काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको क्रममा नाराबाजी तथा बिरोध प्रदर्शन गर्न सक्ने आँकलनमा पक्राउ परेका ८४ जना छुटेका छन्। ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपालसहितका व्यक्तिहरुलाई प्रहरीले रिहा गरेको हो। मोदी स्वदेश फर्किएपछि उनीहरु छुटेका हुन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाका अनुसार भ्रमणको सुरक्षा तयारी अन्र्तगत शनिबार ५१ जना पक्राउ परेका थिए। त्यस्तै शुक्रबार ३४ जना पक्राउ परेकोमा सबै शनिबार साँझ छुटेका छन्।
पक्राउ परेकाहरुले भने बिना कारण आफुहरुलाई पक्राउ गरी मानवअधिकारको हनन गरेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।