विराटनगर– पाँचथरमा ज्यान मुद्दाका एक फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन्।
तुम्बेवा गाउँपालिका–५ (तत्कालिन हाङगुम–३) का ७४ वर्षीय धनबहादुर श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो। घरमै लुकेर बसेको गोप्य सुचनाका अधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनी कैद भुक्तानका लागि शुक्रबार कारागार चलान भएका छन्। श्रेष्ठलाई जिल्ला अदालत पाँचथरले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ५ महिना २५ दिनको कैद सजाय तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।