरामी नर्मल अवस्थामा हुँदैन। परिवार तथा आफन्तको भरमा हिँडडलु गर्नुपर्ने अवस्थाको हुन्छन्। बतासको हकमा उहाँ पहिला नै मृगौला प्रत्यारोण गर्नुपर्छ भनेर भनिनसकेको बिरामी हो। बिरामी अस्पताला उपचार गराउन ल्याएको बेलामा गर्दिनँ भन्न मिल्दैन। अर्को कुरा समितिले स्वीकृत नगरिकनै प्रत्यारोपण गरिएको छैन।

त्यसो त प्रहरीले राखेको यो तर्कलाई कानूनले समेत समेटेको देखिँदैन। मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५, अनुसार पनि समितिले स्वीकृत नगरेको अवस्थामा भने हुन नपाउने भनेर लखेको अवस्था छैन।

काठमाडौं उपत्यकाका मान्छे उपत्यकामै सुविधासम्पन्न अस्पताल हुँदाहुँदै किन भरततपुरसम्म पुगे भन्ने किन शंका गरिएन? भन्ने प्रश्न पनि सहज रुपमा उठ्छ नै। यो प्रश्न यसबेला अस्पतालले पनि प्रत्यारोपण गर्न गएकालाई सोधेको थियो। उनीहरुले सरकारी अस्पतालमा पालो नपाएको र निजी असाध्यै महँगो भएको बताएका थिए।

काठमाडौंका सरकारी अस्पतालहरुमा वीर, टिचिङ र भक्तपुर अस्पतालले मात्रै मिर्गौला प्रत्यारोपणको अनुमति पाएका छन्। मृगौला प्रत्यारोपण हुने राजधानीका अन्य अस्पताल निजी मात्र छन्।

यी सरकारी अस्पतालमा प्रत्यारोपणको पालो पाउन वर्ष दिनसम्म पनि कुर्नुपर्ने बाध्यता छ। सरकारीका तुलनामा निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न निकै महँगो छ। भरतपुर अस्पतालमा भने ९ लाखको प्याकेजमा प्रत्यारोपण हुन्छ। केही बिरामीको हकमा प्याकेजभन्दा औषधि चलाउनु पर्‍यो भने अलि बढी खर्च हुन सक्छ। बतासका हकमा १२ लाख रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ। 

नाता प्रमाणित र नागरिकताको फोटोकपीको मात्र भर पर्दा अस्पतालमा घटना हुन गएको आरोप प्रहरीले लगाएको छ। हुन पनि उनीहरुले नागरिकता र नाता प्रमाणित कागजातमा भएका सक्कली भान्जा रिजनवीर जोशीको फोटा उप्काएर नक्कली भान्जाको तस्बिर टाँसेका थिए। यसरी टाँसेपछि उक्त कागजातलाई फोटाकपी गरेर अस्पतालमा पेस गरिएको थियो। अस्पतालले यीनै फोटोकपीलाई मात्रै आधार मानेको हो त?

यो कुरा मान्न अस्पताल तयार छैन। ‘हामी कहाँ फोटोकपीमात्रै पेस भएको थियो। त्यसपछि हामीले सक्कल प्रति देखाउन लगायौं। सक्कल प्रतिमा पनि उही फोटो थियो। र पनि हामीलाई शंका लाग्यो। यी कागजात सत्य हुन् कि होइनन् भनेपछि प्रमाणीकरण गर्ने निकाय त जसले जारी गरेको त्यही हो,’ प्रधानले भने, ‘त्यसपछि हामीकहाँ पेश भएका 'सक्कल बमोजिम नक्कल ठिक छ भनी' हस्ताक्षर गरिएका नागरिकता र नाता प्रमाणितको फोटोकपीसहित अर्को एउटा चिठी लेखेर यसको वैधानिकता छ/छैन प्रमाणीकरण गरिपाउँ भनेर पठाएका थियौं। सम्बन्धित निकायले हामीले पेश गरेका कागजात यही निकायबाट जारी भएका हुन्, ठिक छ भनी पठाएको थियो।’

त्यसो त मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध तथा) ऐन २०५५ र मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध तथा) नियमावली २०७३ ले सक्कल प्रति नै अनिवार्य चाहिन्छ भनेर उल्लेख गरेको छैन।

मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध तथा) नियमावली २०७३ ले समन्वय समितिलाई पेस भएका कागजातमा शंका लागे आवश्यक जाँचबुझ गर्न सक्ने भनेर मात्रै लेखेको छ। जसअनुसार आवश्यक जाँचबुझकै लागि समितिले ती काजगात जारी गर्ने निकायमै पठाएको थियो।

कागजात मिलेकै भोलिपल्ट किन गर्नुपर्‍यो प्रत्यारोपण? जबकि मृगौला लिने र दिनेको विभिन्न स्वास्थ्य जाँच गर्न समय लाग्छ, खर्च पनि थुप्रै लाग्छ यस्तो अवस्था एकाएक कसरी सम्भव भयो भन्ने तर्क ब्यूराका अधिकारीको छ।

