• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २२, २०८३ Tue, May 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सत्ता संघर्षको चेपुवामा स्वास्थ्य मन्त्रालय, ओलीकै पालामा फेरिए ४ मन्त्री र ७ सचिव

64x64
कल्पना पौडेल आइतबार, पुस १२, २०७७  ०७:४७
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा 'स्थिर सरकार' गठन गरेको २ वर्ष ९ महिनामा ४ जना स्वास्थ्यमन्त्री फेरेका छन्। पछिल्लो पटक प्रतिनिधिसभा विघटनपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका ७ जना मन्त्रीले राजीनामा दिएकाले शुक्रबार प्रधानमन्त्री ओलीले एक राज्यमन्त्री र ८ मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

ओलीले नयाँ मन्त्रीलाई ल्याएसँगै पुराना मन्त्रीको पनि जिम्मेवारी हेरफेर गरेका छन्। ओलीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यसअघि सामान्य प्रशासन मन्त्रालय सम्हालेका हृदयेश त्रिपाठीलाई दिएका छन्। यसअघिका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका छन्।

मन्त्री ढकाललाई कोरोना भाइरसको उपचारका लागि आवश्यक मेडिकल सामग्री खरिदलगायतका विषयमा भ्रष्टाचार गरेको आरोप लागेको छ। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन अघि बढाएको बताएको छ। 

जनमतबाट चुनिएर स्थिर सरकार बनेको ३ वर्ष पुग्न अझै तीन महिना बाँकी नै छ। तर सरकार अस्थितरतातर्फ धेकेलिएको छ। त्यसमा पनि प्रधानमन्त्री ओलीले जिम्मेवारी सम्हालेको करिब तीन वर्षमा स्वास्थ्य मन्त्रालयलाई स्थिर बन्न दिएका छैनन्। स्थिर सरकार बनेपछिको यो अवधिमा स्वास्थ्य मन्त्रालयमा ४ जना मन्त्री र ७ जना सचिव परिवर्तन गरिदिएका छन्।

प्रधानमन्त्री ओलीले २०७४ चैत २ गते स्वास्थ्य राज्यमन्त्रीका रूपमा स्वास्थ्यको जिम्मेवारी पद्मा अर्याललाई दिएका थिए। राज्यमन्त्रीका रूपमा स्वास्थ्य मन्त्रालय प्रवेश गरेकी भएपनि अर्याललाई त्यसबेला मन्त्रीसरहकै अधिकार दिइएको थियो।

अर्यालले एक वर्ष पनि स्वास्थ्यमा बिताउन पाइनन्। २०७५ जेठ १८ गते जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्रीका रुपमा स्वास्थ्य प्रवेश गरे। उपप्रधानमन्त्रीकै हैसियतमा मन्त्रालयको जिम्मेवारी सम्हालेका यादवले मन्त्रालयको काममा कुनै पनि चासो नदिएको आरोप लाग्यो। मन्त्रालयमा रहँदा उनले ‘डुलुवा’ मन्त्री र ‘असफल’मन्त्रीको उपनाम पाए।

प्रधानमन्त्री ओलीले २०७६ मंसिर ५ गते यादव भारतमा रहेका बेला कानुन मन्त्रालयमा सरुवा गरिदिए भने कानुन मन्त्रालयमा रहेका भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिए। ढकाल स्वास्थ्यमन्त्री भएको १३ महिनापछि उनका ठाउँमा हृदयेश त्रिपाठीलाई ल्याइएको छ। ढकाललाई भने पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

ढकाल कार्यकालमा विश्वभर फैलिएको कोरोना महामारी रोकथाम गर्न असफल रहेको टिप्पणी भइरहेको थियो नै। पछिल्लो समय कोभिड भ्याक्सिन ल्याउन मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्नुपर्ने समयमा आइपुगेका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीका सामु पनि चुनौतीका पर्खाल नाघ्न सहज छैन।

nimb
nimb
Ncell 2
Ncell 2

कोभिड भ्याक्सिन कहिले आउँछ, कसले पहिला पाउँछन्, सरकारको तयारी के छ भन्नेमा धेरै नेपालीको ध्यान छ। तर यही समयमा सरकारको उतारचढावले यो विषय प्रभावित हुने निश्चितप्रायः छ। स्वास्थ्य मन्त्री त्रिपाठीको नेतृत्वमा स्वास्थ्य मन्त्रालयले कसरी अगाडि बढ्ने त्यो समयले देखाउने नै छ।

