काठमाडौं- नेकपा केन्द्रीय सदस्य गणेश ठगुन्ना र प्रेम आले पहिलो पटक मन्त्री भएका छन्। उपाध्यक्ष वामदेव गौतम कतै नखुलेपछि उनी निकट मानिने ठगुन्ना ओली कित्तामा उभिएर मन्त्री बनेका हुन्।
०६४ मा दाचुर्लाबाट पराजित ठगुन्ना ०७० सालको चुनावमा निर्वाचित भएका थिए। उनी दार्चुलाबाट ०७४ मा प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका हुन्।
यस्तै डोटीबाट निर्वाचित आले सुरुदेखि नै ओली निकट नेता मानिन्छन्। उनी यसअघि ०७० मा निर्वाचित आलो ०७४ मा पनि प्रत्यक्ष निर्वाचित भएका छन्।
उनीहरू दुवै जना मन्त्री बन्ने निश्चित भएपनि सपथ भने लिइसकेका छन्। उनीहरूलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने यकिन नभएको उल्लेख गरिएको छ। शुक्रबारै राष्ट्रपति निवासमा नयाँ मन्त्रीहरूको सपथको तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।