काठमाडौं– अष्ट्रेलिया पठाउने भन्दै ७ जनालाई ठगी गरेको आरोपमा श्रीमान/श्रीमती नै पक्राउ परेका छन्। नेपाल जब प्लेसमेन्ट नामक कम्पनीबाट फुड प्याकिङको कामका लागि अष्ट्रेलिया पठाउने भन्दै ठगी गरेको आरोपमा शक्ति भुजेल र उनकी श्रीमती पुजा प्याकुरेल भुजेललाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।
उनीहरुविरुद्ध ६१ लाख रुपैयाँ ठगी गरेको अभियोग छ।
पवन भण्डारी, मिङमार शेर्पा, रविन्द्र श्रेष्ठ, राज कुमार मथर, सन्दिप गुरुङ, कुमार मगर र ज्ञान कुमार लामाले उनीहरुविरुद्ध उजुरी दिएका छन्। त्यसका लागि एकै जनासँग उनीहरुले २५ लाख रुपैयाँसम्म लिएका थिए।
७ जनासँग १ करोड ५४ लाख रुपैयाँ उठाएकोमा केही रकम फिर्ता गरेका थिए। ६१ लाख रुपैयाँ फिर्ता नगरेपछि पीडितहरुले उजुरी गरेका हुन्। कम्पनीका सञ्चालक रोशन कार्की पहिले नै पक्राउ परी जेल चलान भएकोमा पुजा र उनका श्रीमानलाई प्रहरीले गत साता पक्राउ गरेको हो। उनीहरुले पैसा फिर्ताका लागि भनेर दिएको चेक नसाटिएपछि बैंकिङ कसु रमुद्दामा कारबाही अघि बढाइएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।