• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

निदान अस्पताल मिर्गौला ‘तस्करी काण्ड’ : कमजोर मुद्दा लगाउने प्रहरीको तयारी

प्रत्यारोपण गर्ने बेला डा पुकारले कुरा गरेको अडियोमा के छ?
64x64
नेपाल लाइभ सोमबार, कात्तिक १८, २०७६  १८:५१
1140x725

काठमाडौं- मानव बेचबिखन अनुसन्धान ब्युरोले मिर्गौला तस्करी काण्डमा संलग्न भएको आरोपमा पुल्चोकस्थित निदान अस्पतालका चिकित्सकसहित ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। २० दिन लामो अनुसन्धान गरेको मानव बेचबिखन ब्युरोले अनुसन्धानबाट नयाँनयाँ तथ्यसमेत खुल्न थालेको प्रहरीले दाबी गरेको छ।

प्रहरीले गत असोज २९ गते मिर्गौला तस्करी काण्डमा संलग्न भएको आरोपमा निदान अस्पतालका सिइओ विपेन्द्र प्रधान, अस्पतालका कानून अधिकृत कुदुमकुमार भट्टराई, डा राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालीन शाखा अधिकृत रामचन्द्र आले र मिगौला प्रत्यारोपण गरिएका व्यक्ति रामेछाप दोरम्बा-३ का शंकर लामा योञ्जनमाथिको अनुसन्धान टुंग्याएको छ। 

घटनाको अनुसन्धान गरेका ब्युरोका डिएसपी राजकुमार सिलवालले अनुसन्धान सकिएको र मंगलबारसम्ममा सरकारी वकिलको कार्यालयमा फाइल पेस गरिने बताए। यो बीचमा केही नयाँ तथ्यहरु फेला परेका छन्।

कीर्ते फोटामा ४ वटा औंठा छाप
शंकर लामा योञ्जनको शरीरमा मिर्गौला प्रत्यारोपण गर्नका लागि उनकै भान्जा सञ्जीव घिसिङ मिर्गौला दिन तयार भएको भन्दै गत असार २० गते दोरम्बा गाउँपालिकाबाट मामा-भान्जाको नाता प्रमाणित गरिएको थियो।

उक्त नाता प्रमाणित गरिएको प्रमाणपत्रप्रति नै शंका उत्पन्न भएको छ। यसबारे भान्जा भनिएका सञ्जीवलाई प्रहरीले बयानका लागि बोलाए पनि उनी उपस्थित भएनन्। प्रहरीले उनको खोजी जारी राखे पनि अहिलेसम्म उनी फेला पर्न सकेका छैनन्। यसबाट उक्त नाता प्रमाणित कागजात नै शंकाको घेरामा रहेको प्रहरी अनुसन्धानले देखाएको छ।

‘उनी भान्जा नै हुन्थे र साँच्चिकै नाता प्रमाणित भएको हो भने भन्न सक्नु पर्थ्यो,’ ब्युरोका डिएसपी सिलवाल भन्छन्, ‘भान्जा भनिएका व्यक्ति नै फरार भएपछि नाता प्रमाणित गरिएका कागजातमाथि नै शंका गर्ने ठाउँ छ।’

अर्कोतर्फ उक्त नाता प्रमाणित गरिएको प्रमाणपत्रमा फोटो टाँस भएको ठाउँमा ४ वटा औठा छाप भएको पाइएको छ। उक्त औंठा छापा सञ्जीवको हो/होइन भन्ने पनि उनी फरार भएकाले पुष्टि हुन सकेको छैन। अर्कैको फोटो उप्काएर काभ्रेका ३६ वर्षीय मनोज लामा (नाम परिवर्तन)को फोटो टाँस गरेर उनकै मिर्गौला झिकेर शंकरको शरीरमा प्रत्यारोपण गरिएको थियो।

आफ्नो फोटो टाँस भएपछि मनोज लामाले औंठा छाप लगाएको बताएका छन्। अघिल्लो पटकका दुईवटा र पछिल्लो दुईवटा गरेर ४ वटा औंठा छाप देखिएको प्रहरीले जनाएको छ। उक्त औंठा छाप फरेन्सिक जाँचका लागि पठाइए पछि रिपोर्ट आइनसकेको प्रहरीले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

मोबाइल पनि फरेन्सिक जाँचका लागि विधि विज्ञानमा
प्रहरीले अस्पतालका अन्य कर्मचारी, पीडित व्यक्तिलगायत सँग बयान लिइसकेको छ भने पक्राउ परेकाहरुको मोबाइल बरामद गरेर अनुसन्धानसमेत अघि बढाएको छ। यसबीचमा पक्राउ परेका व्यक्तिहरुले मिर्गौला प्रत्यारोण गरेका डा पुकार श्रेष्ठसँग कुरा गरेको अडियो रेकर्डसमेत प्राप्त गरेको थियो। यसबारे जानकारी दिँदै ब्युरोका एसपी गोविन्द थपलियाले भने, ‘डा पुकारसँग कुरा गरेको अडियो फेला पर्‍यो। तर मिर्गौला तस्करीबारे कुरा गरेको पाइएन।’

उनीहरुको बीचको कुराकानी मिर्गौला तस्करीबारे नभएको प्रहरीले दाबी गरेको छ। यद्यपि, सो के कुरा भएको थियो भन्नेबारे प्रहरीले खुलाएको छैन।

उनीहरुको मोबाइल फरेन्सिक जाँचका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको भए पनि त्यसको रिपोर्ट आइनसकेकाले केही भन्न नमिल्ने प्रहरीले जनाएको छ।

