• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीकै शब्द समातेर नेम्वाङले गरे प्रतिनिधि सभा विघटनबारे 'कित्ता क्लियर'

64x64
डिबी खड्का शनिबार, माघ ३, २०७७  १९:१२
1140x725

काठमाडौं- संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवास नेम्वाङ प्रतिनिधि सभा विघटनका विषयमा 'अहिले बोल्दिनँ' भनिरहेका छन्। तर उनी बोलिरहेका हुन्छन्। नेम्वाङको बोल्ने शैली उनलाई चिन्नेजान्नेमाझ परिचित नै छ। उनी कुनै पनि विषयमा सिधा भाषामा स्पष्ट जवाफ दिँदैनन्। उनको भाष्य बुझ्नुपर्छ। 'आफूले 'आँ' गर्दा अरुले अलंकार बुझुन्' भन्ने उनको स्वभाव छ। 

आफ्नो चालीबोली कूटनीतिक रहेको उनको आफ्नै पनि बुझाइ छ। त्यही स्वभावमाथि कुरा झिक्दा उनले प्रधानमन्त्रीले ओलीले आफूमाथि गरेको एउटा टिप्पणी सुनाइरहन्छन्। त्यो यस्तो छ, 'म तेह्रथुमको आठराईमा जन्मे, लिम्बूहरूसँग हुर्कें, त्यसैले म लिम्बूजस्तै छु। आफूलाई लागेका कुरा फ्याट्टै भनिदिन्छु, दायाँबायाँ सोच्तिनँ। तपाईं (नेम्वाङ) जातले लिम्बू भएपनि बाहुनजस्तै हुनुहुन्छ। बोल्दा धेरैपल्ट सोच्ने र सोझो अर्थ लाग्ने गरी नबोल्ने।'

प्रतिनिधि सभा विघटनका विषयमा सुवास नेम्वाङसँग प्रतिक्रिया लिँदा उनले नेपाल लाइभसँग भनेका थिए, 'सर्वोच्चमा विचाराधीन मुद्दामा म बोल्न मिल्दैन। फैसला आएको बेलुकी वा भोलिपल्ट बोल्छु।' 

शनिबार नेकपा ओली पक्षको प्रदेश १ को राजधानीमा कार्यकर्ता भेलामा बोल्दै उनले यही दोहोर्‍याए, 'प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन छ। विचाराधीन विषयमा मेरो कुनै पनि धारणा छैन। मेरो यस विषयमा धेरै भन्नु केही पनि छैन।' 

सर्वोच्च अदालतमा विचाराधीन दुई विषय प्रतिनिधि सभा विघटन र सरकारको हैसियतका विषयमा उनले 'बोल्दिनँ' भन्दाभन्दै पनि बोले। 'प्रधानमन्त्री भन्नुहुन्छ' जस्ता अप्रत्यक्ष कथनमार्फत् उनले आफूलाई लागेका विषय पनि कहे। उनले बोलेको उनको बोलीलाई कानुनी प्रयोजनका लागि 'आधिकारिक धारणा' बनाउन नमिल्ला। तर, यस विषयमा संविधानसभा अध्यक्ष नेम्वाङ कहाँ छन्? भनेर खोज्दा उनी त्यही 'प्रधानमन्त्री भन्नुहुन्छ' भित्र कहीँ भेटिन्छन्। 

शनिबार नेम्वाङले प्रधानमन्त्रीको ओत लागेर दिएको अभिव्यक्ति पुस ९ गते बालुवाटारमा पत्रकारलाई दिएको प्रतिक्रियाको सप्रसंग व्याख्या हो। उनले पत्रकारका प्रश्नमा उनको उत्तर थियो, 'जुन (प्रतिनिधि सभा विघटन गरेर निर्वाचनमा जाने निर्णय) उहाँले लोकतान्त्रिक अधिकारको प्रयोग गर्नुभएको छ, त्यसलाई सर्वोच्चले समर्थन गर्छ।' उनले बहुमतको सरकार र संसदलाई काम गर्न दिइएन भने त्यतिबेला के गर्ने?  भन्ने प्रश्नलाई लिएर सर्वोच्च अदालतले एउटा निष्कर्ष दिनुपर्ने बेला भएको बताएका थिए। 