000

छोटो समयमा पटकपटक मन्त्रालयको नेतृत्व परिवर्तन गरेकाले स्वास्थ्य मन्त्रालयले राम्रोसँग काम गर्न सकेको छैन। कर्मचारीमा पनि तिक्तता छ। 

पछिल्लो समय स्वास्थ्य मन्त्रालयमा सचिवको दरबन्दीसमेत थपेर दुई पुर्‍याइएको छ। विगतमा एक जना मात्र सचिव रहेको मन्त्रालयमा दुई जना सचिवको व्यवस्था भएपछि मन्त्रालयको कामकारबाहीसमेत प्रभावित हुन पुगेको छ।

मन्त्रालयमा एक जना स्वास्थ्य सेवाका सचिवको पद खाली भएको एक वर्ष पूरा भएपनि सो पदमा अझै कसैलाई नियुक्त गरिएको छैन।

ओली नेतृत्वकोको 'स्थिर सरकार' बनेपछि स्वास्थ्यमा ७ जना सचिव फेरिएका छन्। अढाई वर्षअघि प्रशासनतर्फका सचिवको दरबन्दीसमेत थप गरिएको थियो। त्यसयता प्रशासनतर्फका ६ सचिव फेरिएका छन्। 

स्वास्थ्य सचिव रहेकी डा पुष्पा चौधरीलाई २०७५ मंसिर १७ गते प्रधानमन्त्री कार्यालयमा तानेपछि स्वास्थ्य सचिव विवाद चुलिएको थियो। स्वास्थ्य सेवातर्फकी सचिव डा चौधरीले भने सरकारी सेवाबाट नै राजीनामा दिएपछि स्वास्थ्यतर्फका सचिव नियुक्त हुन सकेका छैनन्। सरकारले ०७६ पुस २१ गते चौधरीको राजीनामा स्वीकृत गरेको हो।

स्वास्थ्य सेवाकी सचिव डा पुष्पा दरबन्दी नै नभएको ठाउँमा तानिएको भन्दै न्यायको माग गर्दै सरकारविरुद्ध सर्वोच्च अदालत पुगिन्। अदालतले आदेशपछि उनी पुनः स्वास्थ्य मन्त्रालय आइन्। 

सरकारले सोही मौकामा स्वास्थ्य मन्त्रालयमा प्रशासन सेवाका सचिव केदारबहादुर अधिकारीलाई पठायो। अदालतले डा पुष्पालाई स्वास्थ्यबाट सरुवा नगर्न सरकारलाई आदेश दिएपछि पुष्पा पनि मन्त्रालयमा आउन थालेकी थिइन्।

त्यसपछि सरकारले मन्त्रालयमा स्वास्थ्य र प्रशासन गरी दुई जना सचिवको दरबन्दीको व्यवस्था गर्‍यो। दुई जना सचिव भएपछि काम र जिम्मेवारीका विषयमा विवाद उत्पन्न भयो। जसका कारण सेवा प्रवाहमा समेत बाधा उत्पन्न गरेको थियो। यो समस्याले कर्मचारी र सेवाग्राहीलाई कुन सचिवसँग काम गर्ने भन्ने अन्योल पनि सिर्जना गरेको थियो।

सचिवबीचको विवाद चुलिँदै गएपछि अधिकारीले आफूलाई अन्यत्र सरुवा गर्न सरकारसँग माग गरे। २०७५ माघ ९ मा बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई स्वास्थ्यबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सरुवा गर्ने निर्णय गर्‍यो। त्यस्तै अधिकारीको ठाउँमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई ल्याइयो। 