डा. पुकारलाई जोगाउने पक्राउ परेकाको बयान
पक्राउ परेका व्यक्तिले पनि मिर्गौला तस्करी डा. पुकारलाई कुनै जानकारी नभएको दाबी गरेका छन्। उनीहरुले प्रहरी समक्षको बयानमा भनेका छन्, 'उहाँलाई केही थाहा छैन। हामीले सबै ठिक छ भनेपछि उहाँले अप्रेसन गर्ने हो।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर मिर्गौला दिने व्यक्ति अर्कै भएको भन्दै १ दिन पहिला नै अस्पतालमा कुरा उठेको थियो। अस्पताल स्रोतका अनुसार यस विषयमा डा पुकार समेत जानकार थिए। तर पक्राउ परेका व्यक्तिहरुले भने यो कुरा स्वीरकार गर्न तयार छैनन्। पक्राउ परेका जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालीन शाखा अधिकृत रामचन्द्र आलेले भने यस विषयमा आफूलाई कुनै जानकार नै नभएको बयान दिएका छन्। 

उनले प्रहरीको बयानमा भनेका छन्, 'सधैंजस्तो कागजात मिलाएर ल्याउनु हुन्थ्यो। ठिकै होला भनेर राम्रोसँग नहेरी हस्ताक्षर गरेको थिएँ।’ उनले हस्ताक्षर हुनु नै ठूलो प्रमाण भएको एसपी थपलिया बताउँछन्।

कमजोर मुद्दा लगाउने प्रहरी तयारी
गत असोज २९ गते पक्राउ परेका निदानका सिइओसहित ५ जनाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मलेनमा प्रहरीले उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसारको कसुरमा अनुसन्धान गरेर कारबाही गरिने जनाएको थियो।

पछि ब्युरोले पठाएको प्रेस विज्ञप्तिमा पनि सोही कुरा उल्लेख थियो। तर प्रहरी स्वयम् अहिले भने कमजोर मुद्दा लगाउन रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गर्ने तयारीमा छ। प्रहरीले सुरुका दिनमा मानव बेचबिखन तथा असोरपसार नियन्त्रण ऐनको कसुर लगाएर म्याद थप गरेको थियो। 

पक्राउ परेका सबैजसो मिर्गौला तस्करी भएको कुरालाई उन्मुक्ति नपाउने बुझेकाले उनीहरुले यो मुद्दा मानव बेचबिखन नभई मानव शरीरको अंग प्रत्यारोपण नियमित तथा निषेध ऐन २०५५ अनुसार भएको जिकिर गरेका थिए। यस ऐन अनुसार मुद्दा चलेमा उनीहरुलाई बढीमा ५ वर्ष कैद तथा ५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। जसकारण उनीहरु ५ लाख रुपैयाँ धरौटीमै रिहा पनि हुन सक्ने अवस्था आउन सक्ने देखिन्छ।

तर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मानिसको कुनै अंग झिक्नेलाई १० वर्ष कैद तथा २ देखि ५ लाखसम्म जरिवाना हुने व्यवस्था छ। स्रोतका अनुसार उनीहरुले प्रहरीले कमजोर मुद्दा मानव शरीरको अंग प्रत्यारोपण नियमित तथा निषेध ऐन २०५५ अनुसारको कसुरमा मुद्दा दर्ता गर्न सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन पेस गर्ने तयारी रहेको बुझिएको छ।

भान्जादेखि फुपु र दलालसम्म अझै फरार
मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति शंकरलालका छोरा पक्राउ परेको अवस्थामा मिर्गौला तस्करीका सम्पूर्ण पाटा खुल्ने प्रहरीका अधिकारी स्वयमले बताउँदै आएका छन्। तर सम्पूर्ण पाटा खुल्ने ती व्यक्ति शंकरलालका छोरा भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। यसबारे ब्युरोका डिएसपी सिलवाल भन्छन्, 'खोजी जारी छ। तर अहिलेसम्म फेला पार्न सकिएन।’

सबैले शंकरलालकै छोरालाई दोष देखाएर उन्मुक्ति खोज्न लागेका उनी स्वयम् पक्राउ नपरेकै कारण मुद्दा कमजोर बन्ने देखिन्छ। मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति शंकरलालले सबै कुरा छोरालाई थाहा भएको बयान दिनु, पक्राउ परेका अन्य व्यक्तिले भने फोटो उनैले साटेको भन्ने आरोप लगाएर उन्मुक्ति लिन खोजेका छन्। तर उनी नै पक्राउ नपरेकाले मुद्दा कमजोर बन्ने देखिन्छ।

त्यस्तै दलाल भनिएका अर्का व्यक्ति, भान्जा भनेर सुरुमा फोटो टाँस गरिएका भनिएका सञ्जीव, उनका फुपु पनि फरार छन्। उनीहरुको खोजी जारी राख्दै फाइल पेस गर्ने तयारीमा प्रहरीको ब्युरो छ।

र यो पनिः
डा पुकार श्रेष्ठबाट 'विशेष नियुक्ति' पाएका कानुनी सल्लाहकार भट्टराई, जसले तस्बिर हेरफेरलाई सघाए

निदान अस्पताल मिर्गौला ‘तस्करी काण्ड’ : प्रहरीलाई संगठित तस्करीका संकेत

मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सिइओ र डाक्टरसहित ५ जना पक्राउ

प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६  १८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने
फूलपाती भित्र्याइँदै
सम्बन्धित सामग्री
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान गुरुङले एआई, डिजिटल फरेन्सिक, साइबर अपराध, वित्तीय अपराध अनुसन्धान तथा डीएनए फरेन्सिकजस्ता क्षेत्रमा प्रहरीको दक्षता बढाउनुपर्ने बता... शुक्रबार, असोज ३०, २०८३
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
फूलपाती भित्र्याइँदै शनिबार, असोज ३१, २०८३
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल शनिबार, असोज ३१, २०८३
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्