• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

सिर्जनाको लुछाचुँडी

64x64
पुष्पा थपलिया मंगलबार, पुस २८, २०७७  १४:०५
1140x725

प्रमोद : घर बनाउनेलाई घर बनायो, रिक्सा चलाउनेलाई रिक्सा चलायो भनेर मुद्दा हाल्न पाइन्छ?
सुवास : घर बनाउनेले घरै मेरो, रिक्सा चलाउनेले रिक्सै मेरो भन्न पाइन्छ? 

हालै संगित क्षेत्रमा चलेको चर्को बहस यही हो। 

गायक प्रमोद खरेलले आज भन्दा ११ वर्षअघि रेकर्ड गरेको ‘प्रणय’ एल्बम रेकर्ड गरेका थिए। ८ ओटा गीत समावेश गरिएको उक्त एल्बम विन्ध्यवासिनी म्युजिक प्रालिसँगको सहकार्यमा बजारमा आएको थियो। 

एल्बममा समेटिएको याद गर्न पनि कोही न कोही त चाहिँदोरहेछ बोलको गीत निकै चर्चित बन्यो। त्यो गीतपछि खरेलले सांगितिक दुनियामा कहिल्यै पछाडि फर्कनुपरेन। आफूलाई यो गीत निकै प्रिय भएको भन्दै उनले विन्ध्यावासिनी म्युजिक प्रालीसँग एल्बम फिर्ता मागेका थिए। 

सुरुमा कम्पनी र गायकबीच पाँच वर्षको सम्झौता भएको रहेछ। ६ वर्षसम्मको रोयल्टीसहित एल्बम फिर्ता पाउँ भन्दै प्रमोदले विन्ध्यवासिनी प्रालिलाई पत्राचार गरे। 

पत्र पाउनेबित्तिकै  बिन्दाबासीनी म्युजिक प्रा.ली.का संञ्चालक सुवास रेग्मी सामाजिक सञ्चालमा पोखिन थाले। बारम्बार सम्झौता रिन्यु गर्न आउ भनेर बोलाउँदा पनि नआएको र अहिले आफूले लगानी गरेको गीतलाई दाबी गरेको भन्दै उनी बम्किएका थिए।

उनलाई लागेछ, घरको डेरामा भाडै नतिरी ६ वर्षसम्म बस्ने अनि उल्टै घरै मेरो भन्दै दाबी गर्ने। सामाजिक सञ्जालले मात्रै नपगेर उनी प्रहरीको शरणमा पुगे। 
उनले गायक प्रमोद खरेलविरुद्ध लगानीकर्ताको अनुमतिबिना गीत र ट्रयाक स्टेजमा बजाएको आरोप लगाएका थिए। लगानीकर्ताको क्षेत्राधिकार बाहिर गई मनग्य आर्थिक लाभ लिएको उनको भनाइ छ। प्रतिलिपि अधिकार धनी पक्षलाई यसले अन्याय पर्न गएको भन्दै खरेलसँग एक करोड रुपैयाँसम्मको क्षतिपूर्तिको माग दाबी उनले गरेका छन्। 

यो विषयमा निकै छलफल भयो तर निष्कर्ष निस्कन सकेन। केही समयअघि प्रतिलिपि रजिस्ट्रारको कार्यलयमा भएको छलफलमा गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा, रोयल्टी संकलन समाजका अध्यक्ष महेश खड्का, म्युजिक प्रोड्युसर एशोसियसनका अध्यक्ष बी.पाण्डेलगायत अन्य संगित क्षेत्रमा मानिससँगै प्रमोद खरेल सहभागी थिए।  

Ncell 2
Ncell 2
nimb
nimb

छलफलले टुङ्गो लाउन नसकेको मुद्दा बोकेर प्रमोद आफै थाना पुगे। उनी भने घर बनाउनेले घर बनायो, रिक्सा चालकले रिक्सा चलायो भनेर मुद्दा हाल्न पाइन्छ ? भन्दै प्रहरीकोमा पुगेका थिए। 

काम लगाएर ६ वर्षदेखि पारिश्रमिक नदिएको र उल्टै काम पनि दिने पैसा पनि दिने भन्नेखालको अभिव्यक्ति आएको उनको आरोप थियो। 

यही आरोपमा अन्य ५७ जना कलाकारले साथ दिए प्रमोदलाई। हस्ताक्षर सहित एक साता अघि महानगरिय प्रहरी कार्यलय टेकुमा पुगे। सामाजिक सञ्जालमा गाली र धम्कीको वर्षा भइरहेको अनि आफ्नो सम्पति हडपेको भन्दै विन्ध्यवासिनी म्युजिक प्रा.ली.का संञ्चालकमाथि मुद्दा दायर भयो।  