यसबारेमा प्रधानले नेपाल लाइभसँग भने, ‘प्रत्यारोपण गर्नका लागि रगतदेखि अन्य कुरा म्याचिङ गर्नुपर्ने हुन्छ। त्यो सबैका उनीहरुले पहिल्यै काठमाडौंमा म्याच गरेर आएको देखियो। त्यसका लागि अलग्गै समय लागेन। त्यो सुविधा बाहिरका अस्पतालमा पनि छैन। प्रत्यारोपणको मिति तय गरेपनि बिरामीको अवस्था जाँच गर्दा प्रतिकूल भएमा पनि मिति थपघट हुनसक्ने पनि छ। मिर्गौला लिने/दिने दुवै मन्जुर भएपछि र प्रत्यारोपण गर्ने बेला बिरामीको अवस्था अनुकूल भएपछि गर्ने हो। किन अहिले नै गर्नु परेको भन्ने कुरै हुँदैन।’

जाँचबुझ समितिले जाँचबुझ नै नगरी प्रत्यारोपणका लागि सिफारिस गरेको हो?
जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधि, अस्पतालका प्रशासन प्रमुख, कानुन अधिकृत र कार्यकारी निर्देशकले तोकेका एक चिकित्सक रहेको जाँबुझ समितिले स्वीकृत गरेपछि मात्रै मृगौला प्रत्यारोण गर्न सकिने कानुनी प्राधवान छ। अब प्रश्न उठ्छ जाँचबुझ समितिले जाँचबुझ नै नगरी प्रत्यारोपणका लागि सिफारिस गरेको हो? समितिले के के कुराको जाँच गर्‍यो त? यसबारे नेपाल लाइभले खोतल्ने प्रयास गरेको छ।

यसमा अंगदातासँग सोधपुछ तथा अन्तर्वातासमेत लिएको पाइएको छ। जसक्रममा अंग दिने व्यक्तिले आफू स्वयम् भान्जा भएको, आफ्नै स्वेच्छाले मिर्गौला दिन तयार भएको लिखत अन्तर्वाता दिएका थिए। सँगै समितिले उनीसँग २ घण्टाभन्दा लामो भडियो अन्तर्वार्तासमेत लिएको पाइएको छ। जस क्रममा पनि उनले आफू स्वयम् भान्जा भएको र आफ्नै खुसीले मिर्गौला दिन तयार भएको बताएका थिए। 

यतिमात्रै होइन, अंगदाताका बाबुआमा भनिएका व्यक्तिको नागरिकताको प्रतिलिपि समेत समितिले माग गरेको थियो भने उनीसँग समेत अन्तर्वाता लिएको पाइएको छ। अन्तर्वार्तामा समेत अंग दिन तयार भएको बताएका थिए। सो क्रममा उनीहरुको नाता समेत सोधपुछ गरिएको थियो। उनीहरुले समेत मिर्गौला दिने र लिनेबीच मामाभान्जा भएको बताएका थिए।

नाता प्रमाणितका लागि पठाएको कागजात, प्रमाणीकरण गर्न लागि तिरेको दस्तुर, स्थानीय निकायबाट प्रमाणित भई आएको प्रतिलिपि, जिल्ला प्रशासन कार्यालय ललितपुर नागरिकता शाखाबाट प्रमाणीकरण लेखी पठाएको पत्रको प्रतिलिपि र अभिलेख भिडाई छापसहितको प्रमाणितको प्रतिलिपि, प्रत्यारोपणका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरमा जानकारी गराइएको पत्रसम्म जाँचबुझ समितिले अध्ययन गरेको पाइएको छ।

प्रकाशित मिति: सोमबार, असार २९, २०७७  २२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
पहिचान र पासवर्ड दुरुपयोग गरी राष्ट्रिय परिचयपत्र स्वीकृत गराउने दुई युवा पक्राउ गलत मनसायले विभिन्न व्यक्तिहरूको विवरण हेरफेर गर्दै राष्ट्रिय परिचयपत्र स्वीकृत गराउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ... आइतबार, मंसिर २८, २०८२
कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लिएर विशेष अदालत गएको अख्तियारले चालिसेविरुद्ध करिब ३ करोड ६८ लाख ४७ बिगो दाबीसमेत गरिएको विशेष... आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशन उदघाटनस्थलमा कडाइ– बम डिटेक्टर उपकरण र तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन महाधवेशनस्थलसँगै सहभागी नेता, कार्यकर्ता, समर्थकको सुरक्षाका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली बिहानैबाट परिचालन भएको छ। शनिबार, मंसिर २७, २०८२
ताजा समाचारसबै
सुनको मूल्य सामान्य बढ्यो बुधबार, पुस २, २०८२
‘टनकपुर ब्यारेजबाट नेपालतर्फ पानी छाड्न भारतसँग समन्वय भइरहेको छ’ : ऊर्जा मन्त्री घिसिङ बुधबार, पुस २, २०८२
नागढुंगा–मलेखु सडक आजबाट खुला बुधबार, पुस २, २०८२
एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु बुधबार, पुस २, २०८२
भिरबाट लडेर वृद्धाको मृत्यु बुधबार, पुस २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली प्यानलबाट रघुजी पन्त उपाध्यक्षका उम्मेदवार मंगलबार, पुस १, २०८२
ओलीको समूहमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा मंगलबार, पुस १, २०८२
ओलीको साथ छोड्दै ईश्वर प्यानलको सचिवमा समेटिए अग्नि खरेल मंगलबार, पुस १, २०८२
एमाले महाधिवेशन : मतदान बुधबार बिहान ८ बजेदेखि मंगलबार, पुस १, २०८२
हर्क साम्पाङको पार्टीका उपाध्यक्ष पक्राउ, बबरमहल विस्फोटको घटनामा बसिसकेका थिए जेल मंगलबार, पुस १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्