एजेन्सी– बलिउड अभिनेत्री सोनम कपुरको विवाह भोजमा सरिक हुन पुगेका अभिनेता रणवीर सिंहको एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त तस्बिरमा रणवीर भोजस्थलको एक कुनामा मोबाइल चलाएर बसिरहेका देखन्छन्। लाग्छ, उनी मोबाइलमा कसैसँग व्यस्त छन्।
सोनमको विवाह भोजमा सरिक विभिन्न सेलिब्रिटीहरु आ–आफ्ना जोडीसहित सामेल थिए। तर रणवीर भने एक्लै पुगेका थिए।
उनले केही समय निकै उत्सुकताका साथ डान्स गरेको भिडियो पनि सामाजिक सञ्जालमा उतिकै चर्चामा छ। तर डान्सपछि रणवीरको यो हालतले जनाउँछ उनी दीपिका पादुकोणलाई मिस गरिरहेका छन्।
त्यसबेला आफूसँग नै फोनमा कुराकानी भएको दीपिकाले सामाजिक सञ्जालमा उल्लेख गरेपछि सो पुष्टि भएको हो।
यो तस्बिर सम्बन्धी खबरसँगै दीपिका र रणवीरको विवाहको कुरा पनि चर्चामा आएको छ। यो जोडी २०१८ को अन्त्यतिर विवाह बन्धनमा बाँधिने तयारीमा रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।