विन्ध्यवासिनी प्रालिका कार्यकारी अधिकृत लिना रेग्मीलाई प्रहरीले छानबिनका लागि पक्राउ गरेको छ। लिनाका श्रीमान समेत रहेका सुवास भने काठमाडौंभन्दा बाहिर भएकाले पक्राउ नगरिएको महानगरीय प्रहरी परिसर टेकुले बताएको छ। यो झगडा अब भने कानुनी रुपमा अदालतमा पुगेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विसं. २०५९ सालमा नेपालमा प्रतिलिपी अधिकारका ऐन नियमहरु बन्यो। त्यसमा भएका कमी कमजोरी र समयको मागलाई ध्यानमा राख्दै यो बारम्बार संशोधन पनि भइरहेको छ। 

प्रतिलिपी अधिकारमा भएका बुँदाहरुलाई केलाउने हो भने, यी दुवै आ–आफ्नो ठाउँमा ठिक रहेको बताउँछन्, अहिले खोसाखोस बनिरहेको गीतका रचनाकार राजेन्द्र थापा। अब मुद्दा अदालतमा गएकाले यसबारे ठोस निर्णय हुने पनि उनको आशा छ।

के भन्छन् सुवास?
सुवास मुद्दा आफ्नै पक्षमा पर्नेमा ढुक्क छन्। प्रतिलिपी अधिकार ऐन १०५९ को परिच्छेद ५ को दफा २४ को उपदफा ३ मा प्रतिलिपी अधिकारको धनीबाट अधिकार हस्तान्तरण गरिलिने व्यक्तिले त्यसरी हस्तान्तरण गरिलिएको बाहेक अन्य कुनै काम कारबाही गर्न पाउने छैन भनेर उल्लेख गरिएकाले यसमा सुवासकै अधिकार रहेको उनको भनाइ छ। ‘५ वर्षसम्म त्यसरी जहाँतहाँ गीत गाएर हिँड्दा मेरो अनुमति लिनुपर्थ्यो, लिएनन्। त्यही क्षतिपूर्तिको माग मेरो छ‚’ उनले प्रश्न गर्दै भने, ‘बौद्धिक सम्पतिको कारोबार गर्ने, प्रतिलिपी अधिकारसम्बन्धी कारोबार गर्ने अनि पुरानो करार ऐनअनुसारले सम्झौता गरेको छु भनेर हुन्छ।’ 

मानहानीको विषयमा पनि उनको भनाइ फरक छ। आफूहरुले ४ चोटीसम्म चिठ्ठी पठाइसकेको तर उनी नआएको सुवास बताउँछन्। उनले भने, ‘मैले कानुनी प्रक्रियाअनुसार प्रतिलिपी अधिकारको हनन् गर्‍यो भनेर नै १ करोडसहितको क्षतिपूर्ति माग गरेको हो, मानहानीको कुरा कताबाट आयो? 
उनले आफू कानुनको भरमा रहेको पनि बताए। उनले भने, ‘मेरो गल्ती छ भने मैले सजाय पाउनुपर्‍यो।’ कानुन हरेकका लागि समान रहेको बताउँदै सत्य, तथ्य र निष्पक्ष निर्णय हुनेमा ढुक्क रहेको पनि उनको भनाइ छ। 

के भन्छन् प्रमोद?
गायक प्रमोद पनि निर्णय आफ्नो पक्षमा आउनेमा ढुक्क छन्। खरेलले भने, ‘गीतको सर्वाधिकार मसँग छ, एल्बमको प्रकाशन, बिक्री वितरणको पाँच वर्ष सम्झौताअनुसार कम्पनीलाई ४ लाख बुझाइसकें, अब त्यो गीत मेरो हो। 

आफूले रचनाकार र संगितकारसँगको अधिकार पनि पहिले नै लिइसकेको बताउँदै गीत आफ्नै भएको उनले दाबी गरे। 

६ वर्षसम्म गीतबाट आएको आम्दानीको रोयल्टीसमेत प्रमोदले मागेका थिए। उल्टै उनीविरुद्ध एक करोडको क्षतिपूर्तिसहित मुद्दा परेको सुनेर आफू दंग परेको पनि उनको भनाइ छ। यसले आफूलाई मानसिक रुपमा निकै तनाव दिएको पनि प्रमोदले बताए।

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १४:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर आशिष अविरलकै संगीत रहेको गीतलाई ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको छ। गीत सार्वजनिक भएसँगै यसको भिडियोले सामाजिक सञ्जालमा चर्चा प... सोमबार, असोज १२, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
तातोपानी नाका तीन दिन खुल्ने शनिबार, असोज ३१, २०८३
जाजरकोट अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठलाई घरबाटै प्रहरीले किन पुर्यायाे साईबर व्यूरो ? शनिबार, असोज ३१, २०८३
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्