• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

राष्ट्रिय सभा अधिवेशन धेरै लामो चल्न सक्दैन : अध्यक्ष तिमिल्सिना

64x64
नेपाल लाइभ बिहीबार, पुस १६, २०७७  १४:४७
1140x725

संघीय संसदको सातौं अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ। सरकारले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि यो अधिवेशनमा राष्ट्रिय सभाका बैठकहरु मात्र सञ्चालन हुनेछन्। पुस १७ गतेभित्र संसदको अधिवेशन बोलाउनैपर्ने संवैधानिक बाध्यताले राष्ट्रिय सभाका बैठकहरु औपचारिकतामा मात्रै सीमित हुने भएको छ। यसै सन्दर्भमा न्युज एजेन्सी नेपालले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बैठक सञ्चालन र कार्यसूचीबारे संक्षिप्त कुराकानी गरेको छ।

संसद अधिवेशन बस्दैछ त्यसको तयारीका बारेमा जानकारी गराईदिनुस् न ?
पहिलो कुरा त तयारी भनेको त्यसको व्यवस्थापकीय पक्ष हो। त्यो सम्पूर्ण रुपमा पुरा भएको छ। खासगरी कोभिड–१९ का कारण केही समस्याहरु हुने हुँदा त्यसको जोखिमलाई हेरेर तयारी के छ भन्नेकुरा नै आम रुपमा आउने हो। अन्यथा त नियमित हुने अधिवेशन यथावत नै हुन्छ, चलिरहन्छ। कोभिड–१९ का कारणले गएको वर्षे अधिवेशन पनि प्रभावित भयो। संक्रमण बढ्ने, सर्ने स्थिति नआओस् र हाउस निर्वाध ढंगले चलोस् भन्ने कुरामा हामी सचेत छौँ। सोहीअनुसार नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तय गरेका सबै मापदण्डलाई आधार बनाएर तयारीहरु पुरा भएका छन्।

कार्यसूचीको कुरा गरौँ। विधेयकहरुको व्यवस्थापन, शून्य समय, विशेष समयमा बोल्ने कुराहरुको व्यवस्थापन कसरी गरिन्छ ?
प्रतिनिधिसभा विघटन भएकाले अहिले एउटा सदनमात्रै बाँकी छ। दुवै सदन नभईकन कुनै पनि विधेयकले पूर्णता पाउँदैन कानुन बन्नका लागि। त्यसैले राष्ट्रिय सभाले जतिसुकै विधेयक पास गरे पनि त्यो कार्यान्वयनमा जाँदैन। यहीँ पास गर्ने, यहीँ रहने हुन्छ। यसकारण प्रतिनिधि सभामा उत्पति भएका, त्यहाँबाट आएका विधेयकहरु राष्ट्रिय सभामा आउञ्जेल स्वतः निस्क्रिय भइसके। अब राष्ट्रिय सभामा उत्पति भएका विधेयकका बारेमा हामीले छलफल गर्ने हो, चाहे त्यो समितिमा होस् या तिनले टेबल गरेका हुन्।

यसकारण अहिलेको हकमा हामीसँग जति विधेयक आएका छन्, तिनलाई छलफल गरेर एउटा प्रक्रियामा लान सक्छौँ। अहिलेलाई सरकारले धेरै विधेयक ल्याउँछजस्तो मलाई लाग्दैन। अहिले विधेयक ल्याएर छिटो ऐन बनाउँ भन्नलाई प्रतिनिधि सभा छैन। त्यो त कुर्नैपर्छ। अहिले भएका विधेयकलाई हामीले एउटा प्रक्रियामा लगेर अघि बढ्यौं भने महिना दिनलाई काम गर्ने छ। तर हामी चाहन्छौं, बढी विधेयक आउन्। हामी छलफल गरौँ। कमसेकम पास गरेर राखौँ, ताकि प्रतिनिधिसभा भोलि आउँदा जाओस्। 

जब विधेयकहरु केही हुँदैनन्, जनताका आवाज मुखरित गरौं भनेर विशेष समय, शून्य समयमात्रै राखेर हाउस चल्दैन। प्रश्न उठ्ला बाहिर यत्रा समस्या हुँदा पनि हाउस किन बसेन भनेर ? तर विशेष अधिवेशन भनेर खास विषयमा छलफल गर्न पनि राष्ट्रिय सभामा त्यो व्यवस्था छैन। ६ महिनाभित्र राष्ट्रिय सभाको बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था अनुसार हामी बस्न गइरहेका छौं। विधेयकहरुमाथि छलफल गर्ने विषय रहेनन् भने जनताका सवालका लागि छलफल गर्न भनेर हाउस यत्तिकै अघि जाने स्थिति हुँदैन। केही समय चल्ने कुरा स्वाभाविक हो, तर पर जाँदा अर्को हाउस नभएको अवस्थामा त्यहाँबाट आउने (विधेयक) पनि आउँदैन, हामीले पठाएको पनि त्यहाँ जान पाउँदैन। सरकारलाई केही जरुरी चाहियो भने त्यो त होल्ड भएर बसिरहने हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैले जति दिन चल्छ, शून्य समय, विशेष समय राखेर अहिलेका समसामयिक विषयमा, जनता, राष्ट्रका बारेमा माननीयहरुले बोल्न पाउने कुराहरु छँदैछ। ती व्यवस्था हामी गर्छौं।