नेम्वाङको भाषा भन्दा बढी भाष्यलाई बुझ्नुपर्छ। भाष्यअनुसार संविधानसभा अध्यक्षको मत बुझ्न सर्वोच्चको फैसला कुर्नुपर्दैन, शनिबारको भाषणले प्रष्ट पारिसकेको छ। 

शनिबार यही विषयमा व्याख्या गर्ने उनले नयाँ शब्दावली 'प्रधानमन्त्रीको विशेषाधिकार' प्रयोग गरेका छन्। तर, यो शब्दावलीको स्वामित्व भने उनले लिन चाहेनन्। प्रधानमन्त्रीको हवाला दिँदै व्याख्या गरे, 'अहिले प्रधानमन्त्रीले केही विषय उठाएर प्रतिनिधि सभा विघटन गर्नुभएको छ। संविधानमा संसदीय प्रणाली हुने भनेको छ। संसदीय शासन प्रणाली भनेको प्रधानमन्त्रीको विशेषाधिकार हुन्छ। त्यसमा कहीँ पनि निषेध हुँदैन। दुई तिहाई भन्ने तर सिन्को भाँच्न नदिने भन्ने प्रधानमन्त्रीको यही प्रश्न छ। उहाँले यही जवाफ लिनका लागि भन्दै लिखित जवाफमा भन्नु भएको छ।'

Ncell 2
Ncell 2
nimb
nimb

उनले 'मेरो धेरै भन्नु छैन है भन्ने गरेको छु नि!' भन्दै उनलाई  प्रधानमन्त्रीले माथिका कुरा भन्न पाउने बताए। सबैभन्दा सक्षम र निर्णायक जनता भएकाले अप्ठारोका लागि जनतामा जाने निर्णय गरेको भन्दै उनले प्रश्न गरे, 'जनतामा जाने निर्णय गर्नु बेठिक हो भनेर कसैले भन्छ भने के भन्नु? अब निर्वाचन हुँदा जनताले फैसला गर्ने हो। जनतामा जान्छु भन्नेलाई जिताउने कि जान्न भन्नेलाई?'

केपी ओलीको आग्रहमा उनलाई ५ वर्षका लागि जनताले जिताएर पठाएको उनले बताए। ५ वर्ष नपुगी हट्नुपर्ने बाध्यताका कारण उजुरी लिएर प्रधानमन्त्री जनतामा गएको उनको बुझाइ थियो। उनले भने, 'जब कुनै विकल्प देखिँदैन जनतामा जानु नै राम्रो उपाय हो। जनतामा जान अग्रसर भएका छौं। हामी जनतामा जान अग्रसर भएका छौं। त्यही क्रममा भेला भएका छौं।' उनको यो भनाइले प्रतिनिधि सभा विघटन गर्न पाउने वा पुनर्स्थापना हुन नसक्ने अर्थ दिन्छ। 

उनले तोकिएको समयमा निर्वाचन नहुने भन्दै सर्वोच्च अदालतलाई दबाब दिइन थालेको पनि उल्लेख गरे। आफूले बोलेको कुराका लागि यहाँनेर 'विज्ञ'लाई ढाल बनाए। भने, 'वैशाख १७ गते र २७ गते निर्वाचन हुँदैन भनेर सर्वोच्चलाई अनावश्यक दबाब दिने काम भएको विज्ञको टिप्पणी छ। अनावश्यक दबाब दिने काम भएको छ। नहुने निर्वाचनका विषयमा किन अघि बढ्ने जस्ता कुरा उठेको छ। छोटकरी भन्दा तोकिएको समयमा निर्वाचन गर्नुपर्छ। हुन्छ। देश त निर्वाचनमा गइसकेको छ।' 

