• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

डा पुकार श्रेष्ठबाट 'विशेष नियुक्ति' पाएका कानुनी सल्लाहकार भट्टराई, जसले तस्बिर हेरफेरलाई सघाए

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ७, २०७६  १४:४५
1140x725

काठमाडौं- निदान अस्पतालमा भएको ‘मिर्गौला तस्करी’मा आरोपीका रुपमा प्रहरी हिरासतमा छन् अधिवक्ता कुमुद भट्टराई। प्रहरीले मुद्दा फाइल गर्दा उनी प्रहरीलाई नै सिकाउँदै थिए, ‘यो मुद्दा त यो ऐन होइन, फलानो ऐनअनुसार अघि बढ्ला नि!’

आफू आरोपबाट सफाइ पाउँछु भन्ने विश्वास नभएका उनी कम सजाय हुने ऐनमा मुद्दा चलेमा राहत पाउन सकिन्थ्यो कि भन्ने मनस्थितिमा रहेको प्रहरीले बुझेको छ। त्यसैले मानव बेचबिखनअन्तर्गत मुद्दा चलाउन खोजेको प्रहरीलाई उनले कुन कानुन आकर्षित हुन्छ भनेर प्रभावमा पार्न खोजेका अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मानिसको कुनै अंग झिक्नेलाई १० वर्ष कैद तथा २ देखि ५ लाखसम्म जरिवाना हुने व्यवस्था छ। उता मानव शरीरको अंग प्रत्यारोपण नियमित तथा निषेध ऐन २०५५ मा भने ५ वर्षसम्म कैद तथा ५ लाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ। यसकारण पनि कम सजाय पाइयोस् भन्न उनको नियत प्रष्ट हुन्थ्यो।

मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका ५ जनामध्ये अनुसन्धानको केन्द्रमा उनको भूमिका छ। किनभने प्रत्यारोपण गर्नुभन्दा अघिल्लो दिन अस्पतालकै एक नर्सले फारममा मिर्गौला दिन आएका दाताको तस्बिर नमिलेपछि प्रश्न गरेकी थिइन्। मिर्गौला दिन तयार भएर भर्ना हुन आएका बिरामी दुब्लो/पातलो तर फारममा भएको तस्बिर मोटो मान्छेको जस्तो लागेपछि अस्पतालकी ती नर्सले गलत तस्बिर टाँसिएको आशंका गरेकी थिइन्।

उनले आफूलाई लागेको मान्छे र तस्बिर बीचको असमानता अस्पतालका सिइयो, मेट्रोन नर्स, प्रशासन प्रमुख र डेपुटी डाइरेक्टर रहेको बैठकमा अवगत गराइन्। त्यहाँ भएका सवैले विषयलाई गम्भीररुपमा लिए। त्यो विषय प्रत्यारोपण स्वीकृति समितिको बैठकसम्म पुगेको थियो।

मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका ५ जनामध्ये अनुसन्धानको केन्द्रमा उनको भूमिका छ। किनभने प्रत्यारोपण गर्नुभन्दा अघिल्लो दिन अस्पतालकै एक नर्सले फारममा मिर्गौला दिन आएका दाताको तस्बिर नमिलेपछि प्रश्न गरेकी थिइन्।

ती नर्सले कानुनी प्रक्रिया पुगे/नपुगेको होइन, ल्याबका रिपोर्ट जाँच्ने क्रममा दाताको तस्बिर नमिलेको पाएकी थिइन्। उनले प्रश्न गर्नुको आशय थियो, ‘कहिलेकाहिँ ल्याबमा तस्बिर टाँस्दा यताउता पर्न सक्छ। सकेसम्म सही तस्बिर नै डकुमेन्टमा रहोस्।’ प्रत्यारोपण भएको २ दिनअघिसम्म कागजातमा उल्लेख भएको तस्बिर मिर्गौला प्रत्यारोपी शंकर लामा योन्जनका ‘सक्कली भान्जा’ भनिएका सञ्जिव घिसिङकै रहेको बुझिएको छ। तर, ल्याब रिपोर्ट भने दलालले ल्याएका व्यक्तिको थियो।

आफूलाई लागेको आशंका बताइदिनुपर्छ भन्ने जिम्मेवारीका कारण उनले आफूभन्दा माथिल्लो तहमा रहेका प्रशासनका व्यक्तिलाई खबर गरेकी थिइन्। उनको प्रश्नले त्यो दिन उनलाई घर जान दुई घन्टा ढिला गरायो। प्रायः अपरान्ह ४ बजे अस्पतालबाट निस्किसक्ने उनी त्यो दिन साँझ ६ बजेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

बैठकमा सहभागी अन्य व्यक्तिले यस विषयमा कानुनी सल्लाहकार भट्टराईसहित छलफल गर्ने मत राखे। त्यसपछि प्रश्न गर्ने नर्स भने बिरामीको हेरचाह गर्ने नियमित कर्ममा खटिइन्।

