सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल प्रहरीले ‘एरिया मदिरा नियन्त्रण अपरेसन’ सञ्चालन गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी युनिटमा कार्यरत नेपाल प्रहरीले ६ महिनादेखि अपरेसन थालेको छ। कर्णाली प्रदेशमा अवैध रुपमा उत्पादन, बिक्री एवम् वितरण भइरहेको मदिरा नियन्त्रण गरी 8मा शान्ति सुरक्षा कायम गर्न अपरेसन सञ्चालन गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।
‘वीरेन्द्रनगर नगरपालिकासहित यहाँका ९ वटै स्थानीय तहमा अपरेसन सञ्चालन गरेका छौँ। यसले घरेलु मदिरा नियन्त्रणमा बल पुग्नेछ।’, उनले भने। अपरेसनका क्रममा घरेलु मदिरा र त्यसका लागि प्रयोग गरिएका भाँडावर्तन बरामद गरिएको छ।
प्रहरी उपरीक्षक चतुर्वेदीले हालसम्म १३ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको बताए। पछिल्लो केही समययता प्रहरीले ‘अपरेसन क्लिन–२’ नामबाट ‘अवैध मदिरा नियन्त्रण’ अभियान सञ्चालन गर्दै आएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।