• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

निदान अस्पताल मिर्गौला ‘तस्करी काण्ड’ : प्रहरीलाई संगठित तस्करीका संकेत

अनुसन्धानले उब्जायो यस्ता प्रश्न
64x64
नेपाल लाइभ मंगलबार, कात्तिक ५, २०७६  १७:२४
1140x725

‍काठमाडौं- मानव अंग बेचबिखन रोक्न कानूनले मिर्गौला लेनदेनका लागि निश्चित पारिवारिक नाता तोकिदिएको छ। नाताभित्रको भए/नभएको यकिन गर्न अस्पतालले तोकेको व्यक्ति संयोजक रहने गरी ‘प्रत्यारोपण स्वीकृति समिति गठन’ गर्ने प्रावधान छ। समितिको मुख्य काम सम्भावित मिर्गौला तस्करी रोक्नु हो। 

सरकारले अस्पताल रअस्पतालका कर्मचारीमाथि गरेको यही भरोसाको दुरुपयोग भयो ललितपुरस्थित निदान अस्पतालमा। आपसी मिलेमतोमा मिर्गौला किनबेच गरेर प्रत्यारोपण गरिएको पाइएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ। स्थानीय निकायले भान्जा भनी नाता प्रमाणित गरेका सञ्जीव घिसिङको ठाउँमा अर्कै व्यक्तिको मिर्गौला झिकेर रामेछाप दोरम्बा–३ का शंकर लामा योञ्जनलाई प्रत्यारोपण गरिएको भन्दै प्रहरीले अनुसन्धान थालेको हो।

मिर्गौला तस्करीमा मिलेमतो गरेको आरोपमा अस्पतालका सिइओ विपेन्द्र प्रधान, अस्पतालका कानून अधिकृत कुदुमकुमार भट्टराई, डाक्टर राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालीन शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूसँग प्रहरीले बयान लिइरहेको जानकारी दिएको छ।

अस्पतालमा मिर्गौला तस्करी जस्तो गम्भीर घटना सतहमा आएपछि यसबारे हामीले सोधखोज सुरु गरेका थियौं। मिर्गौला तस्करी गरेर प्रत्यारोपण गरिएको यो पहिलो घटना होइन भन्ने संकेत चाहिँ प्रहरीले प्राप्त गरेको छ। संकेत केलाउँदै प्रहरीले केही प्रश्नहरूको जवाफ खोजिरहेको छ। जवाफ मिलेसँगै अस्पतालका उच्च पदस्थ व्यक्ति र बाहिर रहेको गिरोहसमेत पक्राउ पर्न सक्ने अनुमान गरिएको छ। 

मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी गोविन्द थपलिया भन्छन्, 'मानिस भेरिफाइ गर्ने क्रममा शंका उठिसकेपछि 'यही नै हो' भनी फोटो परिवर्तन गरिएको देखिन्छ। यसले एकातिर प्रशासनको संलग्नता र लापरबाही देखाउँछ भने अर्कातिर यो सामान्य कुरा हो। यसअघि पनि यस्ता घटना हुने गरका थिए भन्ने मानसिकता दर्शाउँछ।'

तस्बिर परिवर्तन गरेर नक्कली भान्जालाई ल्याप्चे लगाउन लगाए।

प्रहरीले अनुसन्धानको मियोका रुपमा केही प्रश्नलाई लिएको छ। यीमध्ये पहिलो हो, विवाद उत्पन्न भइसकेको घटनालाई  छानबिन गर्नुको सट्टा भोलिपल्टै प्रत्यारोपण किन गरियो? दोस्रो महत्वपूर्ण सवाल छ– फारममा उल्लेखित व्यक्ति मिर्गौला दिन तयार भएको व्यक्ति नभएको थाहा हुँदाहुँदै तस्बिर अदलबदल गर्न सक्ने हिम्मत समितिका सदस्यलाई कहाँबाट मिल्यो? 

