काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजना नभएको भन्दै निर्वाचन आयोगलाई यस सम्बन्धी कुनै दावी आएमा त्यसलाई वैधानिक नमान्न पत्र पठाएको छ ।
सभापति शेरवहादुर देउवाकै तर्फबाट निर्वाचन आयोगमा सो पत्र पठाइएको हो ।
यसका साथै महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई साधारण सदस्य समेत नरहनेगरी निष्कासित गरिएको पत्र समेत आयोगमा पठाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।