एक किसिमले भन्ने हो भने प्रतिनिधि सभा नभएको अवस्थामा त्यसको भार राष्ट्रिय सभालाई पनि पर्छ। पछिल्लो राजनीतिक विषय पनि सदनमा उठ्छन्। सर्वोच्च अदालतमा विचाराधीन भएका विषयहरु पनि उठ्नसक्ने सम्भावना छ। यसलाई कसरी व्यवस्थापन गर्ने? के छ तयारी?
सर्वोच्चमा विचाराधीन रहेका विषयमा सामान्यतः बोल्ने चलन हुँदैन। यो संवैधानिक प्रक्रिया मानेर आएका जति सांसदहरु छौं, सबैले यो कुरालाई हेक्का राख्छौं भन्ने मलाई लाग्छ। अर्को कुरा, हामीले कार्यसूचीमा विवादास्पद वा विचाराधीन कुरालाई स्वाभाविक ढंगले राख्न मिल्दैन, किनकि त्यसले त एउटा अन्तर्विरोध सिर्जना गर्छ। माननीयज्युहरुले शून्य समय या विशेष समयमा बोल्दा संवैधानिक दायरामा रहेर बोल्नुहुन्छ, त्यसले केही अप्ठ्यारो पार्छजस्तो मलाई लाग्दैन।

सत्तारुढ दल विभाजित छ। विपक्षी दल पनि विरोधमा भएको कारणले गर्दा हाउसको काम कारबाहीमै असर पर्ने हो कि, अवरोध पो हुने हो कि भन्ने आशंकाहरु छन् नि ?
दुईवटा हाउस भएको भए यो आशंका स्वाभाविक हुन्थ्यो। सरकार पक्ष बहुमतमा छ मैले हेर्दा। तर सडक र बाहिरको चर्चा अहिले जे भन्नुभाछ, त्यो हिसाबले फेल भयो भने के होला भन्ने अनुमान गर्न सक्ने कुरा हो। अहिलेको हकमा त्यतातिर धेरै जानुपर्छ जस्तो मलाई लाग्दैन। किनभने दुवै सदनबाट पास नभईकन विधेयकले कानुनको रुप लिँदैन। पहिले त्यो विधेयक स्वीकार गर्ने अनि प्रतिस्थापन विधेयक ल्याउने र पास गर्ने हो। त्यो दुवै सदनले गर्नुपर्छ। एउटा सदनले मात्रै गरेर पुग्दैन। त्यो नहुनासाथ ६० दिनपछि स्वतः निस्क्रिय हुन्छ। मानिलिनुस् यो हाउसमा अहिले विधेयक प्रस्तुत भयो, पास भयो। पास भए पनि अर्को हाउसमा जाँदैन। ६० दिनपछि यसको केही अर्थ छैन। यसमा किन यतिधेरै यताउति गरिरहनुपर्छ र? जबकि यसको निर्णय अन्तिम हुन सक्दैन। अन्तिम हुने अर्को पाटो खाली छ। यस्तो झमेलामा जानुपर्छजस्तो मलाई लाग्दैन।

यसपटक राष्ट्रिय सभा कसरी रचनात्मक बन्नसक्छ ?
कोभिडबाट बँच्न दुई मिटरको दूरी कायम गरेका छौँ। सावधानी अपनाएका छौँ। कोभिडबारे सबै बुझिसकेको माननीय हुनुहुन्छ। सुरक्षाकर्मी, सचिवालय अथवा संसदका सबै कर्मचारी अब त सबै अभ्यस्त भएका छन्। 

जनताका समस्या भन्न शून्य समय हुन्छ। विशेष समयमा पनि समय निर्धारण गरेर एक–डेढ घण्टा चलाउने गरिएको छ अहिलेसम्म। त्यसमा कुनै विषय एकपल्ट उठाए भईहाल्छ। दिनदिनै उठाएर केही हुने होईन। चाहे कोभिडको भन्नुहोस्, चाहे प्रतिनिधि सभा विघटनको कुरा होस्, नल्याईदिए हुन्थ्यो। तर ल्याउनुभयो भने पनि एकचोटी भनेपछि त सिध्दियो। अधिवेशन लामो चलाउन पाए हुन्थ्यो भन्ने नै मेरो चाहना हुन्छ। व्यावहारिकता हेर्दा सरकारले यहाँबाट पास गरेर थुपार्नलाई पक्कै पनि विधेयक ल्याउँछ जस्तो लाग्दैन। बैठक धेरैदिन चलाउने कुरा बिजनेशमा भर पर्छ। 

प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  १४:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
अन्नपूर्णको तेश्रो जित
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन बुधबार, भदौ २४, २०८३
अन्नपूर्णको तेश्रो जित बुधबार, भदौ २४, २०८३
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्