जाँच्ने समितिको बैठकमै नक्कली भान्जाको तस्बिर टाँस
प्रहरीले बरामद गरेका कागजातमा पहिले पेस गरिएको सक्कली भान्जाको तस्बिर हटाएर नक्कलीको टाँसिएको देखिन्छ। पहिलेको तस्बिरमा गरिएको हस्ताक्षरको आधा भागले त्यसको पुष्टि गरेको प्रहरीले जनाएको छ। ‘यसरी नयाँ तस्बिर नटाँसिएको भए पत्ता लगाउन मुस्किल पर्ने रहेछ,’ मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी गोविन्द थपलिया भन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

तस्करी गरिएको मिर्गौला प्रत्यारोण गर्नुभन्दा एक दिन मात्र अघि प्रत्यारोपण स्वीकृति समितिको बैठक बसेको थियो। उक्त बैठकमा प्रत्यारोपित व्यक्ति शंकर लामा योञ्जनका भान्जा भनिएका मिर्गौलादाताको अनुहारसँग फारममा भएको तस्बिर मेल खाएन।

समितिको बैठकमा उपस्थित अस्पतालकी एक नर्सले तस्बिर र दाताको अनुहार नमिलेपछि प्रश्न गरिन्, ‘व्यक्ति फरक पर्‍यो कि?’

उनको प्रश्न गम्भीर थियो। प्रत्यारोपितका आफन्तले ‘दुब्लाएर फरक देखिएको’ जिकिर गरे। समितिका सदस्यले उनको कुरालाई गम्भीर रुपमा लिएनन्। बरु आफन्तकै शंकास्पद उत्तरमा सहमति जनाएर तस्बिर परिवर्तन गरेर नक्कली भान्जालाई ल्याप्चे लगाउन लगाए। अस्पताल स्रोतका अनुसार आफ्नो प्रश्नको चित्तबुझ्दो उत्तर नपाएकी ती नर्स ‘खै के, खै के’ भन्दै असन्तुष्टिसहित निस्किइन्।

विवाद हुँदाहुँदै मिर्गौला प्रत्यारोपण गरिनुमा समितिका सदस्यका साथै अरु ‘ठूला व्यक्ति’को समेत संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ।

गडबडी भएको विषयमा अस्पतालका केही जिम्मेवार व्यक्तिलाई समेत उनले बताएकी थिइन्। अस्पताल स्रोतका अनुसार उक्त अस्पतालमा समेत प्रत्यारोपणको नेतृत्वकर्ता डा पुकार श्रेष्ठले पनि यस विषयमा जानकारी  पाएका थिए। तर प्रत्यारोपण रोकेर छानबिन गर्न उनले चासो देखाएनन्। स्वीकृति समितिले नाता प्रमाणित जाँच गर्ने भएकाले यस्ता घटनामा सामान्यतया उपचारमा संलग्न चिकित्सकलाई दोषी ठहर्‍याइँदैन। तर, बैठकमा विवाद हुँदाहुँदै पनि प्रत्यारोपण हुनुलाई प्रहरीले फरक रुपमा बुझेको छ। नेपालमा संगठित रुपमा मानव अंग बेचबिखन भइरहेको आशंकामा अनुसन्धानको दायरा फराकिलो बनाउँदै लगेको ब्युरोका एसपी अनुपम राणा बताउँछन्।

बैठकमा आपत्ति जनाउने नर्सको पहिचान गरी नेपाल प्रहरीले बयान लिइसकेको छ। अस्पताल स्रोतका अनुसार ईन्चार्ज तहकी ती नर्सले उठाएको प्रश्न सही हो।  

अहिले प्रत्यक्ष संलग्नता देखिएकाहरू पक्राउ गरेर शंकास्पदमाथि अनुसन्धान गरिरहेको एसपी गोविन्द थपलिया बताउँछन्। उनी भन्छन्, ‘नेपालमा मानव अंग तस्करी भइरहेको विषयमा पहिलेदेखि नै सुनिदै आएको हो। अहिले प्रमाणसहित एउटा केस प्राप्त भएको छ। हामी विस्तृत अनुसन्धान गर्दैछौं।’