प्रतिनिधि सभा विघटनका विषयमा 'अहिले बोल्दिनँ' भनिरहेका छन्। तर उनी बोलिरहेका हुन्छन्।

अदातलमा विचाराधीन मुद्दामा संसद्‍मा पनि बहस गर्न नपाउने संविधानको प्रावधान उनले सम्झाइरहे। सर्वोच्चमै विचाराधीन अर्को मुद्दा 'कामचलाउ सरकार हो कि होइन'मा पनि उनले पक्षधरता प्रकट गरे। संविधानसभा अध्यक्ष नेम्वाङले वर्तमान सरकार कामचलाउ नभएको कुरामा पनि सप्रसंग व्याख्या गरे। 

सरकार कामचलाउ हुने कि नहुने भन्ने विषयमा संविधानसभा अध्यक्षको यो पहिलो व्याख्या हो। सरकार काम चलाउन नभएको भन्नेमा उनको जोड छ, 'प्रतिनिधि सभा विघटन भएपछि राष्ट्रपतिले किन सरकारलाई कामचलाउ घोषणा गर्नुभएन? यस्तो भनेको सुन्छु।  प्रम ओलीले प्रतिनिधि सभा विघटन गर्नुभएको छ। कसरी पुनर्गठित गर्नुभयो? यस्ता प्रश्न उठाएको पाएँ। हाम्रो अहिले संविधानमा एउटा व्यवस्था छ। संविधानको धारा ७७ मा कतिबेला प्रधानमन्त्री पद रिक्त हुन्छन् वा कामचलाउ भन्ने उल्लेख छ। त्यहाँ भनिएअनुसार केही भएको छैन। कसरी कामचलाउ?'

धारा ७७ मा प्रधानमन्त्री नरहने अवस्था उल्लेख छ। त्यहाँ भनिएको छ, 'निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, धारा १०० बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा, निज प्रतिनिधि सभाको सदस्य नरहेमा र निजको मृत्यु भएमा।'

अहिले यस्तो कुनै अवस्था नरहेको उनको बुझाइ छ। त्यसैगरी धारा ७७ को उपधारा ३ मा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रीपरिषद्ले कार्य गर्ने वकालत उनले  गरेका छन्। त्यहाँ भनिएको छ, 'उपधारा (१) बमोजिम प्रधानमन्त्रीको पद रिक्त भएमा अर्को मन्त्रिपरिषद गठन नभएसम्म सोही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्नेछ । तर प्रधानमन्त्रीको मृत्यु भएमा अर्को प्रधानमन्त्री नियुक्ति नभएसम्मकालागि वरिष्ठतम मन्त्रीले प्रधानमन्त्रीको रूपमा कार्य सञ्चालन गर्नेछ।'

सरकारले सबै काम गर्न पाउने उनको जिकिर छ। निर्वाचन आयोगले आचारसंहिता घोषणा नगरेसम्म पूरापूर काम गर्न पाउने तर्क उनले पेस गरेका छन्।  यस्तै उनले प्रथम अध्यक्ष (केपी शर्मा ओली) र महासचिव (विष्णु पौडेल) जहाँ हुन्छन् त्यही आधिकारिक नेकपा हुने दलिलसमेत अघि सारेका छन्।  

पत्रकारका प्रश्नमा 'बोल्दिनँ' भन्ने नेम्वाङको मुख खोलिदिएको छ। नेम्वाङको भाषा भन्दा बढी भाष्यलाई बुझ्नुपर्छ। भाष्य अनुसार संविधानसभा अध्यक्षको मत बुझ्न सर्वोच्चको फैसला कुर्नुपर्दैन, शनिबारको भाषणले प्रष्ट पारिसकेको छ। 

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  १९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्