न्युयोर्क–अमेरिकाको टेनेसी प्रान्तको न्यासभिल सहरमा बिस्फोट भएको छ। क्रिसमसको दिन स्थानीय समयअनुसार बिहान ६ बजे भएको बिस्फोटमा ३ जना घाइते भएका छन्। बिस्फोटपछि गाडीमा आगो लागेको देखिएको थियो।
बिस्फोटमा एक प्रहरी अधिकारी पनि घाइते भएका छन्। प्रहरीले एक शंकास्पद गाडीको तस्बिर पनि सार्वजनिक गरेको छ, जुन शुक्रबार बिहानै घटनास्थल पुगेको थियो। बिस्फोट नियतवश गराइएको प्रहरीको भनाइ छ।
घटनाको संघीय जाँच ब्युरो (एफबीआइ) ले अनुसन्धान गरिरहेको छ। बिस्फोटबाट वरपरका घरमा पनि क्षति भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।