विवाद हुँदाहुँदै मिर्गौला प्रत्यारोपण गरिनुमा समितिका सदस्यका साथै अरु ‘ठूला व्यक्ति’को समेत संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ। गिरोह नै सक्रिय रहेको हुन सक्ने भएकाले अनुसन्धानलाई सुक्ष्म रूपमा अघि बढाइएको एसपी राणा बताउँछन्।

एकाएक नक्कली भान्जा तयार
रामेछाप दोरम्बा–३ का शंकर लामा योन्जनका दुबै मिर्गौला फेल भए। मिर्गौला फेल भएपछि उनी ललितपुरस्थित निदान अस्पतालमा उपचारत थिए।

उनलाई मिर्गौला आवश्यक रहेको भन्दै भान्जा सञ्जीव घिसिङ मिर्गौला दिन तयार भएको भन्दै गत असार २० गते दोरम्बा गाउँपालिकाबाट मामा-भान्जाको नाता प्रमाणित गरिएको थियो। 

मिर्गौला दलालको नाम केदार भएको नक्कली भान्जाले प्रहरीलाई बताएका छन्। तर उनको थर पत्ता लागेको छैन।

तर पछि निदान अस्पतालमा रहेको प्रत्यारोपण स्वीकृति समितिले ती सक्कली भान्जाको तस्बिर हटाएर अर्कैको तस्बिर टाँस्यो। अनि प्रत्यारोपणका लागि अनुमति पनि दियो। उक्त समितिले वैधानिकता दिएपछि सञ्जीव घिसिङका ठाउँमा नक्कली भान्जा बनेका काभ्रेका ३६ वर्षीय मनोज लामा (नाम परिवर्तन)ले मिर्गौला दिए।

अकस्मात रत्नपार्कको भेटले गुम्यो मिर्गौला 
मिर्गौला तस्करीमा संलग्न भएको आरोप लागेका एक व्यक्ति (दलाल) अझसम्म फरार छन्। उनको वास्तविक नाम र ठेगानासमेत प्रहरीलाई जानकारी नभएको बताइएको छ। पीडित भनिएका व्यक्तिले दिएको हुलियाका आधारमा प्रहरीले उनलाई खोजी गरिरहेको छ।

मिर्गौला दलालको नाम केदार भएको नक्कली भान्जाले प्रहरीलाई बताएका छन्। तर उनको थर पत्ता लागेको छैन। उनी सामान्य कलाकार भएको सूचनासम्म प्रहरीले पाएको छ। 

उनै दलालले लामालाई शंकर योन्जन लामाको सम्पर्कमा पुर्‍याएका थिए।

मिर्गौला दलाल केदार र पीडित भनिएका मनोजबीच गाडीमा काम गर्दा ७/८ वर्ष पहिला सामान्य चिनजान भएको थियो। उनले आफ्नो नाम केदार भएको बताएका थिए। त्यसबेला मनोज गाडीमा सहचालकको काम गर्थे। 

उनको गरिबीको बाध्यताको फाइदा उठाएर प्रलोभनमा पारी मिर्गौला बेच्न बाध्य पारिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

वर्षौं पहिले सामान्य चिनजान भएका केदारसँग मनोजको केही समय अघि मात्र रत्नपार्कमा भेट भएको थियो। यसबारे जानकारी दिँदै ब्युरोका एसपी राणा भन्छन्, ‘मनोज पैसाका खाँचोले आक्रान्त रहेछन्। त्यही मौकामा उनले मिर्गौला दिँदा केही नहुने र राम्रो पैसा मिलाइदिने भनेर केदारले मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिका छोरा शंकरलाई भेटाइदिएको पाइएको छ।’

उनको गरिबीको बाध्यताको फाइदा उठाएर प्रलोभनमा पारी मिर्गौला बेच्न बाध्य पारिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पेट चिरिएर घर पुगेपछि मात्रै श्रीमतीलाई जानकारी
मिर्गौला दिने पीडित भनिएका काभ्रेका ३६ वर्षीय मनोज लामा (नाम परिवर्तन)को सम्पर्कमा प्रहरी पुगेपछि लामाले उजुरी दिएका थिए। लामालाई मानव बेचबिखन ब्युरोको टोलीले भक्तपुरको एक गल्लीको घरमा रहेको कुना कोठाबाट उद्धार गरेको थियो। ‘एकदमै चिसो कोठामा स्वास्थ्य अवस्था नाजुकै बन्दै गएको अवस्थामा पीडितलाई हामीले उद्धार गरेका थियौं,’ ब्युरोका एसपी अनुपम राणाले भने।

