काठमाडौँ – बीपी राजमार्गमा रातको समयमा सवारी चलाउन रोक लगाइएको छ।
बिहीवार काभ्रेपलाञ्चोक र सिन्धुली जिल्ला प्रशासनले छुट्टाछुट्टै सूचना जारी गर्दै रातमा सवारी चलाउन रोक लगाएको जानकारी गराएका हुन्।
काभ्रेपलाञ्चोक प्रशासनका अनुसार वर्षात् र बाढीपहिरोबाट यात्रु र सवारीसाधनमा हुने जोखिम हुन नदिन आज बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म बीपी राजमार्गको काभ्रे भञ्ज्याङदेखि सिन्धुली खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
यसैगरी काभ्रे जिल्ला प्रशासनले आज र भोलि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको खुर्कोटबजार, सिन्धुलीबाट काठमाडौँतर्फ जाने सवारीसाधन आवागमनमा निषेध गरिएको जनाएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ। शनिबार बिहानदेखि मात्र मौसम सुधार आउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।