त्यो समय अस्पताल आइनपुगेका समितिका सदस्यसमेत रहेका कानुनी सल्लाहकार भट्टराईलाई फोन गरेर बोलाइयो। उनी केही समय ढिलो गरी अस्पताल पुगे।

अस्पताल पुगेपछि उनले प्रत्यारोपण स्वीकृति समितिमा छलफल गर्नुपर्ने आवश्यक लागेका व्यक्तिसँग मात्रै बैठक गरे‍। यो क्रम लगभग २ घन्टासम्म चलेको अस्पताल स्रोत बताउँछ। ‘त्यो दुई घन्टामा तस्बिरमा रहेको र मिर्गौला दिन आएको व्यक्ति एउटै वा फरक रहेको छानबिन हुनुपर्थ्यो। तर, छलफलले नक्कली दाताको पछिल्लोपटक खिचिएको तस्बिर राख्दै उल्टै, गल्ती औंल्याउने (नर्स)को आँखामा छारो हाल्ने काम भयो,’ प्रहरी स्रोतले भन्यो।

‘त्यो दुई घन्टामा तस्बिरमा रहेको र मिर्गौला दिन आएको व्यक्ति एउटै वा फरक रहेको छानबिन हुनुपर्थ्यो। तर, छलफलले नक्कली दाताको पछिल्लोपटक खिचिएको तस्बिर राख्दै उल्टै, गल्ती औंल्याउने (नर्स)को आँखामा छारो हाल्ने काम भयो,’ प्रहरी स्रोतले भन्यो।

स्वीकृति समितिको बैठकपछि प्रश्न गर्ने ती नर्सलाई बोलाइयो। प्रहरीलाई ती नर्सले दिएको बयानअनुसार उनलाई बोलाउँदा फारममा अर्कै तस्बिर टाँसिसकिएको थियो। जुन मिर्गौला दिन तयार पारिएको नक्कली भान्जा को थियो। त्यसपछि कानुनी सल्लाहकार भट्टराई अघि सर्दै भने, ‘मान्छे एउटै हो। पहिले मोटो थियो। अहिले दुब्लाएछ। तस्बिर नयाँ टाँसिसकियो। अब त भयो नि!’

उपचारको जिम्मा पाएकी ती नर्सलाई कानुनी प्रक्रियाबारे थाहा हुने कुरै भएन। कानुनी सल्लाहकारले नै मिलिसकेको बताएपछि प्रतिक्रियाबिहीन बनेर आफू पुनः आफ्नो नियमित कर्ममा खटिएको बयानका क्रममा ती नर्सले बताएकी प्रहरीले जनाएको छ।

पुरानो तस्बिर हटाउँदै नयाँ टाँसेर तत्कालका लागि कागजात मिलाइयो। तर, त्यही पुरानो तस्बिर उप्काएर नयाँ टाँस्नु मिर्गौला तस्करी भएको निर्क्यौलमा पुग्नका लागि महत्वपूर्ण प्रमाण बन्यो। अस्पतालमा मिर्गौला प्रत्यारोपणका क्रममा गडबढ भएको सूचना सञ्चारमाध्यम हुँदै प्रहरीसम्म पुग्यो। प्रहरीले घटनाका पीडितको उजुरीका आधारमा अनुसन्धान अघि बढायो। उक्त घटनामा गडबढ भएको निर्क्यौलमा पुगेपछि प्रहरीले अस्पतालका सिइओ विपेन्द्र प्रधान, अस्पतालका कानुन अधिकृत कुमुदकुमार भट्टराई, डा राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालीन शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो।

५ जनालाई मात्रै पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीलाई गिरोह नै सक्रिय रहेको आशंका छ। हाल एकमात्र यो घटनालाई भन्दा पनि संगठित अपराधमा संलग्नहरुको सञ्जाल पत्ता लगाउन प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी गोविन्द थपलिया भन्छन्, ‘शंका उठिसकेपछि पनि यही नै भनेर तस्बिर परिवर्तन गरिएको छ। यसमा प्रशासनको संलग्नता र नेग्लिजेन्स दुवै देखिन्छ। यस्तो गरिनु ‘सामान्य कुरा हो’, ‘फरक पर्दैन’ जस्तो मनशायले काम भएको छ। यस्तो धन्दा ‘रिपिटेड्ली’ भइरहेको पनि यसले जनाउँछ।’

कानुनी सल्लाहकार भट्टराई अघि सर्दै भने, ‘मान्छे एउटै हो। पहिले मोटो थियो। अहिले दुब्लाएछ। तस्बिर नयाँ टाँसिसकियो। अब त भयो नि!’