मादक पदार्थका अम्मली लामाले रक्सी पनि सेवन गर्न थालेकाले उनको अवस्था दयनीय बन्दै गएको थियो। '‘कोठाबाट बाहिर ननिस्कनू, प्रहरीले खोजिरहेको छ। तिमीलाई पनि समातेर थुन्न सक्छ’ भनेर दलाल र मिर्गौला लिनेका परिवारले भनेका रहेछन्,’ डिएसपी राजकुमार सिलवालले भने, ‘हामीले उद्धार गरेर कुरा बुझाउन थालेपछि बल्ल उनी उजुरी दिन तयार भए।’ 

पीडितकी श्रीमती भन्छिन्- मलाई केही थाहा थिएन। पेट चिरेर बिरामी भएको अवस्थामा घरमा आएपछि मात्रै थाहा पाएकी हुँ।

पीडित भनिएका लामा गरिब परिवारका व्यक्ति हुन्। उनी पहिला सहचालकको रुपमा काम गर्थे। होटल र इँटाभट्टामा समेत काम गरेका उनी पछिल्लो समय गलैँचा कारखानामा काम गर्न थालेका थिए। गरिबीबाट आक्रान्त उनलाई फकाएर र आर्थिक प्रलोभनमा पारी मिर्गौला दिन तयार पारिएको पाइएको प्रहरीले बताएको छ।

शरीरको महत्वपूर्ण अंग नै बेच्न तयार भएका उनले यो कुराको कुनै सुइँको श्रीमतीलाई समेत दिएका थिएनन्। मिर्गौला निकालेको एक हप्तापछि बिरामी भएर घर पुग्दा मात्रै श्रीमतीले मिर्गौला निकालेर बेचेको चाल पाएकी थिइन्।

लामाकी श्रीमतीले भनेको कुरा उद्घृत गर्दै डिएसपी सिलवाल सुनाउँछन्, ‘मलाई केही थाहा थिएन। पेट चिरेर बिरामी भएको अवस्थामा घरमा आएपछि मात्रै थाहा पाएकी हुँ।’ 

पुण्य गरेको बताउने दलाल अझै फरार
मिर्गौला तस्करी मुख्य दलाल केदार अझसम्म फरार छन्। मिर्गौला मिलाइदिएबापत मोटो रकम लिएका उनलाई प्रहरीले गोप्य रुपमा खोजी गरिरहेको छ। उनी मुख्य अभियुक्त भएको प्रहरीको दाबी छ। 

तर, उनी आफूले पुण्य गरेको र जीवन बचाइदिएको भन्दै मिर्गौला प्रत्यारोपणको काम सकिएपछि बिदा भएका थिए। ‘पैसाले फिट्फिट् परेका मान्छेलाई पैसा पनि मिलाइदिएँ, मिर्गौला नपाएर मर्न ठिक्क परेको मान्छेलाई पनि बचाइदिएँ। दुवैको कल्याण गरेँ,’ अस्पतालबाट बिदा हुँदा उनले बताएको कुरा प्रहरीसँगको बयानमा पीडितले भनेका छन्। 

त्यसपछि फरार भएका उनी पीडितको सम्पर्कमा आएनन्। अहिलेसम्म प्रहरीले पनि पक्राउ पर्न सकेका छैनन्। 

‘छोराले के गर्‍यो मलाई थाहा छैन’
मनोजको मिर्गौला निकालेर रामेछाप दोरम्बा–३ घर भई स्वयम्भु बस्ने शंकरलाल लामालाई प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपण गरिएका लामा पूर्वगाविस अध्यक्ष समेत हुन्। उनी अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा छन्। मिर्गौला प्रत्यारोपण गरे पनि औषधि खाइराख्नु पर्ने र जाँच गराइराख्नु पर्ने भएकाले उनलाई अस्पताल लगिराख्नु परेको छ। 

