काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषद्मा पाँचै जना पूर्वमाओवादीका परेका छन्। प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि ७ जना मन्त्रीले उक्त कदमको विरोधमा राजीनामा दिए। ओलीले पूर्वमाओवादीका नेताहरुलाई नै मन्त्रीको जिम्मेवारी दिएर त्यसको जवाफ दिएका छन्।
मन्त्रीको जिम्मेवारी पाउने नेताहरुमा उर्जामा टोपबहादुर रायमाझी, श्रममा प्रभु साह, पर्यटनमा मणि थापा रहेका छन्। यस्तै शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरी रहेका छन्। उनीहरु सवै जनयुद्धवाट आएका नेताहरु हुन्।
यीमध्ये रायमाझी, साह र चौधरी यो पटक प्रतिनिधि सभामा निर्वाचित भएका थिए। अन्यमध्ये थापाले यसपटक उनी समानुपातिका रहेका थिए। त्यस्तै लामा प्रदेश सभामा उठेर पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।