बनेपा– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ नालामा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयलाई शुक्रबार १३ थान कम्प्यूटर हस्तान्तरण गरिएको छ।
प्रभु बैंक, सेञ्चुरी बैंक तथा लक्ष्मी बैंकको आर्थिक सहयोगमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले १३ थान कम्प्यूटर विद्यालयलाई हस्तान्तरण गरेका हुन्। प्रभु बैंक र लक्ष्मी बैंकले ५÷५ थान तथा सेञ्चुरी बैंकलेले ३ थान कम्प्युटर सहयोग गरेका हुन्।
विभिन्न पेशा व्यवसायमा आबद्ध रहेर हाल नाला बाहिर रहेकाहरुले स्थापना गरेको उग्रचण्डी नाला 8को पहलमा विद्यालयलाई कम्प्यूटर शिक्षाको पढाइलाई सहयोग पुर्याउने उद्देश्यले कम्प्यूटर वितरण गरिएको अध्यक्ष चन्द्रलाल श्रेष्ठले बताए।
विद्यालयमा कक्षा ४ देखि ९ सम्म कम्प्यूटर विषयको पढाइ भइरहेको शिक्षक श्यामप्रसाद पाण्डेले जानकारी दिए। कक्षा नर्सरीदेखि १० सम्म अंग्रेजी माध्यमबाट पढाइ हुँदै आएको सो विद्यालयमा २ सय ५० विद्यार्थी अध्ययनरत छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।