बिरामी अवस्थामै रहेका शंकरलालसँग पनि प्रहरीले सामान्य बयान लिइरहेको छ। आफूलाई भान्जाकै मिर्गौला प्रत्यारोपण भएको छोराले बताएको प्रहरीसामु उनले बयान दिँदै आएका छन्। 

पीडित भन्छन्- ५ लाख दिने सहमति भएको थियो। मिर्गौला प्रत्यारोपणपछि मेरो बैंक खातामा ३ लाख रुपैयाँ मात्रै हालिदिए।

शंकरलालको भनाई उद्धृत गर्दै प्रहरी स्रोतले नेपाल लाइभसँग भन्यो, ‘म बिरामी अवस्थामै थिए। भान्जाको मिर्गौला प्रत्यारोण गर्ने भनेर त्यही अनुसार कागजात पनि बनेको थियो। त्यसपछि के-के भयो मलाई केही थाहा छैन। सबै छोराले गरेको छोरालाई थाहा होला।’ बिरामी शंकरलालले सबै दोष आफ्नो छोरालाई लगाएका छन्। छोरा भने अझै फरार छन्। 

५ लाखमा डिल, हात लाग्यो ३ लाख
मिर्गौला तस्करीका दलाल केदारले मिर्गौलादाता मनोजलाई मिर्गौला लिने व्यक्ति शंकरलालका छोरासँग भेट गराइदिएका थिए। त्यसपछिको सम्पूर्ण काम शंकरलालको छोराले गरेको पीडित मनोजको बयान छ। जहाँ उनलाई ५ लाख रुपैयाँ दिने भनेर सहमति गराइएको थियो।

‘सोहीअनुसार मैले जहाँ जहाँ सही गर् भन्छन्, त्यहीँ सही गरेँ,’ पीडित मनोजले भनेका छन्, ‘मिर्गौला प्रत्यारोपणपछि मेरो बैंक खातामा ३ लाख रुपैयाँ मात्रै हालिदिए।’ 

पीडित मनोजले भनेजस्तै उनको बैंक खातामा ३ लाख रुपैयाँ मात्रै जम्मा भएको प्रहरीले जनाएको छ। मिर्गौला दिएको ७ दिनसम्म उनलाई निदान अस्पतालमै राखिएको थियो। त्यसपछि केही दिन शंकरलालले आफूसँगै स्वयम्भूमा राखेका थिए। यसपछि मात्रै उनलाई घर पठाइएको थियो। तर बाहिर ननिस्किने र कसैसँग यसबारे केही नभन्ने शर्तमा।

उता मिर्गौला प्रत्यारोण गरेबापत निदान अस्पतालले भने ११ लाख रुपैयाँ लिएको पाइएको छ। विभिन्न शीर्षकमा गरी अस्पतालले ११ लाख रुपैयाँ असुलेको प्रहरी अनुसन्धानबाट खुलेको पाइएको छ। दलाल, स्वीकृति समितिका सदस्य र अन्य संलग्नहरूले छुट्टै रकम लिएको आशंका प्रहरीको छ। तर, दलाल र बुवाको मिर्गौला प्रत्यारोपणका लागि किनबेचमा सक्रिय लामाका छोरा फरार रहेकाले बाँकी लेनदेन र संलग्नताको यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

नियमविपरीत प्रत्यारोपण अनुमति
निदान अस्पतालले नियमविपरीत प्रत्यारोपण अनुमतिप्राप्त गरेको पाइएको छ। तोकिएको जनशक्ति नहुँदा पनि निदानमा प्रत्यारोपण भइरहेको पाइएको हो। ‘मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली २०७३ ले मिर्गौला प्रत्यारोपणका लागि अस्पतालसँग हुनुपर्ने जनशक्ति स्पष्ट तोकेको छ। मिर्गौला प्रत्यारोपण गर्ने अस्पतालमा नेफ्रोलोजिस्ट एक जना, मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक एक जना, एनेस्थेसियोलोजिस्ट दुई जना, प्याथोलोजिस्ट एकजना र कार्डियोलोजिस्ट, युरोलोजिस्ट, कार्डियोभाष्कुलर, साइकियाट्रिस्ट र डेन्टल शल्यसेवा अनिवार्य रूपमा हुनुपर्ने नियमावलीमा उल्लेख छ। 