घिमिरेले स्वास्थ्यमा तीन महिना काम गरे। त्यसपछि उनलाई पनि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सरुवा गरियो। घिमिरेको सरुवापछि स्वास्थ्यमा रामप्रसाद थपलियालाई सचिवका रुपमा ल्याइयो। उनलाई २०७६ वैशाख २ गतेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेशका प्रमुख सचिवबाट सरुवा गरेर स्वास्थ्यमा ल्याउने निर्णय गरेको थियो।

उनको पनि २०७६ भदौ २ गते खेलकुद मन्त्रालय सरुवा भयो। थपलियालाई सरुवा गर्दै सरकारले शिक्षा मन्त्रालयमा रहेका खगराज बराललाई स्वास्थ्यमा ल्याएको थियो। तर, बराललाई पनि फागुन १८ गते सरुवा गर्दै सरकारले नयाँ सचिवका रुपमा यादव कोइरालालाई ल्याएयो। कोइरालालाई स्वास्थ्य मन्त्रालय रहँदा अन्य कर्मचारीसँगको झगडा, व्यक्तिगत व्यवहारका कारण विवादित बनेका थिए।

तीन महिना पछि अर्थात् २०७७ जेठ १५ गते  बसेको मन्त्रिपरिषद बैठकले कोइरालाको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत लक्ष्मण अर्याललाई ल्यायो भने उनको ठाउँमा कोइरालालाई पठाउने निर्णय गरेको थियो।

स्वास्थ्य मन्त्रालयमा चिकित्सक सचिव हुने व्यवस्था भत्काएर प्रशासन तर्फका सचिव समेत रहने व्यवस्था भएपछि स्वास्थ्य मन्त्रालयको अवस्था झन् खस्किँदै गएको कर्मचारीहरु बताउँछन्।

जसको कारण स्वास्थ्य मन्त्रालय कोरोना नियन्त्रण, रोकथाम, परीक्षण र उपचारका सन्दर्भमा  अपरिपक्क देखिएको आलोचना भइरहेको छ। स्वास्थ्य नबुझेका मानिसले स्वास्थ्य मन्त्रालय नेतृत्व गर्दा समन्वय गर्नसमेत समस्या भएको स्वास्थ्यका कर्मचारीको भनाइ छ।

यसरी सत्ता संघर्षको चेपुवामा परिरहने र अस्थिर भइ/बनाइरहने हो भने जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप खेपेको स्वास्थ्यले अझै बढी आलोचना खेप्नुपर्ने अवस्था आउन सक्छ। नयाँ-नयाँ मन्त्री र सचिव आइरहेपनि जनतामा भने मन्त्रालय नेतृत्वप्रतिको पुरानै नकारात्मक दृष्टिकोण मात्र झाँगिदै गएको छ। त्यसलाई चिर्न सक्नु नेतृत्वको चुनौती हो। 

प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  ०७:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना पौडेल
पौडेल स्वास्थ्य बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
कोरोनाको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो स्वास्थ्य मन्त्रालयको प्रस्ताव
कहिले आउँछ कोभिड खोप? सरकारलाई नै थाहा छैन
ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन मुस्ताङका स्वास्थ्यकर्मीले उठाएको त्यो जोखिम
सम्बन्धित सामग्री
बाढी र पहिरोका कारण यी राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची) नेपाल प्रहरीले मंगलवार बिहान अद्यावधिक सूचना जारी गर्दै यो जानकारी दिएको हो । मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पुनः पक्राउ गरेको हो । मंगलबार, वैशाख २२, २०८३
रोशी खोलामा फसेका ८९ यात्रुहरूको सकुशल उद्धार, पाँच चालक नियन्त्रणमा ती सवारीमा रहेका ८९ जना यात्रुहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले मंगलबार बिहान  उद्धार गरेको हो ।... मंगलबार, वैशाख २२, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मंगलबार, वैशाख २२, २०८३
उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी मंगलबार, वैशाख २२, २०८३
बाढी र पहिरोका कारण यी राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची) मंगलबार, वैशाख २२, २०८३
तोलाको ३८ सयले घट्यो सुन मंगलबार, वैशाख २२, २०८३
सभापति थापाले पूर्णबहादुर खड्का र डा. कोइरालालाई भेट्दै मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ मंगलबार, वैशाख २२, २०८३
विद्यार्थी संघ-संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्