हेटौँडा- बागमती प्रदेशका तीन जना मन्त्रीहरूले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ना माथिबाटै निर्देशन आएको बताएका छन्। प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालसँगै आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेलले यस्तो बताएका हुन्।
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै पार्टीका प्रदेशसभा सदस्यले अविश्वासको पत्र दर्ता गरेपछि तीन जना मन्त्रीहरूले राजीनामा दिएका थिए। 'हामीलाई माथिबाट निर्देशन आयो, त्यसैले अविश्वासको प्रस्ताव दर्ता गरेका हौँ,' उनले भने।
प्रदेशसभाका ४५ सदस्यले पौडेलविरुद्ध बिहान ११ बजे अविश्वासको प्रस्ताव दर्ता गराएको समेत कानूनमन्त्री जम्कट्टेलले जानकारी दिए। प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का ८०, नेपाली कांग्रेसका २२, विवेकशील पार्टीका तीन, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुईदुई तथा तत्कालीन नयाँ शक्ति पार्टीका एक सदस्य छन्।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्र पछिल्लो पटक देखिएको विवादका कारण मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।