तर, मिर्गौला प्रत्यारोपण गरिरहेको निदान अस्पतालसँग पूर्णकालीन नेफ्रोलोजिस्ट र मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक एक जना पनि छैन। निदान अस्पतालकै वेबसाइट अनुसार शल्य चिकित्सक डा पुकार श्रेष्ठ हरेक दिन बिहान ८ बजे देखि साढे ९ बजेसम्म मात्रै अस्पतालमा उपलब्ध हुन्छन्। मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक हुन् उनी। यसैगरी नेफ्रोलोजिस्ट कल्पना श्रेष्ठ बेलुकीको समयमा मात्रै उपलब्ध हुन्छिन् भने वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ अनिल बराल पनि बेलुकी ४ बजेपछि मात्रै अस्पतालमा उपलब्ध हुने गरेको निदानले उल्लेख गरेको छ।

तोकिएको जनशक्ति नहुँदा पनि निदानमा प्रत्यारोपण भइरहेको पाइएको छ।

नियमावलीमा पार्टटाइम वा फुलटाइम भनेर किटानी नगरिए पनि परिकल्पना भने अस्पतालमा फुलटाइम डाक्टरको गरिएको प्रष्ट देखिन्छ। किनभने पार्टटाइमका हकमा द्रष्टव्य खण्डमा स्पष्ट रुपमा यो कुरा खुलाइएको छ। भनिएको छ, ‘खण्ड 'ख' को उपखण्ड ६ सँग सम्बन्धित जनशक्ति स्वास्थ्य संस्थामा नरहे पनि आवश्यक परेका बेला उपलब्ध हुने विशेषज्ञसँग सम्झौता गरेको सम्झौतापत्र पेस गरे पनि हुनेछ। तर, स्वास्थ्य मन्त्रालयलाई प्रभावमा लिएर अस्पतालले प्रत्यारोपण अनुमति लिएको पाइएको छ।

अंग प्रत्यारोपणजस्तो संवेदनशील विषयमा स्वीकृति दिने र नाता प्रमाणित जाँच गर्ने समिति केन्द्रीय हुनुपर्ने माग विभिन्न समयमा उठ्दै आएको हो। तर,  मिर्गौला प्रत्यारोपण प्रक्रिया सरल बनाउन स्वीकृति समिति अस्पतालस्तरमै बनाउने नियम यथावत छ।  जिल्ला प्रशासनको एक अधिकृत बाहेक स्वीकृति समितिमा रहेका तीनै जना अस्पतालमै संलग्न व्यक्ति सो समितिमा हुन्छन्। यो केसमा अस्पतालस्तरकै समिति हुने कानूनी प्रावधानको लाभ उठाउँदै मिर्गौला तस्करी भएको भेटिएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  १७:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महाधिवेशन कार्यतालिका स्थगित गरेर संवाद गर्न कांग्रेसका २५ नेताको अपिल
प्रतिनिधि सभा बैठक (लाइभ)
अर्थमन्त्री डा. वाग्लेको मानवीय मामला अवैतनिक सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
महाधिवेशन कार्यतालिका स्थगित गरेर संवाद गर्न कांग्रेसका २५ नेताको अपिल शुक्रबार, भदौ २६, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) शुक्रबार, भदौ २६, २०८३
अर्थमन्त्री डा. वाग्लेको मानवीय मामला अवैतनिक सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त शुक्रबार, भदौ २६, २०८३
बबिताले सडकपेटीमा बच्चा जन्माएको घटनामा छानबिन हुँदैछ : मन्त्री मेहता शुक्रबार, भदौ २६, २०८३
रसुवा बाढी : डेढ लाख नागरिक प्रभावित भएको प्रारम्भिक अनुमान, होल्डिङ सेन्टरका २५ जनामा झाडापखाला शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्