काठमाडौं- पूर्वमाओवादी समूहका नेता मणिचन्द्र थापालाई प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने आश्वासन दिए। उनी मख्ख परे। शीतलनिवासमा पुगेपछि थापाले सोचेजस्तो भएन। सपथ ग्रहण गर्ने बेलामा थापाले यसअघि बिना मगरले सम्हालेको खानेपानी मन्त्री पाए। उनले जिम्मेवारी स्वीकार गर्दै सपथ लिएका छन्।
सिन्धुपाल्चाेकमा प्रदेशसभा पराजित दावा लामा पूर्व माओवादी रामबहादुर थापाकाे काेटाबाट मन्त्री भए। बादलले शुरुमा लामाका लागि खानेपानी मन्त्रालय मागे। प्रधानमन्त्री ओलीले हुन्छ भनिदिए। लगत्तै उनलाई सपथ गर्ने तयारी गर्न भने।
तर प्रधानमन्त्रीले नहुने खबर फेरि पठाए। यो खबर पठाउने बितिकै बादलले दावाका लागि शिक्षा मन्त्रालय मागे। उनले पुनः 'हुन्छ' भन्ने आश्वासान दिए। लामा सपथकाे तयारीमा लागे। तर शितल निवास पुग्दा उनकाे पनि मन्त्री पद अर्कै मन्त्रालयमा परिवर्तन भयाे। उनी युवा तथा खेलकुद मन्त्रालयमा सपथ लिन तयार भए।
ओली समूहलाई साथ दिएबापत थापा र लामाले पहिलोपटक मन्त्री बन्ने अवसर पाएका थिए। प्रधानमन्त्री ओलीले महत्वपूर्ण मन्त्रालयमा आफू निकटलाई राखेका देखिन्छ। पूर्वमाओवादी पक्षका नेतालाई सानातिना मन्त्रालयको जिम्मा दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।