अस्पतालका कर्मचारीलाई प्रहरीलाई दिएको सूचनाअनुसार अस्पतालका सञ्चालक समेत रहेका मिर्गौला प्रत्यारोपणको नेतृत्वकर्ता डा पुकार श्रेष्ठ पनि शंकाको घेरामा छन्। बलियो प्रमाण जुटाएर मात्रै आगामी कदम चाल्ने दाउमा छ प्रहरी। हिरासतमा रहेका कानुन व्यवसायी भट्टराई डा पुकारकै ‘विशेष सिफारिस’मा निदान अस्पतालको प्रत्यारोपणका कानुनी सल्लाहकार बन्न पुगेका हुन्। ‘अस्पतालका कानुनी सल्लाहकार अर्कै हुनुहुन्छ। उहाँलाई मिर्गौला प्रत्यारोपणको विषयमा हेर्न ल्याइएको हो,’ अस्पताल स्रोतले प्रहरीलाई सूचना दिएको छ।

प्रहरीले यो मुद्दालाई मिहीन ढंगले केलाउने क्रममा सम्भावित कनेक्सन खोजिरहेको छ। त्यो कनेक्सनमा डा पुकार श्रेष्ठ पर्नसक्ने एउटा ‘क्लू’ कानुनी सल्लाहकार भट्टराई हुन्। यो सूचनापछि प्रहरीले प्रत्यारोपणका अन्य शंकास्पद फाइलसमेत मगाएर अध्ययन गरिरहेको जनाएको छ।

अस्पतालको कानुनी सल्लाहकारलाई ‘बाइपास’ गरेर आफू अनुकूलको व्यक्तिलाई प्रत्यारोपण स्वीकृति समितिमा राखिएको छ। यसकारण पनि प्रहरीले उक्त घटनामा डा श्रेष्ठको समेत सहभागीता हुनसक्ने आशंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको बताएको छ।

डा श्रेष्ठ नेतृत्वको टोलीले प्रत्यारोपण गरेको उक्त घटनामा मिर्गौला किनबेच भएको आरोप लागेपछि उनले केही सञ्चारमाध्यममा दावीसहितको धारणासमेत राखेका छन्। जहाँ उनले आफूले ओपिडीमा हेरेर नाताप्रमाणित जाँचका लागि स्वीकृति समितिमा पठाएको उल्लेख गरेका छन्।

अस्पतालको कानुनी सल्लाहकारलाई ‘बाइपास’ गरेर आफू अनुकूलको व्यक्तिलाई प्रत्यारोपण स्वीकृति समितिमा राखिएको छ। यसकारण पनि प्रहरीले उक्त घटनामा डा श्रेष्ठको समेत सहभागीता हुनसक्ने आशंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको बताएको छ।

समितिले नाता प्रमाणित गरेपछि आफूले प्रत्यारोपण गरेको बताउँदै उनले यसमा आफ्नो भूमिका नहुने बताएका छन्। उनले भनेका छन्, ‘प्रत्यारोपण स्वीकृति समितिले मृगौला प्रत्यारोपण गर्न मिल्नेगरी स्वीकृति गरेको हो। समितिले स्वीकृति दिएपछि हाम्रो टोलीले मिर्गाैला प्रत्यारोपण गरेको हो।’

र यो पनिः

निदान अस्पताल मिर्गौला ‘तस्करी काण्ड’ : प्रहरीलाई संगठित तस्करीका संकेत

मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सिइओ र डाक्टरसहित ५ जना पक्राउ

प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म
सरकारी सफ्टवेयर विकास र सञ्चालनका लागि छुट्टै केन्द्र स्थापना हुँदै
राप्रपाले माग्यो बागमतीका तीन मन्त्रीसँग ६ घण्टे स्पष्टिकरण
सम्बन्धित सामग्री
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ जग्गा किनबेचका क्रममा अनियमितता गरी ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल रेडक्रस सोसाइटीका पूर्व अध... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
सरकारी सफ्टवेयर विकास र सञ्चालनका लागि छुट्टै केन्द्र स्थापना हुँदै शुक्रबार, भदौ ५, २०८३
राप्रपाले माग्यो बागमतीका तीन मन्त्रीसँग ६ घण्टे स्पष्टिकरण शुक्रबार, भदौ ५, २०८३
दराजको होलोग्राम टाँसिएका कस्मेटिक सामान कागजातबिनै भेटिए, झन्डै एक करोडको सामानसहित चालक नियन्त्रणमा शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
देउवा–खड्काको रिटमा सर्वोच्च प्रशासनले भन्यो– ‘सोमबार आउनुस्’ शुक्रबार, भदौ ५, २०८३
१२ तोला बढी सुन निलेर आएका बंगलादेशी नागरिक पक्राउ, पाँच दिन अस्पतालमा राखिएपछि दिसाबाट निकालियो शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्